
मंसिर १। निजी विद्यालय र कलेज सञ्चालकहरु मंगलबार ज्ञापनपत्र बोकेर लैनचौरस्थित भारतीय राजदुतावास पुगेको बेला भारतीय राजदुत रणजीत रेले उल्टै प्रश्न गरेका छन ‘नेपाल भित्रिएको इन्धन कहाँ गयो ?’
भारतले नाकाबन्दी गरेको कारण पठन पाठनमा प्रभाब परेको भन्दै आज मंगलबार प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्की सहित निजी विद्यालय र कलेजका संचालकहरु ज्ञापनपत्र बोकेर दुतावास पुगेका थिए। उक्त भेटमा भारतीय दुत रायले भारतले नाकाबन्दी नगरेको उल्लेख गर्दै भारतबाट नेपालमा पेट्रोलियम आएको जानकारी गराएका छन।
भारतीय दुत रायले बिरगन्ज नाकाबाट पेट्रोलियम लगायतका सामानहरु आउन नसके पनि अन्य नाकाबाट सधै जसो गाडीहरु सामान बोकेर नेपाल भित्रिएको बताएका छन।
भारतले गर्दा नेपालमा इन्धन संकट देखिएको उल्लेख गर्दै बुझाएको ज्ञापनपत्रको जवाफ दिदै राजदुत रायले पत्रीका नै देखाएर दैनिक नेपाल भित्रिने पेट्रोलियम कहाँ गयो भनेर प्रश्न गरेका थिए।
बालबालिका तथा विद्यार्थीमा भारतले नाकाबन्दी गरेको कारण बिद्यालय बन्द भएको र यस्ले बाल मस्तिकमा भारत बिरोधी सोचको बिकास गरेको बिद्यालयका संचालकहरुले राजदुत रायलाई जानकारी गराएका थिए। नेपालमा भारतले नाकाबन्दी नगरेको र नेपालको आन्तरिक कारणले गर्दा सिमानाका बन्द भएको जवाफ राजदुत रायले दिएका छन। रायले नेपालमा भारत बिरोधी मानसिकता बढ्दै गएको बारे आफु जान्कार रहेको बताउदै वर्तमान समस्या राजनीतिक भएको जनाएका छन।
राजदुत रायले जारी समस्या राजनितिक भएका कारण यस्को समाधान नेपाली जनताले नै खोज्नु पर्ने बताउदै वीरगन्ज नाका बाहेक अन्य नाकाबाट नेपालमा पेट्रोलियम लगायतका गाडीहरु भित्रिएको दाबी गरेका छन।
Social Buttons