Latest News
Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts

पूर्वराजा ज्ञानेन्द्र शाहा त्यति साह्रै सञ्चार माध्यममा आउँदैनन् । तर, उनको ७० औं जन्मदिनको उपलक्षमा एक चर्चित आरजे सविना कार्कीले उनको अन्र्तवार्ता लिएकी छिन् । राजतन्त्रको पुनरागमनको विषयमा थुप्रै हल्लाहरु भएको बेला पूर्व राजाको जन्मदिन निकै चर्चाको विषय बनेको थियो । साबकास्का लागि सविना कार्कीले लिएको पूर्व राजा ज्ञानेन्द्र शाहाको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं : सम्पादक

साबकास्टमा यहाँलाई स्वागत छ ।

थ्याङ्क यु ।

हजुरलाई धेरै धेरै ह्याप्पी बर्थ डे ।

थ्याङ्क यु ।

आफ्नो जीवनमा फर्केर हेर्दाखेरि समग्रमा कस्तो रह्यो जस्तो लाग्छ ?

राम्रै लागेको छ । जीवन भनेकै कुरा त्यस्तो हो । कहिले घाम लाग्छ कहिले पानी पर्छ । जीवननै त्यही हो । फूल पनि हो पानी पनि हो । यी दुवैमा धर्यसाथ जीउन जान्नु नै जीवन हो ।

हजुरका कति मिठा रचनाहरु हामीले सुनेका छौं । अहिले त्यस्तो केही छ की छैन यहाँको कुनै लेटेस्ट रचना ?

छ । नभएको होईन ।

हामी प्रतिक्षा गर्दैछौं कहिलेसम्म आउने हामी आशा गर्नसक्छौं ।

त्यो अब हेर्दै जाउँ । कुनैदिन म फेरी निकालौंला ।

त्यो कुनै लाईन हामीसँग शेयर गर्न मिल्छ ?

अहिले म भन्दिन ।

हजुरबुवाभन्दा पहिले श्रीपेच पहिरिनु भएको तपाईंको जीवन वास्तवमै भन्नुपर्दा सोधकर्ता तथा ईतिहासविदहरुको लागि अदितिय छ । तपाईंका हरेक कार्यले नेपालीहरुमा केही न केही अर्थ राख्दा एक राजालाई साधारण नागरिकको जीवन कस्तो लागिरहेको छ ?

हाँसो… । मलाई नेपाली भएर बाँच्नपाउँदा असाध्यै खुसी लागेको छ । राजा होस वा नहोस् त्यो अर्को कुरा भयो । त्यो पनि मैले चाहेर भएको होईन । दुई पटक नै त्यस्तो भएको होईन । त्यस्तै परिस्थितिले मलाई त्यस्तो जिम्मेवारी दिएको हो । अहिले सर्वसाधारण भएर बाँचेको यो समयमा नेपाली भएर बाँच्न केही अफ््टेरो भएको छैन । राम्रै लागेको छ । नेपालका बाँच्नु मेरो लागि सौभाग्य जस्तो लाग्छ ।

फर्केर हेर्दा कुनै कुरामा ग्लानी छ यहाँलाई ?

त्यस्तो केही छैन ।

एक जमातमा राजतन्त्र पुनारागमनको आश जागिरहेको छ । यो संभावना केस्तो देख्नुहुन्छ ?

त्यो मलाई सोध्ने होईन । तपाईंहरुले सर्वसाधरण जनतालाई सोध्नुपर्छ ।

मठमन्दिर घुम्नु हुन्छ पुजापाठमा पनि सक्रिय देखिनुभएको छ । कस्तो पनि कुरा आएको छ भने, हिन्दु धर्ममा राजतन्त्र प्रति आस्था राख्नेहरुलाई आफ्नो अनुकुल रुमल्लीएर राख्ने रणनीति भन्नेहरुलाई के भन्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । सबैधर्मको काम शान्ति ल्याउनु, शान्ति छाओस् भन्नु र देशमा अमन्चयन होस् भन्ने नै हो । सबैले एउटा आस्थामा विश्वास गर्छन् । त्यही विश्वासले हामी अगाडी बढ्नुपर्छ । अरु अर्थ लगाएर हिड्नु हुन्न ।

सक्रिय राजनीतिमा आउने संभावना छ कि छैन ?

त्यो पनि तपाईंले सर्वसाधरणलाई सोध्नुपर्छ । मलाई होईन ।

हिमानी ट्रष्टमा तपाईंको संरक्षण छ कि छैन ?

हिमानी ट्रष्टमा मेरो सच्चिकै संरक्षण छैन । संरक्षण भनेर मेरो श्रीमतिको छ । मेरो होईन । तर, मेरो आफ्नै बुहारीले गरेको काममा मेरो चासो नहुने असाधारण नै हुन्छ ।

नाती नातिना के बनुन् जस्तो लाग्छ ?

सबैभन्दा पहिले नेपाली बनोस् जस्तो लाग्छ ।

कुनै नेपाली गीत जुन यहाँलाई अत्यन्तै मन पर्छ  ।

छैन त्यस्तो मैले सम्झन्न ।

हवस् पुन यहाँलाई जन्मदिनको मंगलमय शुभकामना ह्याव अ बेस्ट एयर अहेड ।

थ्याङ्क यू । बेस्ट अफ लक कास्टिङ् । आई होप इट अल सक्सेस ।

- See more at: http://diyopost.com/news/2016/07/09/5873.html#sthash.ndfgyVjZ.dpuf
एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा नयाँ बजेट प्रस्तुत गरेसँगै ओली सरकारको दिनगन्ती सुरु भएको छ । दुई प्रमुख सत्ता साझेदार एमाले तथा नेकपा (माओवादी केन्द्र) बीच केही समयअघि नौ बुँदे सहमति भएको थियो । नौ बुँदेसँगै बजेटपछि वर्तमान गठबन्धन कायमै राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन गर्ने ‘भद्र सहमति’ भएको समाचारहरु आएका थिए । बजेटसँगै माओवादीले सहमतिअनुसार ठाउँ खाली गर्न एमाले र प्रधानमन्त्री ओलीलाई दबाब दिन थालेको छ । एमाले र प्रधानमन्त्री स्वयंले सरकारबारे कुनै सहमति नभएको भन्ने दाबी गरेपछि दुई पार्टीबीचको सम्बन्धमा फाटो आउन सुरु गरेको ठानिएको छ । तर, एमालेभित्रको एउटा पक्षले भने प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको र सहमति पालना गर्ने समय आएको बताउन थालेको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल क्रुद्ध छन् । केही दिनअघि ओलीविरुद्ध खनाल–नेपाल पक्षले ‘मदन भण्डारी अध्ययन केन्द्र’ को ब्यानरमा गुटगत भेला गरेको थियो । भेलालगत्तै उक्त पक्षले ओलीको विकल्पको खोज्न थालेको छ । एमाले र माओवादीबीच भएको भनिएको भद्र सहमतिमा के थियो ? अब सरकार परिवर्तन हुन्छ कि हुँदैन ? कसरी र कहिले हुन्छ ? आदि विषयमा काठमाण्डु टुडेका लागि डीएन भट्टले एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग कुराकानी गरेका छन् । खनालसँगको कुराकानीको सम्पादित अंशः–
यति पाको राजनीतिज्ञ भएर पनि सरकार बारम्बार सरकार परिवर्तन गर्ने कुराले मुलुकमा अस्थिरता बढ्छ भन्ने ज्ञान तपाईंमा रहेन छ होइन ?
हामी संसदीय प्रणालीको अभ्यासमा छौ । संसदीय प्रणालीमा पनि हामीले जुन प्रकारको निर्वाचन प्रणाली अबलम्बन गरेका छौं । त्यसअन्तर्गत संसदमा कुनै पनि पार्टीको एकल बहुमत छैन । बहुमतको अभावमा स्थिर सरकार बन्दैन । यस्तो बेलामा विभिन्न पार्टीबीच गठबन्धन गरेर सरकार बनाउने हो । अहिले नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, जनमोर्चासहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । गठबन्धनको कुनै पनि मुख्य घटकले अलग हुन्छु भनेका दिन सरकार ढल्छ । सरकारमा परिवर्तन आउँछ । हाम्रो सिस्टम नै त्यस्तो छ भने सरकारमा आउने परिवर्तनालाई ठूलो रुपमा लिनु हुँदैन । आगामी दिनमा पनि संविधानअनुसार यस्ता घटनाक्रम हुँदै जानेछन् । यो कुनै अस्वाभाविक विषय होइन ।
सरकार परिवर्तनबारे एमाले र माओवादीबीच सहमति भएकै हो ?
केही समयअघि तत्कालिन एनेकपा माओवादीले गठबन्धन कायमै राखेर प्रचण्डजीको नेतृत्वमा सरकार बनाउने कुरा अगाडि ल्यायो । काँग्रेसले समेत हामीलाई समर्थन गरेको हुनाले राष्ट्रिय सहमतिमा हाम्रो नेतृत्वमा सरकार बनाऔं भन्ने प्रस्ताव उताबाट आयो । हामीले बजेट ल्याउने बेलामा सरकार परिवर्तनको एजेण्डामा जाँदा मुलुकलाई घाटा पुग्छ । अस्थिरता हुन्ँछ, त्यसैले तत्कालका लागि यही सरकार कायम गरेर जाँदा राम्रो होला भन्यौं । त्यही स्प्रिटमा दुई पार्टीबीच नौ बुँदे सहमति भएर तत्कालका लागि समस्या टरेको हो । नौ बुँदेसँगै अरु पनि केही ‘भद्र सहमति’ भएका थिए । अहिले ‘भद्र सहमति’ कार्यान्यवनको समय आएको छ ।
Jhalanatha khanal
सरकार परिवर्तनबारे प्रधानमन्त्री र माओवादी नेताहरुको मत बाझिएको छ । तपाईं सहमतिकर्ता मध्येको एकजना हुनुहुन्छ । बालुवाटारमा भएको सहमति चाहिं के थियो ?
नौ बुँदे सहमति राजनीतिक सम्झौता थियो । नौ बुँदेमार्फत नै सरकार र गठबन्धनका अगाडि आएको तत्कालिन संकट टार्ने काम गरियो । आफ्नो संकट टरेर गयो भन्दैमा भएको सहमति भएकै थिएन भन्न मिल्दैन । बजेटपछि उपयुक्त समयमा गठबन्धन कायमै राखेर बाहिर रहेका शक्तिहरुको समेत साथ र समर्थनमा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ भएको हो । अहिले आएर सहमति भएकै थिएन भन्नु राजनीतिक बेइमानी हुनजान्छ । दुई पार्टीका हामी धेरै नेता त्यहाँ थियौं । भएको सहमतिलाई भएको होइन भनन मिल्दैन । भद्र सहमतिको पोको नखुलिसकेको भएर पनि केही ‘कन्फ्युजन’ रहन गएका होलान् । समय आएपछि पोको खुल्छ र बास्तविकता सबैलाई ज्ञात हुन्छ ।
पहिलो संविधानसभामा एमाले तेश्रो हैसियतमा रहेका बेला तपाईं प्रचण्डकै बलमा प्रधानमन्त्री बन्नुभएको थियो । माधव नेपाल प्रधानमन्त्री बन्नुमा पनि प्रचण्डकै हात रहेको मानिन्छ । अहिले तपाईंहरु दुवैजना मिलेर त्यो गुण तिर्न लाग्नुभएको हो ?
हामीहरु सहकार्य नगरी अघि बढ्न सक्ने अवस्थामै छैनौं । मुलुकको परिस्थितिले नै सहकार्यका साथ अघि बढ्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । पहिलो संविधानसभाका बेलामा पनि सहकार्य जरुरी थियो । अहिले पनि त्यही अवस्था छ । माओवादी र हामीबीच त्यतिबेला र अहिले पनि कतिपय विषयमा असहमति र मतभेदहरु छन् । त्यस बेलादेखि नै माओवादीसँग नामिलेका विषयमा मतभेद राखेर मिलेका विषयमा सहकार्य गरेर जानुपर्छ भन्ने धारणा हो । त्यही धारणलाई अभ्यासमा बदल्ने क्रममा म प्रधानमन्त्री भएको हुँ । अहिले पनि त्यसैमा अडिग छु । पार्टीभित्र मेरो विचारमा मतभेद राख्ने कतिपय साथीहरु अहिले मैरै अभ्यास पछ्याउँने ठाउँमा पुग्नुभएको छ । माओवादीलाई हेर्ने मेरै लाइन अगाडि बढ्दै जाँदा अहिले पनि हामी एउटै गठबन्धनमा छौं । अहिले पनि दुई पार्टीका बीचमा मतभेद सकिएको छैन । कतिपय सैद्धान्तिक, दार्शनिक र विचारधारात्मक मतभेदहरुलाई कायमै राखेर हामीले सहकार्य गरिरहेका छौं ।
अब बन्ने सरकार बहुमतीय कि सहमतीय ?
बहुमतीय सरकारले मुलुकका अगाडि उत्पन्न समस्या समाधान गर्न सक्ने भए अहिलेकै सरकार ठीक थियो । सरकार बदल्नुपर्ने कारण नै थिएन । हामी संविधान कार्यान्यवनको चरणमा छौं । १२ बुँदे समझदारीदेखि यता हामीले सबै कुराको छिनोफानो मुख्य दलहरुबीचको सहकार्य र सहमतिमै गर्दै आएका छौं । ०६२÷६३ को जनक्रान्ति, संविधानसभाको गठन, राजतन्त्रको उन्मुलन र संविधान निर्माण हामीबीचकै सहमतिमा भएको हो । हामी सबै मिलेर ल्याएको संविधान कार्यान्यवनका लागि पनि एकताका साथ अघि बढ्नुको विकल्प छैन । संविधान कार्यान्यवनका निम्ति प्रमुख दलहरुबीच राम्रो र एकरुप सहमति आवश्यक पर्छ । संसदमा कोही पक्ष र कोही प्रतिपक्षका रुपमा रहने हो भने पनि त्यो सहमतिमा हुनुपर्छ । संविधान कार्यान्यवनपछि दलहरुबीच जस्तो सुकै प्रतिस्पर्धा भए पनि केही फरक पर्दैन । त्यसपछि हामी जनताका बीचमा आ–आफ्ना एजेण्डका साथ प्रतिस्पर्धामा जाऔंला । तर, अहिलेको समय एकता र समझदारीका साथ अघि बढ्नुपर्ने समय हो ।
त्यसो भए प्रचण्ड कहिलेसम्ममा सहमतीय सरकारको प्रधानमन्त्री ?
त्यो सहमतिमा हुने कुरा हो । समय आएपछि सबै कुरा हुन्छ । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँको अवधि सकिएर अर्को सरकार गठनको कुरा उठेको अवस्था होइन । हामीबीचमा छलफलहरु चल्दैछन् । छलफल चल्दै जाँदा नयाँ सरकार कहिले र कसरी निर्माण गर्ने भन्ने कुरा आउँछ ।
सत्ता गठबन्धनका दुई महत्वपूर्ण घटक राप्रपा नेपाल र फोरम लोकतान्त्रिकबिना दुई दलले मात्रै गठबन्धन कायमै राखेर प्रधानमन्त्री फेर्ने सहमति गर्नुभएको हो । उनीहरु त्यो सहमति मान्न बाध्य नरहेको अवस्थामा गठबन्धन कसरी बचाउन सक्नुहुन्छ ?
पहिला दुई दल, तीन दल हुँदै सबैका बीचमा सहमति हुने हो । अब सहमति गर्ने हो । त्यसैले त सबैका बीचमा छलफल र विचार विशर्म गरेर राष्ट्रिय सहमति जुटाउनुपर्छ भनेको ।
Jhalanatha khanal 1
गणतन्त्र स्थापनापछि तपाईंसहित एमालेका तीन जना नेता प्रधानमन्त्री बन्नुभयो । तीनैजना माओवादी र त्यसका अध्यक्ष प्रचण्डका कारण प्रधानमन्त्री बन्नुभयो । दुई वटा सरकार एमाले आफ्नै कारणले ढल्यो । तपाईंहरु तातिएपछि यो सरकार पनि एमालेकै कारण ढल्ने करिब निश्चित भयो । यसलाई इतिहासको नियति वा तपाईंले भनेजस्तो हामीले अबलम्बन गरेको राजनीति प्रणालीको कारण मान्ने ?
यसका बाह्य कारण पनि छन्, भित्री कारण पनि छन् । यो एमालेको आन्तरिक घर झगडाले होइन । जतिबेलाको राजनीतिक परिस्थितिले जे माग गर्छ, त्यही गर्दा यस्तो भएको हो । एमाले कुशलतापूर्वक मुलुक हाँक्न सक्ने र स्पष्ट भिजन भएको जिम्मेवार राजनीतिक शक्ति हो । त्यसका सबै नेता मुलुकलाई आवश्यक पर्दा नेतृत्वदायी भूमिका निर्वाह गर्न र जुनसुकै त्याग र तपश्या गर्न तयार छन् भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो । मुलुकलाई संकट र अप्ठेरो परेका बेला हामी ‘एक पाइला पछाडि हटेर दुई पाइला अगाडि’ पुग्ने गरेका छौं । परिस्थितिको मागअनुसार अगाडि र पछाडि दुवैतिर पाइला सार्न सक्नु नै सक्षम राजनीतिक दलको पचिहान हो । यस्ता कुराले एमाले कमजोर र विभाजित होइन, थप बलियो र सुदुढ हुँर्दै जान्छ । इतिहासमा एक दिन एमाले एक्लैले सरकार बनाउने वा परिवर्तन गर्नसक्ने दिन आउँछ भन्ने विश्वास मलाई छ । त्यतिबेला एमालेले पूरै म्याण्डेट रहेसम्म सरकारको नेतृत्व गर्नेछ ।
तपाईंले जे–जे भने पनि पछिल्लो समय भएका गुटगत भेला र भेलामा दुवै पक्षले एकअर्काप्रति गरेको कटाक्ष सुन्दा त तपाईंको दाबीमा विश्वास गर्नसक्ने आधार एकदमै कमजोर देखिन्छ ?
बाहिरबाट झट्ट हेर्दा मानिसहरुलाई त्यस्तो लाग्न सक्ला । तर, यथार्थ त्यस्तो होइन । हामीले नेकपा एमालेभित्र धेरै अभ्यास गरिसकेका छौं । अभ्यास कति सही र कति गलत होला त्यो इहितसले निक्र्यौल गर्दै जानेछ । हामी अझै सुदृढ राष्ट्रव्यापी र जनप्रिय नेकपा एमाले बनाउने अभियानमा छौं । म त्यो अभियानमा छु । के कुरा साँचो हो भने पार्टीमा अहिले देखिएका केही प्रवृत्ति घातक छन् । त्यसलाई समयमै सच्याउने तदारुकता देखाउनुपर्छ । पार्टीमा चित्त नबुझेका कुरामा बहस र छलफल हुन्छ । बहस र छलफल हुँदैमा कोही पनि आत्तिनु हुँदैन । मदन भण्डारी फाउण्डेशन र अध्ययन केन्द्रका नाममा भएका भेला सरकार फेर्ने कुरासँग सम्बन्धित छैन । यद्यपि प्रकारान्तरले भने त्यस्ता कुरा सरकारसँग जोडिन सक्छन् । सरकार फेर्ने बहस र भेलालाई अलगअलग सन्दर्भका रुपमा बुझ्नुपर्छ ।
इतिहासमै तपाईंको सरकारलाई नेपालीहरुको आफ्नै बुद्धि, विवेक र बुतामा बनाइएको भनिन्थ्यो । त्यस्तो सरकारको प्रधानमन्त्री अहिले दिल्लीको चाहना पूरा हुने गरी किन सरकार फेर्ने दौडमा हिंड्नुभएको ?
नेपाल उताबाट होइन, यतैबाट चल्दै आएको छ र यतैबाट चलिरहन्छ । यो कुरा साँचो हो कि उताबाट प्रभावित भएर यताको राजनीतिलाई प्रभाव पार्न सक्रिय व्यक्ति र तत्वहरु नेपालमा छन् । केहीलाई जनताले चिनिसकेका छन् । केहीको भविश्यमा पटाक्षेप हुँदै जाला । त्यस्ता व्यक्ति र प्रवृत्तिले बेलाबेलामा मुन्टो उठाउँने र चलखेल गर्ने परम्परा नयाँ होइन । उनीहरुका त्यसप्रकारका गलत हर्कतहरुसँग जुध्दै हामीले नेपाललाई यतैबाट चलाउनुपर्छ । नेपाल यतैबाट चल्छ र चलाउनुपर्छ भन्ने स्पिरिटका साथ हामीले पछिल्लोपटक संविधान जारी गरेका हौं । यतैबाट चल्ने नेपाललाई सुदृढ बनाउने कुरामा हामी छौं ।
संसदको पहिलो शक्ति नेपाली काँग्रेसको भूमिकालाई कमजोर पारेर तेश्रो दलका नेतालाई प्रधानमन्त्री बनाउन खोज्दै हुनुहुन्छ । सरकारको नेतृत्व काँग्रेसले गर्दा तपाईंले माथि उठान गरेका समस्याको समाधान सहज हुने थियो होइन र ?
मुलुकप्रतिको जिम्मेवारी हामै सबैको हो । काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी हो । ठूलो पार्टीले सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ । अहिले हामी जुन विषयको बहसमा छौं, यो हाम्रो चाहनाले सिर्जना गरेको कुरा होइन । मुलुकको अवस्था र जनआकांक्षाको प्रतिफल हो । त्यो कुरालाई महसुस गरेर सबै पार्टी एकताबद्ध रुपमा अघि बढ्नुपर्छ । सबै सत्तामै बस्दा मात्र संकट समाधान गर्न सजिलो हुने होइन । सत्ता र प्रतिपक्ष जहाँ बसे पनि संविधान कार्यान्यवनको एजेण्डामा भने सबै एकढिक्का हुनैपर्छ । यो हाम्रो अहिलेको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय कार्यभार हो । पार्टी सानो वा ठूलो होस्, उसले मुलुकप्रतिको दायित्व पूरा गर्नुपर्छ ।
काँग्रेसले आफ्नो नेतृत्वबिना राष्ट्रिय सरकार सम्भव छैन भनिदियो भने के गर्ने त ?
हामीलाई अहिने चाहिएको राष्ट्रिय सहमतिकै सरकार हो । बहुमतीय सरकारले हुने भए अहिलेकै सरकार टिकाए भइहाल्थ्यो । मेरो विचारमा राष्ट्रिय सहमति हुने वातावरण बनेको अवस्थामा नेतृत्व कसले गर्ने भन्ने विषयले त्यति महत्व राख्दैन । छलफल गर्दै जाँदा के हुन्छ कहिल्यै भन्न सकिँदैन । कसैले पनि ‘मेरो गोरुको बाह्रैटक्का’ भनेर समस्या समाधान हुँदैन ।

मान्छे कतिसम्म निर्दयी बन्न सकेको हँ ? चीनमा एक महिलाले निर्दयीपनाको पराकाष्ठा प्रस्तुत गरेकी छिन् । ती महिलाले आफ्नै लोग्नेलाई मारेर मासु पकाएकी छिन् । अनहुइ प्रान्तको लुआन सहरकी ती महिलाले आफ्नो लोग्नेलाई मारिन्, उनको जिउ पानीमा पकाइन् अनि प्रहरीमा उजुरी गर्न गइन् । लोग्नेको जिउ शव काटेर पकाएपछि हत्या गरेको प्रमाण नभेटियोस् भन्ने उनको आकांक्षा थियो । ती महिलाले वास्तवमा बदला लिनको लागि लोग्नेलाई मारेर मासु पकाएकी रहिछन् । लोग्नेले ५६ दिनकी छोरीको जिउमा अन्धविश्वासी भएर सियो रोपेको प्रति क्रुद्ध रहेकी उनले लोग्नेले आफुलाई पनि वर्षौँदेखि पीडा दिँदै आएको बताइन् । प्रहरीमा उनले दिएको बयान अनुसार लोग्नेमाथि आक्रमण गरी तिन दिनसम्म यातना दिएर उनले अन्त्यमा लोग्नेलाई मारेकी थिइन् । उनले लोग्नेलाई बाँधिन्, खाना र पानी पनि दिइनन् र नमरुन्जेल पिटिरहिन् । त्यसपछि उनले लोग्नेको सरीरलाई टुक्रा टुक्रा पारिन् अनि कुकरमा पकाइन् । त्यसपछि उनी प्रहरीमा उजुरी गर्न गइन् आफुलाई आफ्नो लोग्नेले लामो समयदेखि हिंसा गरिरहेको भन्दै । लोग्ने आफुलाई पीडा दिएर कतै भागेको आशंका प्रहरीले गर्ने र आफुलाई हत्याको आशंका नगर्ने आशा उनको थियो । तर प्रहरीले उनको उजुरीको सुनुवाइ गर्ने क्रममा आखिर ती महिलाले लोग्नेलाई मारेर मासु पकाएको कुरा पत्ता लगाए । ती महिला र उनका लोग्नेको नाम भने खुलाइएको छैन ।a
 Keshar1
केशरबहादुर बिष्ट( सहअध्यक्ष राप्रपा नेपाल)
राप्रपा नेपालको तपाई दोस्रो नेता तथा सहअध्यक्ष तर किन केन्द्रीय समितिको बैठकमा जानु भएन  ?
दुर्भाग्यवस मलाइ केन्द्रीय समितिको बैठक बारे थाहा छैन र कसैले पनि सुचना पनि गरेको छैन । मैले पनि आजदेखि केन्द्रीय समितिको बैठक बस्दैछ भन्ने सुनेको छु तर जानकारी दिएका दिएनन् ।
जानकारी पाउनु भएनकी मन फाट्यो ?
मन फाट्या छैन, यस्ता कुरामा मन फाट्दैन पनि । तर मैले केही पार्टीहितका लागि एजेण्डाहरु उठाएको छु, । म नभएपनि ति एजेण्डामा केन्द्रीय समितिभित्र पक्कै छलफल होला । हिन्दुराष्ट्र, संबैधानिक राजतन्त्रका बिषयम पार्टी लिएको नीति र हाम्रा क्रियाकलाप सामान छैनन् । यही कारणले पार्टी फुटाउने वा अलग्गीने कुरा चाँहि नगरौ ।
तपाई राख्न खाजेका एजेण्डा के के हुन ?
म  चाहिँ राप्रपाहरु एकिकृत हुनुपर्छ भनेर ‘स्ट्रङ’  विचार राख्ने मानिस हुँ । जसरी माक्र्सवादी, माओवादी, र लेनिनवादीहरु एमाले र एकजुट हुँदैछन् त्यसैगरी  हिजोदेखि राजासँग काम गरेका,  पञ्चायत व्यवस्थामा उदाएका  प्रजातन्त्रवादी, राजतन्त्रवादी र धर्मवादी सवै एकै ठाउँमा हुनु पर्दछ भन्ने मान्यता राख्छु । यी सवैलाई एकै ठाउँमा ल्याउने मेरो अभियान हो ।
यस्ता कुरा त बारम्वार अध्यक्ष कमल थापा पनि भन्दै आउनु भएको छैन र ?
उहाँले भन्नु मात्र भयो, गर्नु भएन । हाम्रो एजेण्डा हिन्दुराष्ट्र हो तर संविधानमा धर्मनिरपेक्षता छ, हाम्रो एजेण्डा संबैधानिक राजतन्त्र हो, तर संविधानमा गणतन्त्र छ, हाम्रो एजेण्डा स्थानीय स्वायत्त शासन हो, संविधानमा संघिय लोकतान्त्रिक गणतन्त्र छ । अब तपाईहरु नै भन्नु होस यस्तो नीति लिने पार्टीले कसरी संविधानको स्वागत गर्न सक्छ ? हाम्रा एजेण्डा नसमेटेको संविधान अन्तर्गत सरकारमा जानु गलत थियो र सुर्धानका लागि सरकारबाट बाहिर आउनु पर्दछ ।
यो सरकारमा तपाईको छोरा विराट बिष्टपनि मन्त्री हुनुहुन्छ होइन र ? छोरालाई किन पठाउनु भयो ?
मैले नीतिको कुरा गरेको हुँ । पार्टी सरकारमा जानु पर्दैन भन्नेमा पहिले देखि नै थिएँ । तर सरकारमा गएपछि को ब्यक्ति गयो भन्ने कुरा आउँदैन । मैले कमल थापा जानु भयो, विराज जानु भयो भन्ने प्रश्न उठाएको होइन । अहिले हाम्रो पार्टीका सात जनाले झण्डा हालेका छन् । कसले झण्डा हाले भन्नु भन्दा झण्डा हाल्नु गलत हो भन्ने हाम्रो कुरा हो ।
बाहिर कुरा के आएको छ भने दुई राप्रपाको एकीकरणपछि तपाई लोकेन्द्रबहादुर चन्दलाई पार्टी अध्यक्ष बनाउन यस्तो खेल खेल्दै हुनुहुन्छ भन्ने छ नी ?
यो कुरा पूर्णरुपमा सत्य होइन । एक चौथाई सत्य हो । पहिलो कुरा पार्टी एकतामा अवरोध नहोस भन्नका लागि अहिले यो छलफल चलिरहेको छ । पार्टी एकतालाई बल पुरयाउन र अध्यक्षलाई नै सहयोग गर्न यो छलफल चलाएका हौ । तुरुन्तै महाधिवेशन गरौ महाधिबेशमा चाँहि नउठ्ने मान्छेले अध्यक्षता गरौ यो चाहिँ भन्या हो । लोकेन्द्रबहादुरजी अध्यक्षतामा उठ्नु भएन भने केही आपत्ति भएन । उठ्नु भयो भने अध्यक्षता नगरौ भन्ने हाम्रो भनाई हो ।
कुरा सजिलै भए किन बिज्ञप्ती निकाल्नु भयो र किन केन्द्रीय समितिको बैठकमा जानु भएन ?
बिज्ञप्ती आवश्यक परेर निकालेको हो । छलफल अलिकति डाइभर्ट हुन थालेको बुझेर मैले ट्रयाकमा ल्याउन बिज्ञप्ती निकालेको हुँ ।
कार्तीक,काठमाण्डौ हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ । जुन यसप्रकार छन् ।
१. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

५.यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

११. यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।

१२. यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

१३. जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।

१४. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

१५. जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा या भमिट(वाक्क) गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

१६. शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ ।

१७. यदि कोई यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ ।

१८.सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ ।

१९.कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।

२०. यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।