फ्रान्समा भएको युरो कप २०१६ को फाइनल खेलमा आयोजक राष्ट्र फ्रान्स र पोर्चुगल भिड्दैछन् । आइतबार राति हुने खेलमा पोर्चुगलले फ्रान्सलाई हराइ इतिहास रच्ने पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले बताएका छन् । उनले भनेका छन्,‘फ्रान्ससँगका खेलमा पोर्चुगल कमजोर देखिएको थियो तर यो फाइनल खेल हो । हरेक खेलाडीमा उत्साह निकै उच्च हुने गर्छ । यही उत्साहले पनि पोर्चुगलले फ्रान्सलाई हराउनेछ ।’
त्यस्तै आयोजक राष्ट्र फ्रान्सलाई घरेलु समर्थकहरुको ठुलो समर्थन रहनेछ । सन् १९९८ को विश्वकपमा फ्रान्समा नै आयोजना भएको विश्वकपमा फ्रान्सले विश्वकप उपाधि जितेको थियो । यो युरो कपको उपाधि पनि जित्ने दाउमा फ्रान्स रहेको छ ।
पोर्चुगलका डिफेण्डर पेपे पनि टिममा फर्किएका छन् । घाइते भएका पेपेले सेमिफाइनल खेल भने खेल्न पाएका थिएनन् । त्यस्तै अर्का डिफेण्डर विलियम कारभालो दोस्रो पहेलो कार्ड खाएपछि सेमिफाइनल खेल गुमाएका थिए । उनी पनि फाइनलका लागि तयार रहेका छन् ।
मुख्य खेलमा पोर्चुगल र फ्रान्सको यो चौथो खेल हो । फ्रान्सले यसअघिका चारवटा खेलमा जीत हात पारेको छ । त्यो पनि सबै सेमिफाइनल खेलमा । सन् १९८४, युरो २००० र विश्वकप २००६ को सेमिफाइनल खेल
फ्रान्सले पोर्चुगलसँग भएका पछिल्ला १० खेलमा जित हात पारेको छ । पोर्चुगलले अन्तिम पटक सन् १९७५ मा भएको मैत्रीपुर्ण खेलमा फ्रान्सलाई २–० गोलले पराजित गरेको थियो । पोर्चुगलको अन्तिम उपलब्धिमुलक खेल भनेको सन् २००४ मा भएको युरो कपमा ग्रीससँग फाइनलमा १–० ले पराजित भएको थियो । युरोपियन च्याम्यिनसिपमा सबैभन्दा बढी खेलेको पोर्चुगलले हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । पोर्चुगलले ३४ खेलमा सुन्य उपलब्धि हात पारेको छ ।
फ्रान्सका लागि घरेलु मैदानमा उपाधि जित्ने यो तेस्रो अवसर हो । सन् १९८४ को युरोकप, सन् १९९८ को विश्वकप फ्रान्सले जितेको थियो । घरेलु मैदानमा भएका १८ वटा खेलमा फ्रान्सले हालसम्म पराजित भएको छैन । १६ वटा खेलमा जितेको छ भने २ वटा खेलमा बराबरी खेलेको छ ।
जर्मनी र स्पेन पछि सबैभन्दा बढी उपाधि जित्नेमा फ्रान्स रहेको छ । यस युरो कपमा ६ खेलमा फ्रान्सले १३ गोल हानेको छ । फ्रान्सले हानेका ११ गोलहरु पहिलो हाफको ४२ मिनेटमा भएका छन् ।




















Social Buttons