Latest News
Showing posts with label Politics. Show all posts
Showing posts with label Politics. Show all posts

काठमाडौं, २४ कात्तिक । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार ट्रम्प राष्ट्रपति बन्ने करिब करिब निश्चित भइसकेको छ । अमेरिकी जनताले उनको स्पष्ट नीतिलाई मनपराएको पछिल्लो परिणामलाई हेरर विश्लेषण गर्न थालिएको छ । उनको अप्रवासीसम्बन्धी नीतिले विश्वमै उथपपुथल ल्याउने विश्लेषकहरु बताउँछन् ।
को हुन् ट्रम्प ?
– डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ का दिन भएको थियो । ट्रम्पले अहिलेसम्म चुरोट खाएका छैनन् । न त उनले रक्सी पिएका छन् न लागू औषध सेवन गरेका छन् । उनका ठूला दाजू फ्रेड जड्याँहा थिए तर, डोनाल्डलाई भने नपिउन सल्लाह दिन्थे । फ्रेडले कुलतका कारण ज्यान गुमाए ।
– ट्रम्पको सुनौलो कपालको निकै चर्चा हुने गरेको छ । भनिन्छ उनले आफ्नो कपाललाई ब्लो ड्राइ गरेर पछाडिसम्म कोर्ने गर्छन् । २००७ मा वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट डब्ल्यू डब्ल्यू ईका अध्यक्ष भिन्स मिकम्यानसँग उनले एउटा अनौठो बाजी राखेका थिए । दुबै जनाले एकएक जना रेसलर छानेका थिए र हार्नेले कपाल खौरनुपर्ने सर्त थियो । यसमा जित ट्रम्पकै भयो र उनले मिकम्यानको कपाल खौरन सहयोग पनि गरे ।
– ट्रम्पले रक्सी नपिएपनि २००६ मा आफ्नै भोड्का बजारमा ल्याएका थिए । उनले यो भोड्कालाई उत्कृष्ट र राम्रोसँग प्याक गरिएको भन्ने गरेका थिए । तर, २०११ मा राम्रो व्यापार गर्न नसकेपछि ट्रम्प भोड्काको उत्पादन बन्द गरिएको थियो ।
– आफ्नो नाममा बोर्ड गेम भएका ट्रम्प पहिलो राष्ट्रपतीय उमेदवार हुन् । मोनोपोली (व्यापारी) जस्तै बोर्डमा खेलिने ‘ट्रम्प द गेम’ १९८९मा सुरु गरेका थिए । तर, राम्रो बजार लिन नसकेपछि बन्द भयो ।
– २०१६ मा फोब्र्स म्यागजिनले जनाए अनुसार उनी अमेरिकाकै सर्वाधिक धनीको सूचीमा १५६ औं स्थानमा छन् भने संसारमै ३२४ औं स्थानमा छन् । उनको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको छ ।
यस्ता छन् उनका महत्वाकांक्षी योजना
– अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई देशनिकाला गर्ने मुख्य एजेण्डा ।
– सीमा क्षेत्रमा कडाई गर्ने ।
– अमेरिकामा कानुनी रुपमा मात्र मान्छेहरुलाई प्रवेश दिने ।
– मान्छेहरु गैरकानुनी रुपमा सीमा पार गरेर अमेरिकामा खनिइरहेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्नेहरु ठूलोसंख्यामा अपराधमा संलग्न छन् । यो रोकिनैपर्छ । अहिले नै रोकिनुपर्छ ।
– हामीले बाहिरबाट अमेरिकामा मान्छेहरु नल्याउने भनेको होइन, ल्याउँछौं । तर हामीले कानुनी रुपमा अमेरिकामा मान्छेहरु ल्याउनेछौं ।
– राष्ट्रपतिका रुपमा म सिमाको मामलामा अत्यन्तै कठोर हुनेछु । मैले पूर्ण कागजपत्रबिना अमेरिकामा मान्छेहरुलाई छिर्न अनुमति दिनेछैन ।
-मैले एचवानबी भिसालाई सस्तो श्रम कार्यक्रमको रुपमा प्रयोग गर्ने कामलाई सधैका लागि बन्द गर्नेछु । हरेक भिसा र इमिग्रेशन कार्यक्रमका लागि अमेरिकी कामदारलाई नियुक्त गर्ने पूर्ण आवश्यकतालाई संस्थागत गर्नेछु ।
-हामी हाम्रो देशमा बाहिरबाट मान्छेहरु आएको चाहन्छौं । तर तिनुहरु कानुनीरुपमा नै आउनुपर्छ ।
– मेक्सिकन नेताहरुले धेरैबर्षदेखि अमेरिकामा गैरकानुनीरुपमा छिर्ने कामदारमार्फत उनीहरुको देशबाट अमेरिकामा अपराध र गरिबी पठाउने कामको फाइदा लिइरहेका छन् ।
– सिमा बिनाको देश त देश नै होइन । गैरकानुनी रुपमा मान्छेहरु अमेरिका छिर्ने क्रम रोकिनैपर्छ । अमेरिकामा कम्तीमा पनि ११ मिलियन मान्छेहरु गैरकानुनी रुपमा आएका छन् । तिनीहरु सबै बाहिर जानेछन् । उनीहरुमध्ये केही फर्केर अमेरिकामा पनि आउनेछन् तर उपयुक्त प्रकृयामार्फत ।
नेपालीलाई के हुन्छ ?
ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा चीन देखि नेपाल सम्मलाई प्रभाव पर्ने देखिएको छ । खासगरी आप्रबासी सम्बन्धि अनुदार नीतिका कारण अमेरिकामा रहेका, जाने तयारीमा रहेका र जान चाहने नेपालीहरु समेत प्रभावित हुनेछन् । ट्रम्पले बिना कागजात बसेका करिब एक करोड दसलाख मानिसलाई आफ्नै देश पठाउने घोषणा गरिसकेका छन् । यसमध्ये ठूलो संख्या नेपालीको पनि हुन सक्छ ।
- See more at: http://www.dainiknepal.com/2016/11/192313.html#sthash.oFd3Wz1v.dpuf
काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूतमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्रमा दुई वटा गम्भीर कुरा उल्लेख भएको दाबी गरिएको छ ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदीलाई पठाइएको पत्रमा गम्भीर तथा राष्ट्रघाति कुरा उल्लेख गरिएको दाबी गरे ।

‘हाम्रा प्रधानमन्त्रीज्यूले मोदीलाई पठाएको पत्रमा समग्र तराई मधेस एक वा दुई प्रदेश बनाएर संविधान संशोधन गर्ने र अंगीकृत नागरिकले पनि राष्ट्रपति लगायतका संवैधानिक पद पाउने आश्वासन दिनुभएको जानकारी हामीले पाएका छौं,’ उनले भने– ‘त्यो पत्र तुरुन्त सार्वजनिक गर्नुपर्छ । संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’ पछिल्ला गतिविधिले अहिलेका प्रधानमन्त्री लेण्डुप दोर्जे बन्ने चिन्ता जनतामा जागेको भन्दै उनले त्यसो नगर्न र पत्र सार्वजनिक गर्न प्रचण्डलाई आग्रह गरे । साभार दैनिक नेपाल बाट

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा कांग्रेस—माओवादी गठबन्धन सरकार बने लगतै १४ जनाले हातैमा आएको राजदूतको पद गुमाएका छन् । शुक्रबार तत्कालीन केपी ओली नेतृत्वको सरकारले राजदूतका लागि सिफारिस गरेका राजनीतिक पृष्ठभूमीका १४ जना राजदूतको सिफारिस वर्तमान सरकारले रद्ध गरेको हो ।

सुनुवाई प्रक्रियामा रहेको सिफारिस नै सरकारले रद्ध गरिदिएपछि विभिन्न देशका लागि राजदूत हुन तम्सिएका १४ जना निराश बनेका छन् । यसरी राजदूतका लागि सिफारिस नाम रद्ध हुनेमा एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र राप्रपाको राजनीतिक पृष्ठभूमीका १४ जनाले रहेका छन् । उनीहरुलाई गत ७ बैशाखमा तत्कालीन सरकारले राजनीतिक भागबण्डाका आधारमा राजदूतका लागि सिफारिस गरेको थियो ।

यसरी हातैमा आएको राजदूत पद गुमाउने अभागीहरुमा एमालेका ६ जना रहेका छन् । यस्तै, माओवादी केन्द्रका ४ जना, राप्रपा नेपालका २ जना, राप्रपा र फोरम लोकतान्त्रिकको कोटामा राजदूत हुन लागेका १÷१ जना छन् । 


राजदूत सिफारिस रद्ध गरिएका ब्यक्तिहरु निम्नानुसार रहेका छन :
१. महेन्द्रबहादुर पाण्डे (चीन)
२. डा. खडगबहादुर केसी (जापान)
३. नारद भारद्वाज (श्रीलंका)
४. डा. शिवमाया तुम्बाहाम्फे (इजरायल)
५. अलिअख्तर मिकरानी (साउदी अबर)
६. युवराज कार्की (दक्षिण कोरिया)
७. लक्की शेर्पा (अष्ट्रेलिया)
८. महेन्द्रप्रसाद सिंह (कतार)
९. पदम सुन्दास (बहराइन) 
१०. युगनाथ लम्साल (डेनमार्क)
११. निरन्जन थापा (रसिया) 
१२. भरतबहादुर रायमाझी (युएई)
१३. खगेन्द्र बस्न्यात (बंगलादेश)
१४. शर्मिला पराजुली (ओमान)


अहिले अमेरिकामा राष्ट्रपति निर्वाचनको माहोल अत्यन्त तातेको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी इतिहासमा पहिलोपटक महिला उम्मेदवारलाई राष्ट्रपति निर्वाचनको रेसमा उभ्याएको छ । उनी सन् १९९५ मा छोरी चेल्सीसँग नेपाल भ्रमणमा पनि आएकी थिइन् । त्यतिवेला उनी अमेरिकी प्रथम महिला थिइन् । सन् २००३ मा प्रकाशित उनको आत्मकथा ‘लिभिङ हिस्ट्री’मा उनले नेपाल भ्रमणबारे पनि लेखेकी छिन् । आजको मध्यपृष्ठमा त्यही पुस्तकको नेपाल सन्दर्भको अनौपचारिक अनुवाद :

अर्को दिन समुद्री सतह (गुजरात)बाट हामी नेपालको राजधानी काठमाडौंका लागि उड्यौँ । त्यो उडानमा पनि मैले अघिल्लो दिनका कुरा सम्झिरहेकी थिएँ । हिमाल–पहाडबीच करिब ४२ सय फिटको उचाइमा अवस्थित काठमाडौं वरपरबाट पहाडहरूले घेरिएको छ । अमेरिकाको साल्ट लेक सिटीजस्तै उचाइमा भएको काठमाडौंबाट एउटा सफा दिनमा हिउँले ढाकिएका मनमोहक चुचुराहरू देखिन्छन् ।

नेपालको भौगोलिक बनावट तथा दृश्य विश्वकै सबैभन्दा सुन्दर दृश्यमध्ये एक हो । तर, मानव बसोवास भएका यहाँका ठाउँहरूमा अत्यन्त भीडभाड छ । यहाँ मानव फोहोर प्रांगारिक मलका रूपमा प्रयोग गरिन्छ र सफा पिउने पानी पाउन कठिन छ ।

कतिसम्म भने मैले भेटेका सबै अमेरिकीले एउटा न एउटा रोगलाई पराजित गरेका थिए । नेपालमा केही समय बिताएपछि उनीहरूलाई विभिन्न रोग लागेको र त्यसलाई जितेको कथा उनीहरूसँग थियो । मानौँ, यो एउटा अनिवार्य परिघटना हो र उनीहरू त्यसलाई आत्मसात् गरिरहेका छन् । मसँग भेट भएका पिस कोप्र्सका सदस्यहरूले पनि टिसर्ट लगाएका थिए, जसमा उनीहरूले जितेका रोगहरूको सूची थियो ।

living-history-750यही डरका कारण हामीले नेपालमा अत्यन्त धेरै सावधानी अपनायौँ । यो यसकारण पनि आवश्यक थियो कि हामी यात्राको आधाआधीतिर थियौँ र हामी बाँकी यात्रा गुमाउन चाहँदैनथ्यौँ । एक दिन मात्र पनि बिरामी परिएको खण्डमा यात्राका सारा कार्यक्रम प्रभावित हुने थिए ।

हामीले यही कुरा आयोजकलाई पनि जानकारी दिएका थियौँ । त्यसैले पनि उनीहरू हाम्रा चासोलाई सम्बोधन गर्न दत्तचित्त भएर लागे । ‘मम, तपाईं विश्वास गर्नै सक्नुहुन्न, सेक्रेट सर्भिस एजेन्टहरूले मलाई जे भनेका छन्, त्यो तपाईं पत्याउनै सक्नुहुन्न,’ अचम्म मान्दै छोरी चेल्सीले पहिलो दिनमै भनी, ‘उनीहरूले भने– हामी आउनुअघि स्विमिङ पुल पूरै सुकाइयो र त्यसमा बोतलको पानीले भरियो ।’ मैले त्यो सही थियो वा थिएन भनेर कहिल्यै खोजी गरिनँ, तर त्यसो गरिएकै हुन्थ्यो भने पनि त्यसले मलाई आश्चर्यचकित पार्ने थिएन ।

राजदरबारमा शिष्टाचार भेटका क्रममा राजा वीरेन्द्र वीरविक्रम शाहदेव र रानी ऐश्वर्याले मलाई भुइँमा ठूलो बाघको छाला ओछ्याइएको कक्षमा स्वागत गरे । रानीसँग त विमानस्थलमा पनि भेट भएको थियो र उनले मसँग कुराकानी गर्न आफू प्रतीक्षारत रहने बताएकी थिइन् । मैले सोचेकी थिएँ, रानीसँग नेपालको स्वास्थ्य सेवा तथा किशोरीहरूको शिक्षाका बारेमा मज्जाले कुराकानी गर्नेछु, तर दरबारमा उनीसँग कुरा गर्न पाइएन । दरबारमा भएको त्यो भेटमा सबै कुरा राजासँग मात्र भयो । रानी अधिकांश समय हाम्रो कुराकानी सुनेर मात्र बसिन् ।

केही वर्षअघि मात्र उनले नेपाललाई लोकतान्त्रिक बाटोतर्फ लैजान आफ्ना केही अधिकार दलहरूलाई दिएका थिए । त्यसवेला यो राष्ट्र प्रतिनिधिमूलक सरकार संस्थागत गर्ने संक्रमणबाट गु्रजिरहेको थियो र उनी सम्भावित अमेरिकी सहयोग र लगानीबारे कुराकानी गर्न खोजिरहेका थिए । त्यसवेला नेपालका ग्रामीण भूभागले माओवादी गुरिल्लाहरूबाट हिंसा र अशान्ति भोगिरहेको पनि थियो । तथापि, शाही परिवारलाई माओवादी गतिविधिभन्दा दरबारभित्र रहेका विकृतिबाट बढी खतरा थियो । अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ, केही वर्षपछि राजा र रानीसहित राजाको पारिवारका आठ सदस्यको त्यही दरबारमा गोली हानी हत्या भयो । आधिकारिक रिपोर्टहरूका अनुसार उनीहरूका हत्यारा युवराज थिए, जो आफ्नी प्रेमिकालाई बिहे गर्न नपाएकोमा आक्रोशित भएका थिए ।
भोलिपल्ट सबेरै, चेल्सी र म सहरभन्दा माथि पहाडमा लामो पैदलयात्राका लागि गयौँ । मानिसहरू हामी अघि बढेको हेर्न सडकका दायाँ–बायाँ उभिएका थिए । उज्याला आँखा भएकी करिब १०–११ वर्षकी केटीले हाम्रो साथ दिई । तिनी टुटेफुटेको अंग्रेजीमा कुराकानी गर्थिन्, धेरैजसो न्युयोर्क सिटी वा क्यालिफोर्नियाको नाम लिन्थिन्, जसलाई उच्चारण गर्नेक्रममा ‘ठूलो’ वा ‘सुखद’जस्ता विशेषण जोड्थिन् । त्यसपछि तिनी यसरी समर्थनमा टाउको हल्लाउँथिन् अथवा हाँस्थिन्, मानौँ हामी लामो कुराकानी गरिसकेका पुराना मित्र हौँ ।

हामी जति–जति माथि गयौँ, मैले देखेँ– कसरी सम्पूर्ण जमिन केही न केही प्रयोजनका लागि सदुपयोग भएको थियो, आवास निर्माण गर्न, गरा–गरा बनाएर खेती गर्न वा बुदिस्ट गुम्बाहरू बनाउन । मैले हाम्रो सबैभन्दा नजिकको गुम्बामा बजेको घन्टीको आवाज सुनेँ र फहराइएका सेता पवित्र ध्वजापताका देखेँ । जब हामी फर्कियौँ, उक्त केटीका बाबु हामीलाई पर्खिरहेका थिए । त्यसवेला, मैले थाहा पाएँ, ती केटी केहिल्यै स्कुल गएकी छैनन् । तर, उनले पर्यटकहरू तथा पदमार्गीको सरसंगतबाट थोरबहुत अंग्रेजी सिकेकी थिइन् ।

ती केटीका बाबुका अगाडि मैले उनको बुद्धिमता र जिज्ञासु स्वभावको तारिफ गरेँ, तर उनले मेरो कुरा राम्ररी बुझे होलान् भन्नेमा मलाई द्विविधा छ । कृतज्ञता वा चासो व्यक्त गर्न पैसा दिनु पर्याप्त हुन्थ्यो भन्ने मलाई पनि लाग्दैनथ्यो, त्यसैले मैले उनकी छोरी मूल्यवान् छिन् भन्ने बुझेँ भन्ने उनका बाबुले बुझून् भन्ने चाहेँ । मैले उनको काम, नैतिकता र कुशलताले उनको परिवारको स्थितिमा सुधार आउने विश्वास व्यक्त गरेँ । मैले उनका लागि अलग खालको विकल्पको खोजी गर्नका लागि प्रेरित गर्न कोसिस गरेँ । मलाई वेला–वेला लाग्छ, पछि उनी के भइन् होला, उनले के गरिन् होला ?



त्यो बिहानको अबेरतिर हामी महिलालाई लक्षित गरेर सञ्चालित स्वास्थ्य क्लिनिक हेर्न गयौँ, जुन नेपालमा बसोवास गरिरहेकी अमेरिकी महिलाले स्थापना गरेकी थिइन् । नेपालमा संसारकै सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर छ, प्रति एक लाख जन्ममा आठ सय ३० । विश्वमा यो सरदर चार सय छ भने अमेरिकामा त मात्र सातजना । युएसएड, सेभ द चिल्डे«न र नेपाल सरकारको साझेदारीमा चलेका यी क्लिनिकहरूमा रोकथामका लागि साधारण प्रविधिको प्रयोग गरिन्थ्यो । त्यस्तै, उक्त क्लिनिकले गर्भवती महिला तथा सुडेनीका लागि ‘घरमै सुत्केरी गराउने सामग्री’ वितरण गर्ने कार्यक्रम पनि सञ्चालन गथ्र्यो । त्यसमा सुत्केरी गराउँदा सुताउने प्लास्टिकको टुक्रा, एउटा साबुन, सानो रस्सी, सुडेनीलाई हात तथा भाँडाकुँडा धुने साबुन, सफा रेजर ब्लेड, गर्भनाल बाँध्नका लागि आवश्यक पर्ने तार संलग्न हुन्थ्यो । यत्ति सामग्रीले पनि एउटी आमा र उनको बच्चाको जीवन बचाउन ठूलो भूमिका खेल्थ्यो ।

बाटोमा परेको नेपालको दक्षिणी क्षेत्रमा पर्ने चितवन राष्ट्रिय निकुञ्जमा चेल्सी र मैले हात्ती चढ्यौँ । इमानदारीपूर्वक भन्ने हो भने त्यहाँ फोटो खिचिनेछ भन्ने मलाई थाहा थिएन, अन्यथा म जिन्सको पाइन्ट लगाउने थिएँ । मैले त ‘आउट अफ अफ्रिका’मा बयान गरेजस्तो खाकीको सर्ट, स्कर्ट र ह्याट लगाएकी थिएँ । चेल्सी र मैले हात्तीमाथि चढेर दुर्लभ एसियाली गैँडा हेरिरहेको फोटो संसारभरि पुग्यो । पछि, जब हामी वासिंटन फर्कियौँ, जेम्स कारभिल्ले (डेमोक्रेटिक पार्टीसँग सम्बद्ध राजनीतिक समीक्षक) ले ठट्टा गरे– के तपाईंलाई त्यो मन पर्यो ? तपाईंले जनताले उत्तम स्वास्थ्य सेवा पाऊन् भनेर दुई वर्ष व्यतीत गर्नुभयो, तर उनीहरूले तपाईंलाई मार्न पो खोजे । तपाईं र चेल्सीले हात्ती चढ्नुभयो र तिनले तपाईंलाई माया गरे !’

नयाँ पत्रिकाबाट

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता खुमबहादुर खड्काले आ–आफ्ना पत्नीहरूलाई मन्त्री बनाउन लविङ थालेको रहस्य खुलेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दुई साताभित्र बन्न लागेको नयाँ सरकारमा देउवा र खड्काले पत्नीलाई मन्त्री बनाउन आफू निकटका नेताहरूमार्फत दबाब सृजना गराएका हुन् ।
सिधै आफूले मन्त्री बनाउन प्रस्ताव गर्दा ‘पत्नीलाई मन्त्री बनायो’ भनेर आरोप लाग्ने भएपछि देउवा र खड्काले निकटका नेताहरूमार्फत दबाब दिएका हुन् ।
देउवा पत्नी आरजु राणा र खड्का पत्नी शिला गौतम अबको नयाँ सरकारमा मन्त्री बन्ने दाउँमा छन् । संसदमा लोप्रोफाइलमा बस्दै आएकी आरजु र शिला समानुपातिक कोटाबाट सांसद बनेका हुन् । यी दुबैलाई आ–आफ्ना पतिले सांसद बनाएका हुन् । आरजु दुई पटक समानुपातिकबाट सांसद बन्ने भाग्यमानि हुन् ।
शिला भने दोस्रो संविधानसभामा पतिका तर्फबाट समानुपातिक कोटामा परेकी हुन् । शिलाले राजनीति गर्दिनन् । उनलाई आफ्ना घरकाले भन्दा बाहिरका कुनै पनि कार्यकर्ताले शिलालाई चिन्दैनन् ।
पतिलाई भेट्न सानेपास्थित निवासमा आउने खुमबहादुरका समर्थकसँग शिला कहिल्यै पनि सँगै देखिदैनिन् ।


पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित डिभी र पीआरधारी सरकारी कर्मचारीलाई कानुनी कठघरामा ल्याएका कारण चर्चामा छन् । १९ महिना १२ दिन सामान्य प्रशासनमन्त्री हुँदा उनले निजामति ऐनमै डिभी र पीआरधारीहरुका लागि स्पष्ट कानुनी कारवाहीको ब्यवस्था गर्न सफल भए । 

मन्त्री भएलगतै उक्त कानुन लागु गर्ने योजना बनाएका मन्त्री पण्डितलाई यो कानुन ल्याउन उनले सोचेजति सहज भएन । क्याबिनेटमा भएको अवरोधसँग लड्न उनलाई उतिकै हम्मे पर्यो । त्यसका लागि उनले झण्डै १७ महिना लामो लडाइ लड्नु परेको बताए । तर, ठूलो जनसमर्थनका कारण उनी चर्चामा मात्र रहेनन्, डिभी र पीआरधारीलाई कानुनी दायरामा ल्याउन सफल भए । 

नेपालीपत्रले पूर्वमन्त्री पण्डितसँग डिभी, पीआर र ग्रीनकार्डबारे कानुनी ब्यवस्था लागु गराउँदाका भित्री पक्षहरुका बारेमा मिहिन अन्तर्वार्ता गरेको छ । जसमा उनले कयौं अचम्म पार्ने किसिमका रहस्यहरु पनि उद्घाटित गरेका छन् ।

राज्यका निकायमा हुने ठूलाहरुको मनोमानीलाई कसरी चिर्न सकिन्छ ? 
यसलाई चिर्नका लागि मुटु दह्रो भएको मान्छे चाहिन्छ । कायरले इतिहास रच्न सक्दैंन । कुनै पनि कायरले अहिलेसम्म इतिहास रचेको छैन । कि त्याग र समर्पणले इतिहास रचेको छ कि त गलत कुरासँग जुध्छु र त्यसमाथि मैले विजय प्राप्त गर्छु भन्ने साहसका साथ काम गर्नेले विजय प्राप्त गरेको छ । अहिले हाम्रो देशमा त्याग र समर्पण भएका नेताहरुको कमी छ । 

कतिपय नेता, मन्त्रीहरुले कर्मचारीमाथि दोष लगाइरहेका हुन्छन् । तपाईंको बुझाई पनि त्यस्तै हो ? 
मेरो बुझाइ म प्रष्टसँग भन्छु । म मन्त्री भएर जाँदा पनि कर्मचारीहरुमा यो मन्त्री केही बुझ्दैंन्, केही गर्न सक्दैंन सबै हामीले नै गर्ने हो भन्ने बुझाइ थियो । 

अनि, कसरी काम गर्नु सुरु गर्नुभयो त ? 
मैले सिधा रुपमा भनेको थिए, म केही गलत गर्ने छैन । राम्रो काममा नसघाउनेलाई म राख्दिन् । सघाउनेले कि त मलाई कन्भिन्स गर्नुपर्यो, मैले नबुझेको कुरा बुझ्ने प्रयास गर्छु । तपाइहरुले बुझ्नु भएको छैन भने म बुझाउँछु । यसरी नै भन्या हो । त्यसपछि कतिले काज सार्न पाए हुन्थ्यो भन्ने मनशाय देखाए, त्यस्तालाई मैले राखिन पनि । मैले भने मलाई अनुहारले चिन्नुपर्दैन तर मेरो बाटोमा सहयोगी बन्नुपर्छ । म हिड्ने बाटो निजी बाटो होइन्, परिवर्तनको बाटो हो । मैले अनुहार नदेखेको सचिव लिएर आए, ङइन्द्र उपाध्याय । उहाँ १५ महिना मसँग बसेर काम गर्नुभयो । कहिलेकाही अहिले पनि मसँग भेटघाट गर्न आउनुहुन्छ । त्यसपछि मैले राजन खनालजीसँग अलिकति काम गरे । पछिल्लो अवधिमा अहिलेकै सचिव टंकमणी शर्मासँग पनि काम गरे । 

मलाई ब्यक्तिसँग होइन्, कामसँग माया छ । आफ्नो योग्यता, क्षमता, वुद्धि, विवेक कमी भएकाले अरुलाई दोष दिन्छ । मैले कहिल्यै पनि अरुलाई दोष दिइन । मैले जहिल्यै पनि भने मन्त्री हुँदा पनि भने, म मन्त्री भएका बेलामा मात्र होइन्, जहिलेसम्म मेरो प्राण रहन्छ ठीक छ भने पुष्टि गर्छु, पश्चाताप गराउने हो भने कन्भिन्स गराउनुपर्छ । 

भनेपछि एक जना मन्त्रीको प्रयासले मात्रै पनि धेरैं काम गर्न सकिदो रहेछ ?
मैले गर्न खोजेको परिवर्तनको पक्षमा त्यतिबेला प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । म क्याबिनेटमा एक्लो थिए । क्याबिनेटमा लामो समय लडाई चलेको होइन र ? डिभी, पीआर यो देशमा ब्यक्तिको हितमा मात्र छ, राष्ट्रको हितमा छैन भनेर बुझ्ने को थिए ? तर, मैले देश र जनतालाई बुझाए, मैले त्यतिखेर भने म यहाँबाट पस्दैंछु । मलाई धेरैले मन्त्री भएर कर्मचारीलाई निरिह ठान्ने भन्दै प्रश्न पनि गरे । मैले प्रष्ट भने– अहिले म यहाँ मन्त्री भएर मुल ढोकाबाट पस्दैंछु, यहाँ कोठा—कोठामा पस्छु, बुइगलमा तलामा जान्छु त्यहाँ कोठा—कोठामा पस्छु । त्यसपछि छानामा पुग्छु र नेतालाई शुद्ध बनाउँछु । 

अहिले त्यसको रिजल्ट देखिदैंछ, धेरै निजामति मात्र हो भन्ने ठानेका थिए सशस्त्र, जनपथ, नेपाली सेना हुँदैं शिक्षकसम्म पुग्यो । अहिले त स्थानीय निकायका कर्मचारीमा पनि गयो । राजनीतिमा एउटा चुनाव आउन बाँकी छ, चुनाव आएपछि त्यो लागु हुन्छ । राजनीतिमा डिभी पीआरधारीहरुले कुनै ठाउँमा निर्वाचित हुन नपाउने, मनोनित हुन नपाइने र नियुक्ति हुन नपाइने ब्यवस्था छ । लोकसेवा आयोगको निवेदन नै भर्न नपाउने व्यवस्था छ । 

भनेपछि डिभी र पीआरधारीहरु अब सबै ठाउँबाट संकटमा परिसके ? 
परिसके नि । त्यसैले त धेरै गइसके । मैले गर्न नसकेको एउटा मात्र हो रिटायर्ड कर्मचारीलाई पनि मैले यसको दायरामा ल्याउन खोजेको थिए । त्यो हुन सकेन । 

क्याबिनेटमा पनि तपाईंले डिभी, पीआरको प्रस्ताव लिँदा रामशरण महत, मीनेन्द्र रिजाललगायतका केही मन्त्रीहरुले नै अवरोध गरेका खबर आउँथ्यो । वास्तविकता के हो ? 
क्याबिनेटमा मात्र विरोध होइन्, अन्तर्राष्ट्रिय रुपमा विरोध गरियो । अर्थमन्त्रीका रुपमा विदेशका धेरै ठाउँ जान पाइने, जहाँ जहाँ पुगे त्यहाँ भाषण गरे । अमेरिकामा पुगेर म बाँचुन्जेल पास हुन दिन्न भनेर डा. रामशरण महतले भाषण गरे । विदेशका विभिन्न ठाउँमा भाषण गरेर भने, ज्यान गए पनि पास हुन दिन्न । मिनेन्द्र रिजाल, एनपी साउदहरु क्याबिनेटमा आउनै दिदैनौ भन्थे । नारायण खड्का, सुनिलबाबु थापाले अवरोध गरेनन्, नबोलेर बसे । यसरी नबोलेरै बस्ने अरु पनि केही थिए । 

कतिपयले उनीहरुसँगै पीआर र ग्रीनकार्ड भएका कारण यस्तो गरेका हुन भन्छन् । कतिले तिनका नातेदार बचाउनलाई भन्छन् । के हो वास्तविकता ? 
धेरै प्रश्न आइरहेका छन् । यो सबैको छिनोफानो आउने चुनावमा भइहाल्छ । 

चुनावमा कसरी छिनोफानो हुन्छ ? 
डिभी, पिआर हुनेले चुनावमा उम्मेदवारी नै दिन पाउँदैन । उम्मेदवारी दियो भने पनि त्यहाँ त विपक्षीले सबै कुरा खोतलेर ल्याइहाल्छन नि । 

भनेपछि, अहिले चर्चामा रहेको राजनीतिक ब्यक्तिहरुसँग डिभी वा पीआर छ कि छैन भन्ने कुरा त्यतिखेर निक्र्यौल हुन्छ ? 
थियो भने त भन्नुपर्यो नि । थियो मैले त्यागे भन्नुपर्यो । त्यागे भनेपछि सफाइ पाउँछन् । सरोज खनालले खुलेरै मसँग छ भने । उनले अरुको नाम पनि लिएका छन् । सुजाता कोइरालाले आफ्नो पार्टीको बैठकमा पनि धेरैको नाम लिएकी छन् । जो माथि प्रश्न छ उसले त पुष्टि गर्नैपर्छ । 

त्यसो भए ठूला नेताहरुसँग डिभी र पीआर भए उनीहरु पनि कानुनी दायरामा आउँछन् ? 
प्रश्न उठेपछि सबैमाथि छानविन हुन्छ । प्रमाणित भएपछि दण्डित हुन्छन् । हामीले त्यतिबेलै भनेका थियौं ३० दिन डिक्लेरेसन गर्नका लागि र ३० दिन क्यान्सिलेन गर्न समय दिन्छौं । ६० दिनमा यो प्रक्रिया सक्ने र नत्र कारबाहीको दायरामा ल्याउने भन्ने छ । घोषणा गरेन र रद्द गरेनन भने ऐनमै भएको ब्यवस्था अनुसार कसैले उजुर दिएमा उजुर दिएको तीन दिनभित्र कारबाही सुरु गरिसक्ने ब्यवस्था छ । कारबाही कर्मचारीले सञ्चय कोषबाहेक अरु केही पनि पाउँदैंन । 

तपाईंले यो मुद्धा किन यति जोडतोडले ? विश्वका कयौं देशहरुले त दोहोरो नागरिकताकै ब्यवस्था गरिदिएका छन् । 
पानी फोहोर भयो भने फिल्टरमा राख्छौं । फिल्टर गरेपछि सफा पानी खान्छौं । त्यस्तै मैले पनि डिभी र पीआरधारी भाइरस हटाएर नेपाललाई शुद्ध पार्न खोजेको हुँ । 

त्यत्रो विरोधका बाबजुद पनि कसरी कानुन बनाउन सम्भव भयो ?
मसँग प्रशस्त सूचनाहरु थिए । देशको पूर्व प्रधानन्यायाधीस न्यायाधीस बाहल रहँदा नै उनको बारेमा सूचना आएको थियो, मुख्यसचिव जिम्मेवारीमै रहँदा सूचना थियो । कुमार लामाको आयो । त्यसैका कारण राजदूत मुरारीराज शर्माले शरण लिए । मसँग अर्को एउटा खतरानाक सूचना पनि आएको थियो, त्यसको भेरिफाइ गर्न गाह्रो भयो । राज्यलाई ५ अर्ब रुपैयाँ तिनुपर्ने मान्छेहरु अमेरिका गएर बस्या छन् । ५ अर्ब रुपैयाँ राज्यलाई उनीहरुले तिर्नु छ । 

एकै जनाले ५ अर्ब तिर्नुपर्ने कि धेरै जनाको जोड्दा त्यति हुन्छ ? 
थुप्रैमध्ये । उनीहरु अमेरिका बसिरहेका छन् । ग्रीनकार्ड लिएका छन्, रमाइलोसँग जीवन ब्यतित गरिरहेका छन् । नेपालले के पाउँछ ? जनताको सम्पत्ति लुटेको होइन त्यो ? मसँग त्यस्तो सूचना आएको थियो, प्रमाणित गर्न बाँकी थियो । त्यसमा पनि यो विषय अझ सुरक्षासँग जोडिएको विषय थियो । राज्यको सम्पत्ति त विदेशमा पो लैजाने रहेछन्, यहाँ कमाउने र विदेशमा थुपार्ने हुँदो रहेछ । राज्यलाई कंगाल बनाउने काम गर्दा रहेछन् । राज्यलाई कंगाल पनि बनाउने यिनै राज्यको ठूलो ओहोदामा बसेर मान पनि तिनैले पाउने ? त्यसैको प्रतिष्ठा हुने । अमेरिकाबाट आएछन भने एयरपोर्टमै स्यालुट गर्न जानुपर्ने, के के लिएर आए होलान भन्ने भ्रम छर्ने । यो देशका लागि ठूलो अभिशाप थियो, त्यसैलाई रोक्नका लागि मैले यो काम गरेको हुँ । 

भनेपछि धेरै सूचना तपाईंसँग पहिले नै थियो ? 
हो, मसँग धेरै सूचना पहिले नै थियो । मैले विभिन्न देशका जक्सनहरुमा को मान्छे को सँग त्यहाँ छ भन्ने कुरा सजिलै म कहाँ आइपुथ्यो । एसएमएस, इन्टरनेट, टेलिफोनबाट यस्ता सूचनाहरु मलाई प्राप्त भए । मैले २४ घण्टा टेलिफोन खुल्ला गर्नुको कारण त्यही हो । मैले सार्वजनिक रुपमै सबैलाई आफ्नो टेलिफोन नम्बर दिए । मेरो अनुमानमा मेरो यो नम्बर ५ लाख मान्छेको पकेटमा छ । 

मन्त्री हुँदा पनि आफै फोन रिसिभ गर्नुभयो ?
मन्त्री भएपछि अरु मान्छेले नम्बर लुकाउँछन्, अरुलाई उठाउन दिन्छन् । मैले यो १० वर्षदेखि चलाएको नम्बर हो । मैले सार्वजनिक गरिदिएको छु । यसमा सबैतिरका नम्बर छन् । नाम बिर्से भने मलेसिया, कोरिया, सिंगापुर,अमेरिका कहाँ को हो त्यसअनुसार राख्ने गरेको छु । 

रातीमा पनि फोन रिसिभ गर्नुहुन्छ त्यसोभए ? 
अहिले पनि मलाई फोन आइरहेको हुन्छ । राति म १० बजे सुत्छु, ५ बजे उठ्छु । मन्त्री हुँदा ४ बजे पनि उठ्थे । राति फोन आयो भने पनि म उठाउँछु । नचिनेको नम्बर भयो भने राति उठाउँदिन । 

तपाईं मन्त्रीबाट फर्किदासम्म कति जना निजामति कर्मचारीको डिभी र पीआरको लिष्ट तयार भएको थियो ? 
संकलन हुँदैं थियो । मुख्य पदहरुमा ६०/६५ जनाको म कहाँ आएको थियो । अरु त धेरै थियो होला । म कहाँ आएका सचिव, सहसचिव, डाइरेक्टरहरु कतिले नीजि कारण देखाएर राजीनामा दिए, कतिले स्वास्थ्यको कारण देखाए, कसैले घरायसी कारण देखाए । अब भाग्ने बेलामा के गरुन त ! पेन्सनमा लागु गरेको भए हरेक मान्छेको अझ डिटेलमा थाहा हुन्थ्यो । किनभने, पेन्सन रोक्नुपथ्र्यो । देख्नुभएन अर्थमन्त्रालयको राजस्व सचिव भागेको । जर्नेलहरु गए, डिआइजी गए । सशस्त्रको त भावि आइजी नै गए । 

अरुतिर पनि लागु भएपछि कस्तो लागिरहेको छ ? 
अस्ति शिक्षकमा आएछ । हिजोमात्र सुने स्थानीय निकायले भर्ना गरेका कर्मचारीमा पनि लागु हुने भयो भनेर (हा हा हा....) । यो त सबै ठाउँमा हुन्छ । केहीले लिए, भागे, अगुवाहरुको त किन पछि लाग्नु । तर, अब भविष्यमा कसैले डिभि र पिआरका लागि आवेदन दियो भने पनि कारबाही हुन्छ । वर्षको झण्डैं ६०/६५ हजारले निवेदन दिन्थे नि । अब त्यो रोकिन्छ ।

एउटा परिवर्तनको संवाहक नै बन्दा अहिले कस्तो महसुुस हुन्छ ? 
मैले थाहापाएअनुसार यो कुरा विश्वमै मैले पहिलो चोटी सुरु गरेको हो । मसँग चिनियाँ राजदूतको पनि कुरा भयो । मैले पछि थाहा पाए उहाँसँग कुरा भएको ७ महिनापछि चीनमा लागु भयो । मेरो योजना यो पेश गरेको तीन महिनापछि लागु गर्ने थियो । त्यसैले मैले दशैंको टीका कसैले डलरले लगाउने छैन भनेर भनेको थिए । तर, परिस्थितीले मलाई झेल गर्दागर्दा, अवरोध हुँदाहुँदा १७ महिना लाग्यो । तर, अहिले पनि म खुशी छु । रिटायर्डलाई पनि लागु गर्न पाएको भए म सय प्रतिशत खुशी हुन्थे । रिटायर्डलाई नगरौं भन्ने अवस्था सिर्जना भयो । अहिले जति भएको छ, त्यो पनि नहुने अवस्थामा लडाइ गरेरै यतिमा सम्झौता गरे ।


‘आर्थिक विधेयक पारित हुन नदिन सभामुखको खेल’
काठमाडौँ ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव ल्याएको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले संसद्लाई मर्यादित संस्था बनाउनुपर्नेमा जोड दिँदै प्रश्न गर्नुभयो, “संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेरेर पुग्ने ?”

प्रधानमन्त्री ओलीले गायब बनाइएको सो विधेयकको कार्यसूची कहाँ गयो भनेर बिहीबारबाट हुने संसद्मा आफूहरुले खोज्नुपर्ने बताउँदै बलजफ्ती गरेर अघि नबढ्न चेतावनी दिनुभयो । संसद्मा गत असार २९ गते दर्ता भएको अविश्वास प्रस्तावमा बिहीबारबाट छलफल हुने कार्यसूची छ ।

अविश्वास प्रस्तावलाई विपक्षीको ‘ईश्र्या प्रस्ताव र चिन्ता प्रस्ताव’ को सङ्ज्ञा दिँदै उहाँले सरकारले ल्याएका आत्मनिर्भरता र विकासका योजनाका कारण आगामी निर्वाचनमा आफ्नो पार्टीको साइनबोर्ड समेत नरहने हो की भन्ने चिन्ताले सरकार ढाल्ने प्रयास भएको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवनको गन्तव्य सरकारमा पुग्नु वा बसिरहनुभन्दा पनि मुलुकलाई तीव्र आर्थिक विकास गरेर आत्मनिर्भर बनाउनु हो भन्नुभयो ।

उहाँले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली आउँदा सहभागीले ‘आइ एम विथ केपी ओली’ को प्ले कार्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा महासङ्घका अध्यक्ष विष्णु रिमालले सरकारको नीति कार्यक्रम र बजेटमा मजदुरका मागको पर्याप्त सम्बोधन गरेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका खिलानाथ दाहालले संविधानमा श्रम आयोगको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

पेसागत महासङ्घ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले श्रमिक आन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन जिफन्टले भूमिका निर्वाह गरेको बताउनुभयो ।

पुरस्कार प्रदान

कार्यक्रममा महासङ्घका अध्यक्ष रिमालले माधव न्यौपाने स्मृति अवार्ड सुनसरीका ओमप्रकाश महतो र नुरु वाङ्छु शेर्पा स्मृति अवार्ड दोलखाका लालबहादुर रिजाललाई प्रदान गर्नुभयो । ती पुरस्कारको राशि रु १० हजार छ ।

यस्तै गङ्गादेवी छात्रवृत्ति पुरस्कार तक्ष्यशिला एकेडेमीका छात्रा नमिता राई र गङ्गादेवी स्वास्थ्य उपचार सहायता बालकृष्ण महर्जनलाई प्रदान गरियो । रासस

काठमाडौं, २ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन रातारात माओवादीसँग सम्झौता गरेका काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै अप्ठेरो अबस्था सिर्जना भएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नहुने दबाब एकातिर छ भने अर्कोतिर काँग्रेस र एमालेको संयुक्त सरकार बनाउनुपर्ने दबाब पनि छ ।

प्रचण्डको सट्टा आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, डा. रामशरण महत लगायतका नेता उभिएका छन् । पौडेल समूहमात्रै नभई महाधिवेशनमा देउवालाई साथ दिएका खुमबहादुर खड्का र कृष्ण सिटौला लगायतका नेताहरु पनि माओवादीसँगको गठबन्धन जोखिमपूर्ण हुने भन्दै देउवालाई सचेत गराइराखेको स्रोतले बतायो ।

काँग्रेस युवा नेता सुजाता कोइराला तथा गगन थापा पनि माओवादीसँगको गठबन्धनको पक्षमा छैनन् । उनीहरु बरु ओली सरकारकै निरन्तरताको वकालत गर्दै आएका छन् ।

काँग्रेस वरिष्ठ नेता पौडेलले प्रचण्डको नेतृत्वमा नभइ एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन आइतबार काँग्रेस सभापति देउवालाई भेटेर दबाब नै दिएका छन् । ‘काँग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै प्रचण्डको नेतृत्व किन स्वीकार गरियो ?,’ पौडेलको भनाइ थियो– ‘आफै नेतृत्व गर्नुस्, नत्र प्रचण्डलाई नेतृत्व गर्न नदिनुस् ।’ उनीले सरकार निर्माणका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन समेत माग गरेका छन् । पौडेल समूहले काँग्रेस नेतृत्वमा एमालेसहितको सरकार बनाउनका लागि एमालेका नेताहरुसँग पनि भित्रभित्रै छलफल चलाइरहेको स्रोतले दाबी छ ।

एकातिर नयाँ सरकार गठनका विषयमा संवैधानिक तथा कानुनी प्रश्न उठिरहेको छ भने अर्कोतिर काँग्रेसविरुद्ध प्रचण्डविरोधी वातावरण बढिरहेको हुँदा उनको प्रधानमन्त्री बन्ने सपनामा तुषारापात हुने सम्भावना समेत देखिएको छ । ओली सरकारलाई विस्थापन गर्न सफल भए प्रचण्डलाई जिल्ल बनाउँदै शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको काँग्रेस नेताहरु बताउँछन् ।@dainiknepal

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा सत्तारुढ दलहरुको बैठक डाकेका थिए । सो बैठकमा उपप्रधानमन्त्री कमल थापाले एउटा नयाँ कुराको खुलासा गरेका थिए । त्यो खुलासा थियो, प्रधानमन्त्री केपी ओली र नेकपा एमालेका नेताहरु नै माओवादीलाई धकेलेर सरकारभन्दा बाहिर पुर्‍याउन चाहन्छन् ।

माओवादीलाई धकेलेर सरकार बाहिर पुर्‍याउने र प्रतिपक्षमा बसेर चुनावमा जाने एमालेको दाऊ रहेको राप्रपा नेपालका अध्यक्ष थापाले प्रष्ट संकेत गरेका थिए ।

‘यसो गर्दा तपाईहरुलाई भोट त बढ्ला, तर देशको अवस्था नै बिगि्रयो भने एमालेको मात्रै भोट बढेर मुलुकलाई के फाइदा ?’ बालुवाटार बैठकमा थापाको भनाइ थियो,’त्यसैले प्रधानमन्त्री र प्रचण्डजीले आसपमा समझदारी गर्नुहोस्, अहिलेको गठबन्धनलाई टुटाउनु हुँदैन ।’

बैठकमा थापाले एमालेका नेताहरुलाई संकेत गर्दै भनेका थिए- ‘मलाई थाहा छ, तपाईहरु के सोचिरहनुभएको छ ।’

एमाले नेताहरुले माओवादीलाई उत्तेजित गराएर सरकारबाट बाहिर पठाउन खोजिरहेको थापाको आरोप थियो ।

बालुवाटार बैठकमा कमल थापालेजस्तै विजयकुमार गच्छदारले पनि प्रचण्ड र केपी ओलीलाई मिल्न आग्रह गरेका थिए । ओलीले पनि ९ बुँदे समझदारी कार्यान्वयन गर्ने र कांग्रेसलाई पनि सरकारमा ल्याउनेबारे पहल गर्नुपर्ने गच्छदारको सल्लाह थियो ।

तर, सोही बैठकमा प्रधानमन्त्री केपी ओली माओवादीसँग नरम हुनुभन्दा पनि चर्कोरुपमा प्रस्तुत भएका थिए । बैठकको अन्त्यमा ओलीले ‘ओनसरीको च्याम्बर’मा बसेर ७ बुँदे बनाएको र कांग्रेससँग साँठगाँठ गरेको आरोप माओवादीसमक्ष लगाएका थिए ।

कांग्रेससँग मिलेर मलाई थर्काउने ? भन्दै ओलीले आफूलाई सत्तामा बसिरहने रहर नभएको बताइरहँदा केही नेताहरुले ओलीलाई नरम हुन सम्झाइबुझाइ गरेका थिए ।

सोमबार साँझ जब ओली कडिकए

राष्ट्रिय सहमतिको कुरो लिएर माओवादी अध्यक्ष प्रचण्ड सोमबार साँझ बालुवाटार छिरे । त्यहाँ ओली र प्रचण्डवीच झण्डै अढाइ घण्टा कुराकानी भयो । तर, सो भेटमा केपी ओलीले अति नै रुखो कुरा गरेको प्रचण्डले आफ्ना नेताहरुलाई रिपोटिङ गरेका छन् ।

‘ओलीले म ९ बुँदे पनि कार्यान्वयन गर्दिँन, ३ बुँदे भद्र सहमति पनि कार्यान्वयन गर्दिँन,’ ओलीले प्रचण्डसमक्ष दिएको अभिव्यक्ति उधृत गर्दै स्रोतले भन्यो-‘म यस्तो सम्झौता गरेर आफ्नो राजनीतिक छवि बिगार्न चाहन्न, बरु सरकारबाट हट्नुपरे पनि तयार छु ।’

किचकिच सहनुभन्दा सरकार छाड्ने बेस

यसैवीच केपी ओलीनिकट एमाले नेताहरुको अनौपचारिक बैठकले सरकारमा बसिरहेर भन्दा सरकार बाहिर रहेर चुनावमा जाँदा पार्टीलाई धेरै भोट आउने निश्कर्ष निकालेको थियो । त्यसैले कुनै पनि बाहनामा सरकार ढालेको दोष माओवादीलाई जाने गरी एमाले सरकारबाट बाहिरिन इच्छुक थियो ।

आफ्नो ९ महिने कार्यकालमा केपी ओलीले राष्ट्रवादी छवि बनाएको र मधेसको आन्दोलनलाई मथ्थर पारेर पार्टीलाई बलियो बनाएको निश्कर्षसहित एमाले नेताहरु सरकारबाट बाहिरिएर चुनावमा इच्छुक देखिएको स्रोतको दाबी छ ।

सरकारबाट जतिसक्दो छिटो बाहिर निस्कने योजना अनुरुप ओली सरकारले माओवादी, मधेसी वा छिमेकीसँग नझुक्ने निर्णय लिएको एमाले निकटस्थहरुको विश्लेषण छ ।

ओली नेतृत्वको ९ महिने सरकार सफल र प्रधावकारी रहेको एमाले नेताहरुको निश्कर्ष छ । त्यसैले उनीहरुको चाहना थियो, माओवादीको किचकिच सुनेर बसिरहनुभन्दा सरकार छाड्नु बेस । अन्ततः केपी ओली प्रचण्डलाई चिढ्याएर सरकारबाट बाहिर धकेल्न सफल भइछाडे ।

झट्ट हेर्दा सरकार ढाल्नमा माओवादी निमित्त कारक बने पनि यसभित्र एमाले नेताहरु र स्वयं प्रधानमन्त्री ओलीको चाहनासमेत लुकेको आइतबार बालुवाटारमा कमल थापाले गरेको खुलासाबाटै प्रस्ट हुन्छ ।

निश्चित छ, अब सरकार ढालेको र राजनीतिक अस्थिरता निम्त्याएको आरोपको सामना माओवादीले गर्नुपर्ने छ भने केपी ओली यो अपजसबाट पूरै जोगिने सम्भावना छ ।

ओसामा बिन लादेनका छोरा हमजाले अमेरिकासँग आफ्नो पिताको हत्याको बदला लिने बताएका छन् । उनले अमेरिकालाई धम्की दिदै भनेका छन्,‘म मेरो बुबाको हत्यारासँग बदला लिएरै छोड्नेछु ।’


फेसबुकमा एक अडियो टेप सार्वजनिक गर्दै उनले अमेरिका र अमेरिकालाई सघाउने राष्ट्रहरुमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।
उनले अलकायदालाई पुन बलियो तथा संगठित बनाउने समेत बताएका छन् । साइट इंटेलिजेन्स गु्रपले दिएको जानकारी अनुसार हमजा बिन लादेनको २१ मिनेट अडियो टेपलाई ‘वि आर अल ओसामा’ काृ टाइटल दिइएको छ ।

 अडियोमा हमजाले भनेका छन्,‘हामी अमेरिकामाथि आक्रमण जारी राख्नेछौ । भलै हामी तिमीहरुको देशबाट बाहिर छौ तर तिमीहरु हाम्रो निशानामा रहेका छौ । अब हुने आक्रमण फलिस्तान, अफगानिस्तान, सिरिया, इराक, यमन, सोमालिया जस्ता देशहरुमा गरेको आक्रमणको जबाफ हुनेछ ।’

 इस्लाम धर्म रक्षाका लागि जोजसले ज्यान गुमाएका छन् उनीहरु सबैको बदला लिने हमाजले बताएका छन् ।

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु भएको छ । माओवादी केन्द्र र प्रचण्डको यो कदमबारे मुलभुत रुपमा ३ वटा मत चर्चामा छन् ।

एक :  ओली सरकारकै निरन्तरता, दुई :   प्रचण्ड प्रस्ताव झैं राष्ट्रिय सरकार र तीन : राष्ट्रिय सरकार नबने पहिलो ठूलो दल नेपाली कांग्रेस र संविधानप्रति असन्तुष्ट मधेसीमोर्चाको सहभागितामा बहुमतीय सरकार निर्माण ।

माओवादीले ओली सरकारको विकल्पमा अर्को सरकार किन भन्यो ?

हामी यस्ता १२ कारणहरुमा जाऔं –

    एक :  संविधानमा असहमत मधेसी मोर्चा लगायतलाई ओली नेतृत्वको सरकारले सहमतिमा ल्याउन सकेन र ल्याउने सम्भावना पनि रहेन । उनीहरुको सहभागिताबिना संविधानको कार्यान्वयन सहज हुँदैन । नयाँ संविधानको कार्यान्वयन ०७४ माघ १४ सम्म नभएको अवस्थामा संविधान स्वतः निस्कृय हुन्छ । यसले देशमा संवैधानिक संकट पैदा मात्रै गर्दैन । अहिलेसम्म भएका राजनीतिक उपलब्धि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशीता लगायतका सबै उपलब्धी गुम्न पुग्छन् । तसर्थ संविधानमा असहमत मधेसी मोर्चा लगायतलाई नयाँ संविधानमा सहभागी गराउन,

        माओवादीले भनेको जसरी सरकार निर्माण भएन भने पनि माओवादी प्रतिपक्षीमा जाने मनस्थितिमा पुग्नुपर्छ ।

    दुई: ओली परिवर्तन, अग्रगमन र रुपान्तरणको पक्षमा कहिल्यै उभिएनन् । यति हुँदाहुँदै पनि संविधान जारी गरेपछि कांग्रेससँग भएको एमालेको सहमतिमा कांग्रेसले गरेको बेइमानी र संविधान जारी गर्ने सबालमा ओलीको सकारात्मक भूमिकाप्रति माओवादीले समर्थन गरेको हो । ओलीले सरकारको नेतृत्व पाएपछि परिवर्तनबाट संस्थागत भएका उपलब्धि कार्यान्वयन गर्न उदाशिनता मात्रै देखाएनन् । उल्टो लागू गर्ने कार्यकारी जिम्मा पाएका ओलीले उपलब्धिलाई शंका गर्न थाले, आफ्नो इच्छाविपरित भएको बताए । उनैबाट परिवर्तनको संस्थागत उपलब्धि कार्यान्वयन असम्भव प्राय रहेकाले,
    तीन : भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणको काम जति द्रुत गतिमा हुनपर्ने र लागू गर्ने उर्जाशिलता ओली नेतृत्वको सरकारले देखाउनपर्ने हो त्यो देखाएन। आफ्ना र आफूनिकट विभिन्न एनजीओ तथा आईएनजीओको स्वार्थअनुकुल पुनःनिर्माण गर्ने रबैयाले १४ जिल्लाका लाखौं मानिसहरु घरबारविहिन अवस्थामा विताउँदैछन् । पुनःनिर्माण प्रक्रिया द्रुततर गतीमा अघि बढाउन,
    चार : मुलुक आर्थिक रुपमा करिबकरिब असफल राष्ट्रमा दर्ज छ । असफल भनेर घोषणा गर्न मात्रै बाँकी रहेको मुलुकको आर्थिक अवस्था सुधार गर्नेतिर ओली सरकारको ध्यान गएन । विभिन्न वाहानामा राष्ट्रिय सम्पत्ति मास्ने काममा ओली सरकार लालायित भएपछि मुलुकलाई आर्थिक रुपमा असफल राष्ट्र हुनबाट जोगाउन,
    deepshikaपाँच : रेल, तेल, बिजुलीको कुरा गर्ने तर जनताका दिनानुदिनको समस्याबाट पन्छिने या सरकारी दायित्वबाट भाग्ने गरेर मुलुकको समस्या हल हुँदैन । यो चुनावी रणनीतिको सरकारको रबैया भयो । जनताका दिनानुदिन समस्यामा सम्बोधन तथा दीर्घकालिन महत्वका राष्ट्रिय गौरवका योजनाहरु तत्काल शुरु गर्न,
    छ : ओली सरकारले नाकाबन्दीबाट मुलुकको आत्मनिर्भरताबारे उठेको प्रश्न र त्यसलाई सम्बोधन गर्न मुख्यतः इन्धन ढुवानी वा भण्डारण योजना निर्माण गर्ने सोचसम्म नराख्नु र चीनसँगको सहमति प्रक्रियालाई कार्यान्वयनलाई नलैजानु,
    सातः ओलीको कार्यशैली अराजनीतिक मात्रै होइन राजनीतिक सहयात्री या आफू विरोधीहरुसँग असहिष्णु हुनु पनि हो । मिल्न कोशिस नै नगर्नु र सहमति या सहकार्यका लागि कसैलाई नजिक पर्नै नदिने ओली सरकारको अर्को समस्या हो । यसरी संविधान कार्यान्वयनको संक्रमणको मुलुक चल्दैन,
    आठ : केही समयअघि माओवादी केन्द्रसँग भएको भद्र सहमति अनुसार माओवादीलाई सरकारको नेतृत्व दिनेबारे बजेट पारित भएपछि ओलीले अक्षरस पालना गर्नुपथ्र्यो । सो सहमति पालना नगर्नु र चुनाव नगराई सरकार छोड्दिन भन्दै सहयात्रीलाई धम्क्याउनु,
    नौ : पहिलो ठूलो पार्टी र देशको आधा जनसंख्या बोकेको मधेसको क्षेत्रीय दलहरुलाईसमेत समेटेर राष्ट्रिय सरकार बनाउने र संविधान कार्यान्वयनमा जाने पहल ओली आफैले गर्नुको सट्टा माओवादीले गरेको पहललाई समेत अस्विकार गर्दै मुलुकलाई थप अस्थिरतामा लैजान खोज्ने नकारात्मक प्रवृतिसँग लड्न र सम्भव भए राष्ट्रिय सरकार नभए बहुमतीय सरकार निर्माण गर्न । जहाँ देशकै पहिलो ठूलो पार्टी र आधा जनसंख्या ओगटेको संविधानमा असहमत मधेसी मोर्चा समेत हुनेछ,
    दश : माओवादी केन्द्र मुलुकको संकटमा अरुलाई साथ दिने तथा निकासमा सदैव अगाडि देखिएको छ । सरकार निर्माणमा भारतीय हस्तक्षेपका विरुद्ध एमालेका तात्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा होस् या दुईदुई ठाउँबाट हारेका एमालेका अध्यक्ष माधव नेपाललाई राष्ट्रिय नेताको आवश्यकता छ भन्दै सभासद बनाउनमा होस् माओवादीको निर्णायक भूमिका छ । ओलीलाई लाग्ने अराष्ट्रवादी आरोपबाट राष्ट्रवादी बनाउन संविधान जारी गर्नेदेखि प्रधानमन्त्री बनाउने हुँदै भारतीय नाकाबन्दीसँग डट्न ओलीको भन्दा माओवादीको कम भूमिका रहेन । तर ओली तथा एमालेले माओवादीको यो राजनीतिक गुन र नैतिकताको कहिल्यै सम्मान गरेन । उसले ठानिरह्र्यो–माओवादी तेस्रो हो, यसलाई जति अपमान गरेपनि हामीसँग लत्रिरहनपर्छ । परिवर्तनको बाहक शक्ति भएकाले यस्तो अपमानित नहुन,
    एघार : माओवादी परिवर्तनको बाहक शक्ति हो । कमजोरीसहितको माओवादीले राजनीतिक स्टेपहरु यदाकदा गलत लियो पनि होला । तर माओवादी एक स्वतन्त्र अनि गौरवशाली इतिहास जिवित राखेको पार्टी हो । यो अरुको पुच्छर सधैं बनिरहन सक्दैन । अरुलाई काँधमा पटकपटक बोकिरहँदा आफ्नै अस्तित्व संकटमा पर्न सक्छ । एमालेलाई सधैँ सबै अबस्थामा बोकिरहन माओवादी एमालेको भातृसंगठन होइन । तसर्थ आप्mनै खुट्टामा उभिनु र आप्mनै नेतृत्वमा परिवर्तनबाट संस्थागत भएका उपलब्धिलाई कार्यान्वयन गर्ने अभिभारा बोक्न खोज्नु अनैतिक या अब्यावहारिक हुँदैन ।
    बाह्र : माओवादीले भनेको जसरी सरकार निर्माण भएन भने पनि माओवादी प्रतिपक्षीमा जाने मनस्थितिमा पुग्नु हो । ओलीसँगको सहकार्यमा षड्यन्त्र देखेको माओवादीले आगामी चुनावका लागि तयारी गर्न पनि एमालेसँग कुनै सहकार्यमा बाँधिनु माओवादीका लागि घातक हुन्छ । किनकी एमालेले आफू पोजिसनमा भएको अवस्थामा अरुलाई टेर्दैन । यसर्थ अन्तिम अवस्थामा माओवादी जिम्मेवार प्रतिपक्षी बन्ने आँट गर्नु पनि हो ।

काठमाडौं, २५ असार । सरकारको प्रमुख समर्थक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागी भन्दै समर्थन फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना दुतहरुलाई गोप्य रुपमा परिचालन गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पटकपटक गोप्य भेटघाट गरिसकेका ओलीले केही समयपछि कांग्रेसलाई सरकारको नेतृत्व दिने बचन दिएको समेत स्रोतले बताएको छ ।

संविधानको क्रियान्वयनका लागी दुई ठुला दलबिच एकता र सहकार्य अनिवार्य रहेको भन्दै ओलीले सरकारमा सहकार्य गर्न देउवासँग पटकपटक छलफल गरेका हुन् । तर देउवाले दुईदल मात्रैले मुलुक नचल्ने र ठुला दुई दलको सत्ता सहकार्य भद्धा हुने भन्दै ओलीको प्रस्ताव मानिरहेका भने छैनन् ।

अर्कोतिर ओलीले आफ्ना निकटस्थहरुलाई सरकार जोगाउन भन्दै भारतसँगको सम्बन्ध सुधारका लागी पहल गरिरहेको एमाले स्रोत बताउँछ ।

यता सरकारको समर्थन फिर्ता लिने तयारी गरिरहेका माओवादी केन्द्का अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डलाई भने प्रधानमन्त्री ओलीले ‘सरकार छोड्ने भए छोडिहाल्न’ भन्दै धम्कि दिईरहेका छन् । ओली यसअघि माओवादीसँग भएको भनिएको जेन्टलमेन्ट सहमतिको कुरा  सुन्न समेत चाहदैनन् ।

हिजो काभ्रे पुगेका ओलीले प्रचण्डलाई धम्क्याउनकै लागी संघियताबारे टिप्पणी गरेका थिए । आफ्नो राजनीतिक जिवनमा कहिल्यै परिवर्तनको पक्षमा नरहेका ओलीले संघिय सरकार चलाउन कठिन हुने भन्दै बोलेका थिए । जानकारहरुका अनुसार उनको यो अभिव्यक्ति संघियताका लागी १० वर्ष लडेको माओवादीलाई धम्क्याउने अस्त्रको रुपमा ओलीले प्रयोग गरेको हुनसक्छ ।

पेल्ने मुडमा रहेका ओलीले प्रचण्डलाई ‘उस्तै परे संसद विघठन गरेर नयाँ चुनाव घोषणा’ गर्न आफुले तयारी गरेको समेत बताईरहेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई ढाल्न दोस्रो पटक फेरि कस्सिएर लागेका छन् । पहिलो प्रयास असफल भएपछि केही समय सुस्ताएका देउवा नेकपा माओवादी केन्द्रलाई साथमा लिएर सरकार ढाल्ने योजनामा छ ।

नेता रामचन्द्र पौडेल समुहको विरोधको विच पनि देउवा भने योजनाबद्ध रुपमा सरकार ढाल्ने प्रयासमा छ । बिश्लेषकहरु भन्छन्, ‘भारतीयहरुको दबाबको कारण पार्टी भित्रकै असहमतिको विच पनि देउवा पक्ष सरकारको बिरुद्धमा लागेका छन् ।’ भूकम्प पीडितलाई राहात र पुनःनिर्माणको कामलाई अगाडी बढाउन नसकेको कांग्रेसको आरोप छ ।

संबिधान जारी भएपछि भारतले नाकाबन्दी लगायो । देश अस्तव्यस्त बन्यो । देशको आर्थिक संरचना ‘प्यारालाईसिस’ जस्नै बन्यो । यस्तो संकटको बीचमा पनि प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण काम गरे । जसले उनलाई लोकप्रिय बनायो । उनका केही स्वाभिमानी अडान र कदमले गर्दा ओली इतिहासले सम्झीरहने प्रधानमन्त्रीको सुचीमा परिसकेका छन् ।

१) संबिधान निर्माणमा अगुवाई :-
संबिधान जारी गर्नमा ओलीको महत्वपूर्ण र हस्तक्षेपकारी भुमिका रह्यो । ‘प्रधानमन्त्री बन्ने हतारो’को रुपमा आलोचना गरिए पनि संबिधान निर्माण र जारी गर्नमा ओलीको महत्वपूर्ण भुमिका रह्यो । एमाले अध्यक्षको रुपमा पार्टीको सबै शक्ति संबिधान निर्माणका लागि परिचालन गर्नमा ओली सफल रहे । तत्कालिन प्रधानमन्त्री एंव कांग्रेसका सभापति सुशिल कोइरालालाई हतारो मात्रै लगाएनन् बाध्य समेत पारे ।

संबिधान जारी भएपछि सरकारको नेतृत्व एमालेलाई दिने ‘भद्र’ सहमतिको कारण सरकार छोड्नुपर्ने बाध्यताको कारण कांग्रेस संबिधान जारी गर्न ढिलाई गरिहेका थिए । तर, एमालेले सबै दललाई संबिधान निर्माणमा लतारे । पार्टीभित्र नेता माधवकुमार नेपाल समुहको समेत दरिलो साथ पाएपछि उनी यो अभियानमा सफल भए ।

२) भारतीय नाकाबन्दी र हस्तक्षेप विरुद्ध अडान
भारतीय नाकाबन्दीका वेला सरकार बन्दा धेरैको अनुमान थियो, ‘ओलीले कुनै सम्झौता भारतसँग गर्नेछन् र त्यसले नाकाबन्दी खुल्ने छ ।’ तर, त्यो अनुमान विपरित ओलीले भारतसँग देशलाई हानी हुने खालको कुनै सम्झौता गरेनन् बरु ओली सरकारले अन्तराष्ट्रिय मञ्चमा डटेर नाकाबन्दीको कुरा राख्यो । कुटनीतिक माध्यमबाट भारतलाई पछाडी हट्न बाध्य बनायो । उनको अडानको कारण अन्तराष्ट्रिय समुदायमा भारत कमजोर साबित भयो । मोदी र भारतको तिव्र आलोचना भारत र भारतीय संसदमै भयो ।

भारत भ्रमणमा पनि नाकाबन्दी नहटी नजाने घोषणा गरे । नाकाबन्दीको बिचमै भ्रमणको लागि निम्तो पाए पनि गएनन् । नाकाबन्दी हटेपछि गएको भ्रमणमा पनि उनको उच्च सम्मान भयो । आफ्नो भारत भ्रमणका समयमा भारतको विशखापटन बन्दरगाहको सम्झौता गरे । यो नेपालको लागि महत्वपूर्ण निर्णय थियो । भारतसँग स्वाभिमानी सम्बन्ध राख्न सक्ने इतिहासकै स्वाभमानी प्रधानमन्त्रीको रुपमा उनी स्थापित भए । भारतको हस्तक्षेप विरुद्ध उनी डटेर उत्रिए । उनले जनताको पनि साथ पाए ।

३) अन्तराष्ट्रिय समुदायसँग स्वाभिमानी सम्बन्ध
यसअघिसम्म नेपाल विदेशीहरुको प्रयोगशाला जस्तै बनेको थियो । सामान्य नागरिकले सम्म अनुभुत गर्ने गरी विदेशीहरुको हस्तक्षेप हुन्थ्यो । तर, ओली प्रधानमन्त्री भएपछि अन्तराष्ट्रिय समुदायसँग स्वाभिमानी सम्बन्ध कायम राख्न सफल भए । भारतको सन्र्दभमा मात्रै होइन युरोपेली राष्ट्र र अमेरिकासम्म पनि स्वाभिमानी सम्बन्ध कायम राखे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिरुद्ध बेलायत लगायत युरोपेली राष्ट्रसँग गठबन्धन गरेर २ पटक विज्ञप्ती समेत जारी गरेपनि ओलीले त्यसको डटेर प्रतिवाद गरे ।



४) मृगौला रोगीलाई निशुल्क ‘डायलोसिस’
पैसाको अभावमा मृगौला रोगीहरुले ‘डायलोसिस’ सेवा लिन नसकिरहेको सन्र्दभमा मृगौला रोगीहरुलाई ‘डायलोसिस’ निःशुल्क हुने निर्णय गराएर महत्वपूर्ण काम गरे । मृगौला खराव भएर अस्पतालमा उपचार गराउँदा जग्गा जमिन वेच्नुपर्ने नेपालीको वाध्यता रहेको अवस्थामा यो निर्णय महत्वपूर्ण हो ।

नेपालमा वर्षेनी ३ हजार मृगौलाका नयाँ रोगी थपिने गर्छन् । मृगौलाले काम गर्न छोडेपछि महँगो र लगातार उपचार गराईरहनु पर्ने हुन्छ । ‘डायलोसिस’ गर्न होस् वा मृगौला प्रत्यारोपण, धेरै महँगो र झन्झटिलो प्रक्रिया हो । नेपालका प्रायःजसो अस्पतालमा एकचोटी हेमोडायलायसिस गर्न ४ देखि ५ हजार लाग्छ । नेपालमा वर्षेनी ३ हजार मृगौलाका नयाँ रोगी थपिन्छन् । मृगौला बिग्रिसकेपछि केहि समय हेमोडायलासिस गरे पनि मृगौला फेर्नुको बिकल्प हुन्न । तर, मृगौला प्रत्यारोपण अहिले पनि धेरै नेपालीका लागि आर्थिक हिसावले कठिन र कम सेवा पाईरहेको क्षेत्र हो ।

५) चीनसँगको पारवहन सम्झौता
कुनै सरकारले गर्न नसकेको चीन सँग पारवहन सम्झौता गरेर उनले इतिहासमा महत्वपूर्ण काम गरे । यसले नेपालमा रहँदै आएको भारतमाथिको एकाधिकार मात्र तोडिएन ओलीले ‘नेपाल सार्वभौमसत्ता उपयोग गर्न स्वतन्त्र छ र भारतको मात्र एकाधिकार चल्दैन’ भन्ने सन्देश एकै पटक दिए ।

६) चीनसँग कसिलो सम्बन्ध
चीन भ्रमणका वेला प्रधानमन्त्री ओलीले चीनसँग लगानी, रेलमार्ग, पेट्रोलियम पदार्थ, सडक तथा पूर्वाधारका थुप्रै विषयमा सम्झौता गरे । ओलीको यो कामलाई भारतीय मिडियाहरुले समेत मोदीलाई ओलीको चुनौती शिर्षकमा नेपालका अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री भनेर समाचार सम्प्रेषण गरे ।

नेपाल ‘भारतवेष्ठित’ अवस्थाबाट साँच्चीकै भुपरिवेष्ठित मुलुकको अवस्थामा स्थापित भयो । नेपालको समृद्धि र स्वतन्त्रतामा सधै सकरात्मक व्यवाहार राख्ने चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढ्यो । यही कारण चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण गर्न तयारी सुरु भएको छ । सी जिनपिङको भ्रमण ताका २ देशविच दिर्घकालिन सकरात्मक असर पार्ने सम्झौता हुने बताईएको छ ।

७) वृद्ध भत्तामा दोव्वर बृद्धि
एमालेले नै वृद्ध अवस्थामा रहेका नागरिकहरुलाई राहात प्रदान गर्ने कामको सुरुवात गरेको हो । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको एमाले सरकारले एक सय रुपियाँ प्रति महिना वृद्धहरुलाई भत्ता दिएर सुरु गरिएको वृद्धभत्तालाई उनले २ हजार पुर्याए । यसअघि वृद्धभत्ता एक हजार थियो ।

८) द्रूत मार्ग निर्माणमा निर्णायक पहल
राष्ट्रिय गौरबको काठमाडौं–निजगढ द्रूत मार्ग सरकार आफैले निर्माण गर्ने निर्णयले प्रधानमन्त्री ओलीलाई थप लोकप्रिय बनाएको छ । यसअघि तराई–मधेस द्रूत मार्ग नेपाल सरकारले बनाउने कि विदेशी लगानीकर्ता कम्पनीलाई जिम्मा दिने भन्ने विषयमा ठूलो विवाद थियो ।

संसदको बिकास समितिमै सांसदहरुवीच मत बाझिएको थियो । खासगरी कांग्रेस निकट सांसदहरुको मत भारतीय कम्पनीलाई दिनुपर्ने भन्ने थियो । यसो गर्दा सरकारभन्दा विदेशी लगानीकर्ता बलियो हुने, नियम कानुन नमान्ने अवस्था आउने र आयोजनाको समय र लागत पनि बढ्ने धेरैको मत थियो । भारतीय कम्पनी आइएलएस एन्ड एफएसलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेर यसको अध्ययन भइरहेको अवस्थामा उक्त कम्पनीलाई निर्माण ठेक्का नदिने हो भने भारतसँगको सम्वन्धमा झन ठूलो समस्या आउने अनुमान गरिएका बेला सरकारले उक्त द्रूत मार्ग आफै बनाउने हिम्मत गरेको हो ।

९) शैक्षिक प्रमाणपत्रका आधारमा युवाहरुलाई ऋण
ओली सरकारले गरेको यो निर्णय युवा विद्यार्थीहरुबीच लोकप्रिय निर्णय हो । अध्ययन सक्किएपछि वेरोजगार हुने र शैक्षिक प्रमाणपत्र दराजमा थन्काएर वैदेशिक रोजगारमा जानुपर्ने युवाहरुको वाध्यतालाई हटाउन र लगानीको अभावमा वेरोजगार हुन नपरोस भन्ने उद्देश्यका साथ गरिएको यो निर्णय युवा विद्यार्थीबाट स्वागत गरिएको निर्णय हो ।

१०) तुइन विस्थापन
प्रधानमन्त्री ओलीले पदभार सम्हाले लगत्तै गरेको पहिलो निर्णय थियो– जोखिमपूर्ण यात्राको साधन मानिएको तुइनलाई देशभरबाट विस्थापन गर्ने । घोषणा गरे अनुरुप तुइन विस्थापनको काम तीव्ररुपले अघि बढेको छ ।

तुइन विस्थापन कार्यक्रमअन्तर्गत चितवनमा रहेका तीनवटा तुइन विस्थापित भइसकेका छन् भने देशभरमा १ सय ५५ वटा तुइनलाई ०७४ भदौ महिनासम्म झोलुंगे पुलहरुद्वारा विस्थापित गर्ने गरी सरकारले आगामी आर्थिक वर्षका लागि १ अर्ब बजेट विनियोन गरेको छ । स्थानीय विकास मन्त्रालयका अनुसार अहिले ९ वटा झोलुङगे पुलले तुइन विस्थापन गर्ने काम भइरहेको छ र केही महिनामा सम्पन्न हुने छन् भने ४२ वटाको निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ भने १ सय १ वटाको डीपीआर तयार पार्ने काम भइरहेको छ ।

११) स्थानीय निकायमा गरिएको बजेट वृद्धि
ओली सरकारले आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा सहित स्थानीय निकायमा जाने रकम वृद्धि गरेको छ । गाउँ विकास समितिले १५ देखि ५० लाख पाउँदै आएकामा उक्त रकम दोव्वर गरिएको छ । एमाले नेतृत्वको नौ महिने सरकारले २०५१ सालमा पहिलो पटक गाउँविकास समितिमा सिधै बजेट जाने व्यवस्था गरेको थियो ।

१२. अफगानमा मारिएका स्वादेश ल्याउने काम घाइते तथा घर फर्कन चाहनेहरुका लागि गरिएको उद्दार :
अफ्गानस्तानको कावुलमा आतङ्कारीको आक्रमणमा मारिएकाहरुको शव नेपाल ल्याउन तथा घाइतेहरुको उद्दारमा गरेको काम ओली सरकारले गरेको अर्को महत्वपूर्ण कामका रुपमा लिइने गरिन्छ । आतककारीको आक्रमणमा मारिएकाहरुको शव नेपाल ल्याउन उनले तत्कालै पहल गरेका थिए । २४ घण्टाभीत्रै मारिएकाहरुको शव उनीहरुका आफन्तहरुले बुझेका थिए भने प्रधानमन्त्री स्वयम विमानस्थलमा पुगेर शव बुझ्नुका साथै पीडित परिवारलाई शान्त्वना प्रदान गरेका थिए ।
काठमाडौं, २३ असार । गणतन्त्र नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा निर्मल निवास पुगेका छन् ।
विहीबार परेको पूर्वराजा ज्ञानेन्द्र शाहको ७० औं जन्मदिनका अवसरमा शुभकामना दिन मन्त्री थापा निर्मल निवास पुगेका हुन् ।
मन्त्री थापाका सहयोगी राजाराम बर्ताैलाका अनुसार पूर्व राजालाई शुभकामना दिन सरकारका परराष्ट्र मन्त्री थापा बिहानै निर्मल निवास पुगेका थिए ।
राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा बोकेका मन्त्री थापाले निर्मल निवासै पुगेर  पूर्वराजा ज्ञानेन्द्रलाई जन्मदिन शुभकामना दिएका हुन् ।
यसैबीच पूर्वराजा शाहले आज आफ्नो ७० औं जन्मदिन भव्यताका साथ मनाउँदै छन् । जन्मदिनको अवसरमा उनले निर्मल निवासमा आफ्ना शुभेच्छुकहरुबाट शुभकामना लिने कार्यक्रम छ ।

१० बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास जाने कार्यक्रम मिलाएको शुभ जन्मोत्सव मुल समारोह समितिले जनाएको छ । 

काठमाडौं, २३ असार । सरकार परिवर्तनको चर्चाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ योजना सार्वजनिक गरेका छन् ।
भूमीसुधार मन्त्रालयद्वारा बिहीवार राजधानीको बबरमहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले आफू नेतृत्वको सरकार परिवर्तन नभई विस्तार हुने बताए ।

सरकार परिवर्तनको हल्ला गलत हो भन्दै उनले हल्लाका पछि नलाग्न आग्रह गरे । ‘सरकार परिवर्तनको हल्लाले धेरैजना हल्लिएका छन् र कतिपयलाई त्यसैका पछि कुद्ने बानी परेको छ,’ सरकार ढाल्न सक्रिय माओवादी नेताहरुतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने– ‘तर, सरकार परिवर्तन होइन विस्तार हुँदैछ ।’
देशका एजेण्डामा आफू नअल्मलिइ अघि बढ्ने भन्दै उनले भने– ‘देश अल्मलिंदैन, अघि बढ्छ, सबै ढुक्क हुनुस् ।’
प्रधानमन्त्रीको सरकार विस्तार गर्ने योजनापछि सरकार परिवर्तन गर्न कस्सिएर लागेका नेकपा माओवादी केन्द्रका नेताहरुको होसै उडेको छ । राष्ट्रिय सरकारको सम्भावना स्वरुप ओलीले सरकार विस्तारको योजना बनाएको र त्यसका लागि सबै दलसँग परामर्श गरिरहेको बुझिएको छ ।


'ओरिजिनल कपी' लण्डनमा, बहस नेपालमा ?
२१ असार, काठमाडौं । नेपाल र भारत दुबै देशका प्रवुद्ध व्यक्ति समूहको दुईदिने बैठक सोमबारदेखि काठमाडौंमा चलिरहेको छ । यो बैठकमा सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनसम्बन्धी विषयले प्रवेश पाएको छ ।

सीमाविद बुद्धिनारायण श्रेष्ठले सन् १९५० को सन्धिको सक्कली मूलकपी लण्डनमा रहेको भन्दै पहिले त्यो झिकाउनुपर्ने बताएका छन् । तथापि नेपालमा सन् १९५० को सन्धिको नेपाली भाषामा अनुदित कपी बजारमा पाइने गरेको छ ।

हामीले यहाँ सन् १९५०को सन्धिका सम्बन्धमा  हुने बहसलाई सजिलो होस् भनेर सन् १९५० को सन्धिको नेपाली अनुवाद प्रस्तुत गरेका छौंः

नेपाल भारत शान्ति तथा मैत्री सन्धि
(जुलाई ३१/१९५०) 

नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकका बीच रहिखाएको मित्रतापूर्ण सम्बन्धप्रति रहँदै उक्त सम्बन्धलाई अरु विकसित र सुदुढ पारी दुई मुलुकको शान्तिलाई निरन्तरता दिने उद्देश्यले-

परस्पर शान्ति तथा मैत्रीसन्धि गर्ने निश्चय गरी यो सन्धि गर्ने निम्नलिखित व्यक्तिहरुलाई सम्पूर्ण अधिकारसहित प्रतिनिधि नियुक्त गरिएको छ । जसमा नेपालका तर्फबाट महाराज, प्रधानमन्त्री तथा सर्वोच्च सेनापति मोहन शम्शेर जंगबहादुर राण र भारत सरकारका तर्फबाट नेपालमा भारतका महामहिम राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंहले एकअर्काको अधिकार पत्र जाँदा ठीक र रीतपूर्वकको ठहर्‍याइएकोले देहायकाप्रबन्धहरुलाई स्वीकारेका छन् ।

धारा-१

नेपाल भारत सरकारका बीच स्थायी शान्ति र मित्रता रहिरहनेछ । दुवै सरकार परस्परमा एक अर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्दछन् ।

धारा-२

दुबै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना रहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट वा विवाद उत्पन्न भएका एक अर्कालाई जानकारी दिने प्रतिवद्ध छन् ।

धारा-३

धारा १ मा उल्लेख भएअनुसार सम्वन्ध स्थापना गर्न र त्यसलाई कायम गर्नका लागि दुबै सरकार आवश्यक कामकाजको सुसञ्चालनका लागि आवश्यक कर्मचारी र आफ्ना प्रतिनिधिहरुद्वारा एक अर्कासँग कूटनीतिक सम्बन्ध राख्न राजी छन् ।

ती प्रतिनिधिहरु र तोकिएका कर्मचारीहरुले पारस्परिक आधारमा प्रचलित व्यवस्थाअन्तर्गत अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेका सबै कुटनीतिक विशेषधिकार र उन्मुक्तिहरुलाई उपभोग गर्नेछन् । यी अधिकारहरु दुबैमध्ये एक मुलुकको कूटनीतिक सम्बन्ध भएको कुनै अर्को मुलुकका समानस्तरका व्यक्तिहरुलाई दिइएका अधिकारभन्दा कुनै पनि हालतमा कम हुने छैनन् ।

धारा-४

दुबै सरकारहरु एक अर्को मुलुकका तोकिएका शहर, बन्दरगाह र अन्य स्थानहरुमा बस्ने महावाणिज्यदूत, वाणिज्यदूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरु नियुक्त गर्न मञ्जुर छन् ।

महावाणिज्य दूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरुलाई उनीहरुको पदाधिकारमा नियुक्तिको वैधानिक प्रमाणपत्र प्रदान गरिनेछ ।

ती पदाधिकारी या नियुक्तिको वैधानिक प्रमाण पत्रलाई सो प्रदान गर्ने मुलुकले आवाश्यक ठानेमा फिर्ता लिन सक्नेछ । सम्भव भएका त्यसरी फर्ता लिइनुको कारणको जनाउ दिन सकिनेछ ।

माथि उल्लेखित व्यक्तिहरुले पारस्परिक आधारमा ती सबै हक विशेषाधिकार र उन्मुक्तिहरुको उपयोग गर्नेछन्, जुन ती मुलुकका समान श्रेणीका व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

धारा-५

नेपाल सरकारलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने हातहतियार, विष्फोटक सामाग्री या गोलीगठ्ठा, कलपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ । यी प्रवन्धलाई कार्यरुप दिन दुबै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् ।

धारा-६

दुबै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरुप एकले अर्को देशका नागरिकहरुलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्का पट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् ।

धारा-७

नेपाल र भारत दुबै देशका सरहकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ-आफ्नो भू-भागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृत प्रदान गर्दछन् ।

धारा-८

जहाँसम्म यहाँ उल्लेख भएका कुराहरुको सवाल छ तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धिहरु, संझौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको छ ।

धारा-९

यो सन्धि दुबै सरकारले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ ।

धारा-१०

कुनै एक मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको अस्तित्व रहिरहनेछ ।

काठमाडौंमा विसं २००७ साल साउन १६ गते तदनुसार ईश्वी संवत १९५० जुलाई महिनाको ३१ तारिखका दिन यो सन्धिको दुबै प्रतिमा हस्ताक्षर भयो ।

 हस्ताक्षर
चन्द्रेश्वरप्रसाद नारायण सिंह                  मोहन सम्शेर जंगबहादुर राणा
भारत सरकारको निमित्त                          नेपाल सरकारको निमित्त

(स्रोत- यो सन्धीको अनुदित अंश मधुवन प्रकाशनबाट प्रकाशित पुस्तक ‘नेपाल-भारत र चीन सन्धि समीक्षात्मक विवरण’ बाट साभार गरिएको छ ।)

काठमाडौं, २१ असार । बाबुरामका दुई आत्मघाती तरबार छन्– पहिलो चरम व्यक्तिवाद र दोस्रो आफूलाई दुःखको बेला सहयोग गर्नेलाई मौकामा धोका दिने बेइमानी प्रवृत्ति ।

दृष्टि साप्ताहिकमा खबर छ – अहिले नयाँ शक्ति पार्टी बनाएर पार्टी राजनीति पहिलो पटक प्रथम व्यक्ति (फस्ट म्यान) बनेपछि उनका यी दुई आत्मघाती तरबारहरु पुनः चल्न थालेका छन् ।

उनले पार्टी स्थापनादेखि यता वान म्यान शो (एक व्यक्ति प्रदर्शन) गर्दै आएका छन् । उनको प्रस्तुति यस्तो छ कि मानौं नयाँ शक्ति भनेको बाबुराम हो । बाबुराम नै एक मात्र नयाँ शक्ति हो । उनको यही प्रवृत्तिका कारण नयाँ शक्ति जन्मसँगै विघटनको बाटोमा लम्केको छ ।

१ आसार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् ।

प्रचण्डले ओलीसँग सोमबार बालुवाटारमा भएको दुई घन्टा लामो छलफलका क्रममा बजेट पारित भएलगत्तै समर्थन फिर्ता लिनसक्ने जनाउ दिएका हुन् ।

प्रचण्डले गत बैशाख २३ गते एमालेसँग भएका ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति सम्झाउँदै ती सहमति कार्यान्वयन नभएको अवस्थामा आफ्नो दललाई सरकारमा बसिराख्न नैतिकरुपमा अप्ठ्यारो पर्ने बताएका आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सरकारले आगामी २४ गते बजेट पारित गर्ने योजना बनाएको छ। बजेट पारित नहुन्जेलसम्म सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले नेतृत्व गर्नेबारेमा एमाले र केन्ऽका नेताबीच विरोधी धारणा सार्वजनिक भइरहेका छन् ।

‘हामीसँग भएको ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति कार्यान्वयन नहुने अवस्थामा हामीलाई सरकारमा बसिराख्न अप्ठ्यारो हुन्छ । राष्ट्रलाई गति प्रदान गर्न पनि हामीले छोड्नुपर्ने स्थिति आउँछ,’प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव जोखबहाखुर महराले भने, ‘शान्तिप्रक्रियालाई पूर्णता दिन, संविधान कार्यान्वयन गर्न, पुनर्निर्माणलाई तीब्रता दिन र मधेसका आन्दोलनकारीलाई सहमतिमा ल्याउन राष्ट्रिय सहमतिको सरकार बन्न जरुरी छ । त्यो सरकार जसको नेतृत्वमा बने पनि हुन्छ ।’

कांग्रेस र मधेसी दलको समर्थन जुटाएर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रचण्डले ओलीलाई सल्लाह दिँदै आएका छन् ।

प्रचण्डले शेरबहादुर देउवाको नेतृत्वमा सहमति सरकार बनाउँन प्रस्ताव गर्दा ओलीले , ‘मलाई कांग्रेसले समर्थन नगर्ने हो भने मैले शेरबहादुरजीलाई किन समर्थन गर्ने ?’ भन्ने प्रश्न गरेका थिए ।
‘भारतसँगको सम्बन्ध विग्रिदा दुबै देशलाई बेफाइदा’

काठमाडौं, १९ असार । सांसदहरूले नेपाल–भारतसम्बन्ध विग्रिएकोप्रति चिन्ता जनाउँदै यसलाई सुधारका लागि सुझाव दिएका छन् ।
संसदको आइतबारको बैठकमा विनियोजन विधेयक २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसदहरूले नेपाल–भारतको सम्बन्ध विग्रिदा धेरै नोक्सान भएको बताएका हुन् । उनीहरूले भनेका छन्, ‘नेपाल–भारतसम्बन्ध विग्रदा नेपाली जनताले ठूलो दुःख कष्ट झेल्नु परेको छ । नेपालमा भारतविरुद्धको भावना भड्किएको छ ।’
भारतको हेपाह प्रवृत्तिले पनि नेपाल–भारतसम्बन्ध विगार्नमा भूमिका खेलेको सांसदहरूको आरोप थियो । विशेष गरेर एमाले निकट सांसदहरूले भारतकै कारण नेपाली जनतामा भारत विरोध भावना भड्किएको आरोप लगाए । उनीहरूले सन् १९५० को असमान सन्धीका विषयमा पनि समय सापेक्ष सुधारको माग गरेका थिए ।
सांसद लालबाबुप्रसाद यादवले छिमेकी मुलुकसँग कसरी सम्बन्ध सुधार गरेर अगाडि बढाउनु पर्छ भनेर सरकार सम्बेदनशील बन्नु पर्ने बताउनुभयो । ‘छिमेकीसँगको सम्बन्ध कहिल्यै पनि बिग्रन दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘दुई हात्तीले रमाइलो गर्दा त्यसको पीडा घाँसलाई हुन्छ भन्ने कुरालाई कसैले ध्यान दिनु हुँदैन ।’
संसदमा धारणा राख्ने अन्य सांसदहरूले सरकारले कुटनीतिक मर्यादाभित्र बसेर भारतसँग बिग्रिएको सम्बन्ध सुधारमा ध्यान दिनुपर्ने बताए । ‘जति ठूला कुरा गरेपनि भारतसँगको हाम्रो सम्बन्ध विग्रिएको छ’, सांसदहरूले भने, ‘यसलाई सुधार अनिवार्य भएको छ ।’


काठमाडौं, १६ असार । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले सरकार परिवर्तन गरेर देखाउन कांग्रेस र माओवादी केन्द्रलाई चुनौति दिएका छन् ।

दोस्रोपटक माओवादी र कांग्रेसका नेताहरुबाट केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तनको चर्चा सुरु भएसँगै युवा नेता पहारीले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी कांग्रेस र सत्ता साझेदार माओवादीलाई संसदबाट सरकार परिवर्तन गर्न चुनौति दिएका हुन् ।

उनले लेखेका छन्- ‘सक्छौ भने संसदबाट सरकार हटाएर देखाऊ किन बाहिर स्याल हुईयाद्वारा रोदन पोख्नुपर्यो कांग्रेस र माओबादीका मित्रहरू ।’

संविधान कार्यान्वयको दिशामा अगाडि बढिरहेको, लोकप्रिय बजेटमार्फत मुलुक समृद्धको जग खडा भइरहेको, राष्ट्रिय स्वाधिनताले उचाइ लिइरहेको, नेपालमा सरकार छ भन्ने आम जनता र देश विदेशमा महसुस भइरहेको र मधेस आन्दोलन शिथिल भइरहेको बेलामा विदेशीहरुको इशारामा कांग्रेस र माओवादीका नेताहरुले सरकार परिवर्तन हल्ला चलाउनु नेपालको छवि धुमिलो पार्नका लागि भएको पहारीको आरोप छ ।

‘संसदमा सिधै अविश्वासको प्रस्ताव ल्याएर सरकार परिवर्तन गरे भो । किन होहल्ला गर्ने ? यो सब नेपालको छवि धुमिलो पार्ने, नेपालको विकास र समृद्धि अघि बढ्न नदिने, संविधान कार्यान्वयन हुन नदिने खेल हो,’ उनले भने ।

पहिलोपटक सरकार परिवर्तनको निर्णय लिँदा माओवादीलाई पछुतो भएर निर्णय फिर्ता लिएको स्मरण गर्दै पहारीले यदि सरकार छाड्ने निर्णय गरे अहिले पनि त्यही अवस्था दोहोरिने ठोकुवा गरे ।

पछिल्लो समय कांग्रेस र माओवादीका नेताहरु एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न दिनरात लागिपरेका छन् ।
Source:Dainik Nepal