Latest News
Showing posts with label Economy. Show all posts
Showing posts with label Economy. Show all posts
१९ असार, काठमाडौं । सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ लगानी गर्नेमध्ये ९० प्रतिशतले गुमाउँछन् र १० प्रतिशतले मात्रै कमाउँछन् । त्यसैले सेयर बजारलाई कतिपयले ‘जुवा’ समेत भन्ने गरेका छन् ।

तर, किन गुमाउँछन् त धेरै लगानीकर्ताले ? सेयरमा गरिएको लगानी डुब्न नदिन लगानीकर्ताले के कस्ता कुरामा विषेश ध्यान पुर्‍याउनु पर्छ ? भनेर सेयर विश्लेषक रविन्द्र भट्टराई सोध्दा उनी भन्छन्- ‘सेयर किन्न जानुभन्दा पहिल्यै मैले किनेको मुल्यभन्दा तल गायो र नोक्सान भयो भने त्यो नोक्सानलाई म यसरी क्षतिपुर्ति गराउँछु भन्ने उपायसहित लिएर सेयर बजारमा प्रवेस गर्नुपर्छ । तर, ९० प्रतिशत लगानीकर्ताहरु त्यस्तो उपाय लिएर हिँड्दैनन् । त्यसैले डुब्छन् ।’

नोक्सान भए के गर्न ? आपतकालीन स्थिति आइलागे के गर्ने भन्ने विषयमा नसोची लहैलहैमा लागेर लगानी गरेकै कारण अधिकांस लगानीकर्ताहरु डुब्ने गरेको उनको भनाई छ ।

‘थोरै लगानीकर्ताले दीर्घकालमा कमाउँछन् तर धेरै लगानीकर्ताहरु छोटो समयमै धेरै नफा खान खोज्ने भएकाले जस्ता पनि कम्पनीको सेयर किनेकै कारण पनि डुब्छन्,’ भट्टराई भन्छन्- अहिले नै हेर्नुहोस् न यस्तै लगानीकर्ताका कारण मुल्य बढ्नुपर्ने कुनै आधार नभएका कम्पनीको मुल्य पनि आकासिएको छ ।’

विश्लेषक भट्टराई सेयरमा पैसा कमाउने हो भने चार वटा ‘इ’ फलो गर्न लगानीकर्ताहरुलाई सुझाउँछन् । ‘पहिलो ‘इ’ भनेको एजुकेशन हो । सेयरमा लगानी गर्न चाहनेसँग सेयर बजार के हो रु कसरी कारोबार हुन्छ रु कस्ता कम्पनीको सेयर किन्नुपर्छ रु लगायतका ज्ञान हुनुपर्छ,’ भट्टराई भन्छन् ।

एजुकेशन भनेको कम्पनीको बारेमा बुझ्ने पनि हो । त्यसभित्र कम्पनीको नफा, रिजर्भ, खराब कर्जा, दायित्व, सञ्चालक समिति, लगानी, व्यवस्थापन, उसले विगतमा दिएको नाफाको अवस्था सबै कुरालाई अध्ययन गर्नुपर्ने उनको भनाई छ ।

राम्रो के हो नराम्रो के हो छुट्याउन सक्ने ज्ञान प्राप्त गर्नका लागि सेयर तालिम लिने, किताबहरु पढ्ने, भिडियोहरु हेर्ने, नीतिगत कुराहरु हेर्ने, आमसञ्चारका माध्यममा समाचार तथा विश्लेषणहरु हेर्ने गर्नुपर्ने उनको सुझाब छ ।

दोस्रो ‘इ’ भनेको बजारमा इन्ट्री -प्रवेस० हो । सेयरसम्बन्धी शिक्षा लिइसकेपछि बजारमा प्रवेस गर्नुपर्छ । ‘बजारमा प्रवेस गर्नुअघि मैले कस्ता कम्पनीका लगानी गरेँ भनेँ जोखिम हुन्छ । घट्यो भने के गर्ने रु भन्ने उपायहरु पनि सोच्नुपर्छ,’ उनी भन्छन् ।

तेस्रो ‘इ’ भनेको एक्सपेरियन्स अर्थात् अनुभव हो । बजारमा प्रवेस गरेपछि मात्रै लगानीकर्तासँग अनुभव हुन्छ । ‘लगानीकर्ताको चाहाना आज बजारमा प्रवेस गरेर भोली नै कमाइहालौं भन्ने हुन्छ । तर, उसँग कति वर्षको अनुभव छ भन्ने कुरा चैं बुझ्दैन,’ भट्टराई भन्छन्- ‘अनुभवी लगानीकर्ताहरु हम्मेसा डुब्दैनन् ।’

चौथो ‘इ’ भनेको एक्जिट अर्थात बाहिरिने हो । ‘पहिलो एउटा नाफा लिएर बाहिरिने, दोस्रो नोक्सान व्यहोरेर बाहिरिने र तेस्रो साँवाँ लिएर बाहिरिने हो,’ उनले भने । सकेसम्म लगानीकर्ताले नाफा लिएर बाहिरिने हो । तर, जोखिम आउन सक्छ भन्ने संकेत देखियो भने नाफाको लोभमा नपरी साँवाँ लिएर बाहिरिनु नै उपयुक्त हुने भट्टराईको भनाई छ ।

साउनदेखि काँचो सुन ल्याउन नपाइने
काठमाडौँ, १७ असार । सरकारले नेपाली वा विदेशी कुनै पनि यात्रुलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी काँचो सुन र काँचो चाँदी ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
सो व्यवस्था विपरीत कुनै पनि यात्रुले काँचो सुन र चाँदी ल्याएको भेटिएमा उक्त सामान जफत गरी कानुन बमोजिम कारबाही हुने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अब विदेशबाट आउने यात्रुले सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५०० ग्रामसम्म र रु एक लाख मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया मात्र ल्याउन पाउनेछन् ।
यसअघि ५० ग्रामसम्म काँचो सुन र ५०० ग्रामसम्मको काँचो चाँदी महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेकामा हाल यो व्यवस्था खारेज गरिएको भन्सार विभागका निर्देशक सूर्यप्रसाद सेढार्इंले जानकारी दिनुभयो । यही असार मसान्तसम्म छ महिनाभन्दा कम विदेशमा बसी आउने नेपालीले ४०० ग्रामसम्म सुन तथा सुनको गहना र छ महिनाभन्दा बढी विदेशमा बसी आउने नेपाली यात्रुले ५०० ग्रामसम्म सुन तथा सुनको गहना तथा एक हजार ग्रामसम्म चाँदी तथा चाँदी गहना तोकिए बमोजिमको महसुल बुझाइ ल्याउन सक्ने सुविधा छ । सरकारले यी सबै व्यवस्था समेत खारेज गरेको छ ।
कार्यालयले विदेश जाने नेपाली यात्रुले अति आवश्यक कारणले ५० ग्रामभन्दा बढी परिणामको सुनको गहना र ५०० ग्रामभन्दा बढीको चाँदीको गहना आफूसाथ लैजानुपरेमा नेपालमा खरिद गरिएको प्यान नं भएको बिल लगायत प्रमाण संलग्न विवरण भन्सार कार्यालयमा बुझाउनुपर्ने जनाएको छ ।
भन्सार कार्यालयले पेस भएको फाराम बमोजिम लैजान लागेका गहना दुरुस्त पाइएमा लगत राखी एकप्रति लगत पुर्जा उपलब्ध गराउनेछ । सोही व्यक्ति पुनः नेपाल फर्की आउँदा भन्सार क्षेत्रमा सो लगत पुर्जा देखाएका खण्डमा लगत भिडेका गहना जाँच पास गरिनेछ र लगत नभिडेका गहना जफत गरी कारबाही गरिनेछ ।
त्यस्तै कुनै पनि यात्रुले आफूसाथ लिई आएको एक लि मदिरा महसुल नतिरी ल्याउन पाउने तर त्यसभन्दा बढी मदिरा ल्याएमा जफत गरी कानुनी कारबाही गरिनेछ । यसअघि यात्रुले १.१५ लि मदिरा ल्याउन पाउने व्यवस्था रहेकामा खारेज गरिएको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका नेपाली यात्रुले आफूसाथ लिई आएको ३२ इन्चसम्मको एक टेलिभिजन एक पटकका लागि महसुल नतिरी ल्याउन पाउनेछ । अन्य कुनै पनि यात्रुलाई यो सुविधा नरहेको कार्यालयले जनाएको छ ।
सरकारले सार्वजनिक गरेको ‘निजी गुन्टा, झिटी भारी’ सूचनाअनुसार नेपाली वा विदेशी कुनै पनि यात्रुले अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी नगद आफूसाथ लैजान पाउने छैन । कसैले सोभन्दा बढी रकम लिई आउँदा भन्सार अधिकृतसमक्ष घोषणा गरी प्रमाणित गराउनुपर्ने तर भारतीय तथा नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।
नेपालमा नियमित उडान भर्ने अन्तर्राष्ट्रिय विमान कंले नेपाल आउने आफ्ना यात्रुलाई यस कार्यालयले निर्धारण गरे बमोजिम भन्सार घोषणा फाराम उपलब्ध गराउनुपर्नेछ । यात्रुले उक्त फाराम भरी भन्सार कार्यालयको सम्बन्धित डेस्कमा बुझाउनुपर्नेछ । रासस


१३ असार, काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि वार्षिक सवारी कर वृद्धि गर्दैछ । आर्थिक विधयेक (बजेट) मार्फत घोषणा भएको करवृद्धिको निर्णय साउनदेखि लागू हुनेछ ।

सरकारले भन्सार विन्दुमा नै सडक दस्तुर कर बढाएर सवारी महंगो बनाउँदैछ भने सवारी करमा पनि भारी वृद्धि गर्दैछ । मोटरसाइकल र स्कुटरमा मात्रै एकैपटक ५ हजार रुपैयाँसम्म कर वृद्धि हुँदैछ ।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४०० सम्म सीसीका मोटरसाइकल धनीसँग वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेछ । यसअघि ६ हजार मात्रै तिर्नुपथ्र्यो ।

यस्तै ४ सय १  सीसीभन्दा माथिका सवारी धनीले यसअघि भन्दा ५ हजार रुपैयाँ बढी कर तिर्नुपर्नेछ । यसअघि १ हजार तिर्दै आएका ठूला क्षमताका बाइक चढ्नेले अब सरकारलाई १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

२५० सीसीसम्मका मोटरसाइकल चढ्नेहरुलाई भने राहत मिल्नेछ । यसपटक साना क्षमताका मोटरसाइकलमा कर बढाएको छैन ।

कार तथा जीपमा कति ?
यसैगरी निजी कार तथा जीप चढ्नेहरुले पनि पहिले भन्दा बढी रकम करका लागि खर्च गर्नुपर्ने विभाग अन्तगतको साना सवारी व्यवस्था कार्यालयका शाखा अधिकृत गणेशकुमार अर्यालले अनलाइखबरलाई बताए ।

उनकाअनुसार १ हजार सीसीसम्मका कार तथा जीपले पहिले भन्दा एक हजार बढी कर तिर्नुपर्नेछ । यसअघि कर १८ हजार रहेकोमा अब १९ हजार रुपैयाँ बनाइएको छ ।

यसैगरी १००१ देखि १५०० सीसीसम्मका कारधनीहरुले पनि एकहजार बढी कर चुक्ता गर्नुपर्नेछ । यअिघ २० हजार रहेको कर अब २१ हजार पुगेको छ । यसैगरी १५०१ देखि २०० सीसीसम्मका कार/जीपले यसअघि २२ हजार कर तिर्दै आएकोमा अब २३ हजार रुपैयाँ तिर्नेछन् ।

२००१ देखि २५ सयसम्मका कारका लागि यसअघि ३० हजार लिइन्थ्यो भने अब ३२ हजार रुपैयाँ लिइनेछ । २५ सयभन्दा माथि र २९ सय सीसीभन्दा मुनिका साना सवारीले ३७ हजार रुपैयाँ कर तिर्नेछन् । यसअघि यो ३५ हजार रुपैयाँ थियो ।

२९००१ सीसीभन्दा माथिका कारहरुलाई वाषिर्क ५३ हजार रुपैयाँ कर तिराइनेछ । यस्ता सवारीसँग ५० हजार रुपैयाँ कर लिइन्थ्यो ।

यसैगरी सरकाले सार्वजनिक सवारीहरुको पनि करको दर बढाएको छ । विभिन्न पव्कारका निजी सवारी साधन र निर्माण उपकरणले वाषिर्क रुपमा तिर्नुपर्ने करमा पनि वृद्धि भएको छ ।

बढेको दस्तुरले सवारी महंगिने
यसैबीच सरकारले भन्सार पास भएका नयाँ सवारीसँग लिने सडक कर दस्तुरमा पनि वृद्धि गरेको छ । यसअघि १२५ सीसीसम्मका बाइक भित्र्याउँदा ७ हजार लाग्ने यो कर अहिले १० हजार रुपैयाँ बनाइएको छ । यसैगरी १२६ देखि २५० सीसीसम्मका मोटरसाइकल भित्र्याउँदा लिइने ८ हजार रुपैयाँलाई अब १२ हजार पुगेको छ ।

यस्तै २५१ देखि ४०० सीसीसम्मका मोटरसाइकलका लागि अब सडक दस्तुर १५ हजार लाग्नेछ । यसअघि १० हजार मात्रै थियो । ४०१ सीसी माथिका मोटरसाइकलका लागि पनि ५ हजार रुपैयाँ दस्तुर बढाएर २० हजार बनाइएको छ ।

यसैगरी सबै निजी प्रयोजनका सवारी भित्र्याउँदा यसअघि बीलबिजक र भन्सार रकमसहितको कुल लागतको ५ प्रतिशतले लिइँदै अएको सडक दस्तुर करलाई अब २ प्रतिशतले वृद्धि गरिएको छ । एकपटक मात्रै तिर्नुपर्ने यस्तो कर ७ प्रतिशत भएको छ ।

यसैकारण निजी सवारीको मूल्यमा २ प्रतिशतले वृद्धि हुने पक्का छ । मोटरसाइकलमा पनि बढेको सडक बढेकै दस्तुर बराबर स्वतः मूल्य बढ्नेछ ।

सूचीमा हेर्नुस्

निजी मोटरसाइकलको कर  



सवारी क्षमता (सीसी) पहिलेको दर (रु.) अबको दर (रु.) बढेको (रु.) 
१ सय २५ सम्म २,५०० – –
१२६ देखि २५० सम्म ४,००० – –
२५१ देखि ४०० सम्म ६,००० ८००० २,०००
४०० माथि १०,००० १५००० ५,०००


निजी कार/जीप र माइक्रो कर

सवारी क्षमता (सीसी) पहिलेको दर (रु.)     अबको दर (रु.)   बढेको (रु.) 
१००० सम्म १८,००० १९,००० १,०००
१००१ देखि १५००सम्म २०,००० २१,००० १,०००
१५०१देखि २०० सम्म २२,००० २३,००० १,०००
२००१ देखि २५०० सम्म ३०,००० ३२,००० २,०००
२५००१ देखि २९००सम्म ३५,००० ३७,००० २,०००
२९००१ माथि ५०,००० ५३,००० ३,०००


अन्य निजी सवारीको कर

सवारी पहिलेको दर (रु.)   अबको दर (रु.)   बढेको (रु.) 
मिनि टि्रपर २०,००० २५,००० ५,०००
अटो रिक्सा ५,००० ५,००० –
ट्रयाक्टर ३,००० ४,००० १,०००
पावर टिलर २,५०० ३,००० ५००
मिनि ट्रक र बस २२,००० १८,००० ४,०००
ट्रक/बस २७,००० ३०,००० ३,०००
निर्माण उपकरण ३०,००० ३५,००० ५,०००


भाडाका जीप कार तथा माइक्रो सवारीको कर

सवारी क्षमता (सीसी) पहिलेको दर (रु.) अबको दर -रु.) बढेको (रु.)
१३००सम्म ६,००० ८,००० २,०००
१३००१देखि २०००सम्म ७,००० ९,००० २,०००
२००१देखि २९००सम्म ८, ५०० ११,००० २,५००
२९०१देखि ४०००सम्म ११,००० १३,००० २,०००
४००१ माथि १३,००० १५,००० २,०००
निर्माण उपकरण १४,००० १७,००० ३,०००
टेम्पो र अटो रिक्सा ३,५०० ४,००० ५००
ट्रेक्टर २,००० २,५०० ५००
पावर टिलर १,५०० २,००० ५००
मिन ट्र र बस – १२,०००        –
मिनि टि्रपर १०,००० १४,००० ४०००
ट्रक र बस १२,००० १६,००० ४,०००
स्रोतः यातायात व्यवस्था विभाग

एजेन्सी : यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत
 गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ । 
१) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् । 
२) यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ । 
३) रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो । 
४) शास्‍त्रमा भनिएको छ क‌ि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्‍त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ द‌िनको समयमा स्‍त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् । 
५) यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन् । 
६) यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् । 
७) जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् । 
८) शास्‍त्रले भनेको छ क‌ि जून घरमा प‌ितृपक्षमा प‌ितरहरुको श्राद्ध गरिँदैन् त्यहाँ लक्ष्मी बस्दिनन् । 
९) जून घरमा न‌ियम‌ित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् । (एजेन्सीको सहयोगमा)
काठमाडौ । खानीखोला हाइड्रो पावर कम्पनीको साधारण सेयर आजदेखि विक्रि खुल्ला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित नौ लाख ३१ हजार ४२९ कित्ता साधारण सेयर विक्रि गर्न लागेको हो ।
Khani_Khola
उक्त सेयर मध्ये १८ हजार ६२९ कित्ता कर्मचारीलाई र ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ । बाँकी ८ लाख ६५ हजार ९२९ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
उक्तसेयरका लागि छिट्टोमा जेड १९ गते र ढिलोमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा विक्ति प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।
सिभिल क्यापिटल मार्केट कमलादी, खानीखोला हाइड्रो पावरको कार्यलय धुम्बाहारीका साथै सिभिल बैंकका पोखरा, बुटवल, विर्तामोड, नेपालगञ्ज,हेटौडा, इटहरी, धनगढीका शाखाबाट र बाग्मति डेभलपमेन्ट बैंकको सार्लही शाखाबाटसेयरका लागि आवेदन दिन सकिने छ ।

ललितपुरको भट्टे डाडामा निर्माण भएको सो कम्पनीले यसअघि मंसिरमा नै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर निष्कासन गरिसकेको छ ।कम्पनीको सेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ ।
बढिमा १००० कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड २५ लाख ७१ हजार ४ सय रहेको छ । सर्वसाधरणमा सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय पुग्नेछ ।
यहाँबाट दिनुहोस् आवेदन 
khani

एजेन्सी : यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत
 गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ । 
१) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् । 
२) यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ । 
३) रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो । 
४) शास्‍त्रमा भनिएको छ क‌ि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्‍त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ द‌िनको समयमा स्‍त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् । 
५) यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन् । 
६) यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् । 
७) जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् । 
८) शास्‍त्रले भनेको छ क‌ि जून घरमा प‌ितृपक्षमा प‌ितरहरुको श्राद्ध गरिँदैन् त्यहाँ लक्ष्मी बस्दिनन् । 
९) जून घरमा न‌ियम‌ित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् । (एजेन्सीको सहयोगमा)
TOKYO, JAPAN - SEPTEMBER 19: A member of the press compares the new iPhone models at the launch of the new Apple iPhone 6 and iPhone 6 plus at the Apple Omotesando store on September 19, 2014 in Tokyo, Japan. On September 19, Apple's new products, iPhone 6 and iPhone 6 Plus, with iOS 8 featuring 4.7-inch and 5.5-inch displays, have become available in the US, Australia, Canada, France, Germany, Hong Kong, Japan, Puerto Rico, Singapore and the UK, and will be available in more than 20 additional countries beginning on September 26. (Photo by Chris McGrath/Getty Images)
काठमाडौं । एप्पलले आजसम्मकै सबैभन्दा सस्तो आईफोन गएराति सार्वजनिक गरेको छ ।
एप्पलको मुख्यालयमा सार्वजनिक गरिएको सस्तो आइफोनलाई ‘आइफोन एसई’ नाम दिइएको छ । एप्पलका उत्पादनहरु मंहगो भएको साधारणको पहुचभन्दा बाहिर रहेको आरोप खेप्दै आएको एप्पलले अब यस्तो आरोपबाट मुक्त हुने अपेक्षा राखेको छ ।
सार्वजनिक गरिएको नयाँ फोन झण्डै आइफोन सिक्सजस्तै रहे अन्तराष्ट्रिय मिडियाले बताएका छन् । आइफोन एसईमा १२ मेगापिक्सलको क्यामरा रहेको छ भने अगाडिपट्टि १ दशमलव २ मेगापिक्सलको क्यामरा रहेको छ । ४ इन्चको डिस्प्ले रहेको नयाँ फोनमा १ जिबीको र्याम छ ।
यसको आन्तरिक क्षमता १६ वा ६४ जिबीसम्म बढाउन सकिन्छ । ६४ बिट ए ९ प्रोसेसर रहेको फोनमा आईओएस ९। ३ अपरेटिङ सिस्टममा रहेको बताइएको छ ।
युक्रेनी पूर्व राष्ट्रपतिकी छोरी ओलिडा पिन्चको यो घर १२८ मिलियन डलर लागतमा बनेको हो । यो विश्वकै एक महंगो घर हो । लण्डनमा रहेको यो घरको भित्ताहरुमा सुनका जलप लगाइएको छ । घरमा १० वटा बेड रुम, अण्डरग्राउण्ड स्विमिङ पूल , सिनेमा हल , जिम हल रहेको छ ।house1-750
रुसका अर्वपति अर्थात चेल्सी फुटबल क्लवका मालिक रोमन अब्रावनिचको घरको मुल्य १४० मिलियन डलरको लागतमा बनेको हो । यो घर निकै आकर्षक र जादुगरी ढंगबाट निर्माण गरिएको छ । याँहा टेनिस कोट, घर भित्रै हस्पिटल र म्युजियम कन्सर्ट निर्माण गरिएको छ । house2-750
यबोे स्टोन क्लवका मालिक एड्रा इन्टिमको १५५ मिलियन डलर लगानीमा बनेको यो घर निकै महंगो , आकर्षक छ । जुन घरमा भित्रै वार्म स्विमिङ पुल , जिम रुम , लिफ्ट समेत रहेको छ । हिउँ पर्ने स्थानमा उक्त घर अवस्थित रहेपनि घरभित्र तातो र आनन्ददायक छ ।house3-750
अमेरिकाको क्यालिफोर्नियामा रहेको १९१ मिलियन डलरमा निर्मित घरका मालिक विलियम वर्नर हुन् । विलियन अमेरिकन समाचार म्याग्जिन ‘म्याग्नेट’ का मालिक हुन् । यो घर इटालियन स्टाइलमा बनेको छ र विश्वकै पर्यटकिय आकर्षणको केन्द्र समेत बनेको छ । उनको घरमा २७ वटा कोठाहरु रहेको छ । house4-750
२०० मिलियन डलरमा निर्मित क्यालिफोर्निया स्थित यो घर विश्वकै महंगो मध्यको एक हो । २३ हेक्टर कम्पाउण्डमा १० वटा विल्डिङ रहेको यो घर जापनिज मोडलमा बनेको छ । जसभित्र मानव निर्मित ताल , टि हाउस लगायत माछा पोखरी समेत छन् । यो घर अमेरिकाकै तेस्रो धनी व्यक्ति लेरी एलिसीनको हो । उनले उक्त घर बनाउनका लागि आफ्नो पैसा मात्र खर्च गरेनन् आफनो समय र मेहनत पनि उत्तिकै खर्च गरेका छन् । उत्त घर बनाउनका लागि उनलाई पुरै ९ बर्ष लागेको थियो । house5-750
लक्ष्मी मेटलका मालिक तथा विश्वकै ठुलो निर्माण कम्पनिका मालिक लक्ष्मी मित्तलको लण्डन स्थित २२२ मिलियन डलरमा निर्मित घर जसमा १२ वटा बेडरुम रहेको छ । घरभित्रै स्विमिङ पुल, २० वटा कार पार्किङको सुविधा समेत छ । यो घर विश्वकै महंगो घरहरु मध्येमा पर्दछ ।hose6-750
न्युयोर्कमा अवस्थित २४८.५ मिलियन डलरमा निर्मित घर अमेरिकी व्यापारी आइरबिनेसको हो । उनको घरमा २९ वेडरुम, टेनिस र बास्केटबल कोट, अत्यन्त आकर्षक डायनिङ रुम , तीन वटा स्विमिङ पुल,र अत्यन्तै लक्जरियस सुविधा सहित छ । hose7-750
७५० मिलियन डलरको लगानीमा फ्रान्समा बनेको यी अत्यन्त लक्जरियस भिलेजहरु मिलेर बनेकोे छ । यसको मालिक बाजिलकी दार्शनिक तथा सोसलिष्ट फेलि साफ्रा हुन । जुन ५० हेक्टर जमिनमा बनेको छ ।house8-750
यो भारतका धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रीजका मालिक मुकेस अवानीको १ विलियन डलरमा निर्मित २७ तले घर हो । यो घर भारको मुम्वइमा रहेको छ । यो घर ४ हजार वर्गमिटरको क्षेत्रफलमा फैलिएको छ । जुन घरमा ३ अन्डरग्राउण्ड पार्क रहेको छ भने यसमा ३ वटा हेलिकोप्टर प्याड समेत रहेको छ । उनको यो घरमा ६०० जना कामदार मात्रै रहेका छन् । hose9-750
१.५ विलियन डलरमा निर्मित यो दरबार बकिङ हाममा रहेको छ । यो घर राजा जोनले निर्माण गरेका हुन् । अहिले यो दरबारमा बेलायतकी महारानि एलीजा बेथ द्धितिया बस्छिन् । यो दरबारमा ७७५ वटा कोठा, ५२ वटा वेडरुम रहेका छन् । घरमा १८८ स्टाफ रुम रहेका छन् । भने ७८ वटा बाथरुम मात्रै छन् । house10-750

विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ । जुन यसप्रकार छन् ।
१. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

५.यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

११. यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।

१२. यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

१३. जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।

१४. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

१५. जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा या भमिट(वाक्क) गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

१६. शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ ।

१७. यदि कोई यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ ।

१८.सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ ।

१९.कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।

२०. यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।


एजेन्सी : यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत
 गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ । 
१) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् । 
२) यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ । 
३) रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो । 
४) शास्‍त्रमा भनिएको छ क‌ि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्‍त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ द‌िनको समयमा स्‍त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् । 
५) यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन् । 
६) यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् । 
७) जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् । 
८) शास्‍त्रले भनेको छ क‌ि जून घरमा प‌ितृपक्षमा प‌ितरहरुको श्राद्ध गरिँदैन् त्यहाँ लक्ष्मी बस्दिनन् । 
९) जून घरमा न‌ियम‌ित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् । (एजेन्सीको सहयोगमा)


खोटाङ, १२ माघ । किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन गर्नुभएको छ ।
करिब पाँच वर्षपछि फल दिने किबीले उहाँको खेतमा तीन वर्षमै फल दिन थालेको छ । विसं २०६९ माघमा १० रोपनी जग्गामा हेवार्ड, ब्रुनो र मन्टी जातका १२५ बोट किबी लगाइएको छ । रहरैरहरमा सुरु गरेको किबीखेती हाल उहाँका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ । किबीको फल तथा बिरुवा बिक्रीबाट उहाँले वार्षिक रु तीन लाखसम्म आम्दानी गर्न थाल्नुभएको छ ।
करिब सात-आठवटा दानाले एक किलो पुग्ने किबी स्थानीय बजारमा प्रतिकिलो रु ५०० का दरले बिक्री भइरहेको राई बताउनुहुन्छ । “एउटा बोटमा कम्तीमा पाँच किलोदेखि २६ किलोसम्म फल उत्पादन हुन्छ” उहाँले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको किबी सदरमुकाम दिक्तेल र भोजपुरसम्म निर्यात हुने गरेको छ । किबीको एउटै बोटबाट निरन्तर ४०÷५० वर्षसम्म ५० किलोदेखि १०० किलोसम्म फल उत्पादन हुने गरेको छ । “बजारसम्म पु¥याएपछि चाख्नकै लागि भए पनि खपत हुन्छ” राईले भन्नुभयो ।
व्यावसायिक रुपमा किबीखेती गर्नुभएका धनकुमारले औपचारिक तालिम लिनु भएको छैन । वन परियोजनाको जागिर छाडेर उहाँले आफ्नै अध्ययनबाटै किबीखेती सुरु गर्नुभएको हो । घुमफिरका क्रममा दोलखा, इलामलगायतका स्थानमा लगाइएको किबीखेती देखेरै उहाँले किबीखेती सुरु गर्नुभएको हो । उहाँले फलबाहेक प्रतिवटाको रु ४०० पर्ने किबीको बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ । अहिले उहाँको गाउँमा अन्य किसानले समेत किबीखेती सुरु गर्नुभएको छ ।
“छिमेकीले पहिला बारी मासेर लहरा रोप्ने भनेर खिसी गर्थे” राईले भन्नुभयो, “अहिले मेरो खेतमै आएर सिक्न थालेका छन् ।” हेवार्ड र रेड प्रजातिको किबीको जिल्लामा राम्रो सम्भावना रहेको छ । किबीलाई प्रशस्त पानीको स्रोत भएको र चिस्यान भएको ठाउँ उपयुक्त मानिन्छ । धनकुमार जस्तै दोर्पा, चिउरीडाँडा–८ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । विगत तीन वर्षदेखि किबीको व्यावसायिक नर्सरी सुरु गर्नुभएका राईले वार्षिक रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
जिल्लाको नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबीखेती लगाउनुभएका उहाँले किबीको बिरुवा प्रतिगोटा रु ६०० सम्ममा बिक्री गर्दै आउनुभएको छ । कानुनमा स्नातक तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले यसवर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी ६ हजार ७०० बिरुवा बिक्री गरेको बताउनुभयो ।
पछिल्लो समय जिल्लाका किसान किबी खेतीप्रति आकर्षित भएपछि आगामी वर्ष १२ हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको राईको भनाइ छ । छ देखि आठ मिटरको दुरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गरे पुग्छ । किबी खेतीभित्र अन्य बालीनाली लगाएर दोहोरो फाइदा समेत लिन सकिन्छ ।
समुन्द्री सतहबाट दुई हजार ५०० मिटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्र भन्दामाथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबीखेती उपयुक्त मानिन्छ । रासस
डा. नबराज पन्त
भबिष्यमा नेपाल आर्थिक रुपले उच्च प्रति व्यक्ति आय भएको संसारको सबभन्दा शक्तिशाली राष्ट्र हुन सक्छ । अहिले यसो भन्दा धेरैले मुर्ख बिचार हो भन्लान तर यो धेरै संभावनाको कुरा हो । यसलाई यसरी पुष्टि गर्न सकिन्छः

नेपालका सबै ठूला नदीमा चिनियाँ डिजाइनको हाइ ड्याममा आधारित ठूला जल बिद्युत परियोजना मात्र लागु गर्नु पर्छ । अहिले सम्म भएका सबै ठूला जल बिद्युत परियोजनाको सम्झौताहरु खारेज गरेर पुन सम्झौता गर्नु पर्छ किनभने पहिले भएका कतिपय सम्झौताहरु राष्ट्रहित विपरितका र बिकासका संभावनालाई खुम्च्याउने खालका छन् ।

चीनबाट सिकौ
चीनले तिब्बत देखि संघाईसम्म फैलिएको याङजे नदीको शिरको जिन्सा नदीमा विश्वको सबभन्दा सस्तो रन अफ रिभर वा बगेको नदीमा आधारित, तर ताल सहितको उत्पादन क्षमतामा विश्वको तेस्रो ठूलो जल बिद्युत ड्याम जिलुदु ड्यामू संचालनमा ल्याएको छ । यो ड्याममा विश्वमा पहिलो पटक दुई वटा ड्याम अबधारणा वा डबल ड्याम एप्रोच लागु गरिएको छ, जो सुरक्षित अबधारणा हो । यसको बिजुली क्षमता १३,८६० मे.वा. छ र सन् २०१४ मा यसबाट ५७.१ तेरावाट बिद्युत उत्पादन भएको छ । यो प्रोजेक्टमा ७७० मेघावाटको १८ वटा फ्रान्सिस टर्बाइन प्रयोग गरिएको छ । यो विश्वको सबभन्दा ठूलो टर्बाइन हो । जिलुदु ड्यामू जल बिद्युतको कुल लागत ६ अर्ब २० करोड डलर अर्थात रु ६ खर्ब २० अर्ब हो ।
यसको लागत प्रति मेघावाट रु ४ करोड ४७ लाख छ । अर्थात् उत्पादनको आधारमा जिलुदु ड्यामू जल बिद्युतको बार्षिक प्रति तेरावाट उत्पादनको निम्ति रु ११ अर्ब लगानी छ । तर विश्वको ठूलो थ्री गर्जेजको बार्षिक प्रति तेरावाट उत्पादनको निम्ति रु २६ अर्ब लगानी छ र विश्वको दोस्रो इताइपुको बार्षिक प्रति तेरावाट उत्पादनको निम्ति रु २० अर्ब लगानी छ ।
 
 चीनको जिलुदु ड्याम

यस आधारमा हेर्दा जिलुदु जल बिद्युत विश्वको सबभन्दा सस्तो ठूलो परियोजना हो । नेपाल जस्तो धेरै रन अफ रिभर वा बगेको नदिू भएको देशले धेरै इञ्जिनियरलाइ अनिबार्य जिलुदु ड्यामू जल बिद्युत अध्ययन भ्रमणमा चीन पठाउनु पर्छ । ताकि नेपालका ईन्जिनियरहरुले कसरी कम लागतमा उच्चस्तरका आयोजनाहरु संचालन गर्न सकिन्छ भन्ने ज्ञान लिन सकुन । नेपालका आयोजनाहरुको लागत उच्च हुनुका साथै काममा ढिलासुस्ती र भ्रष्टाचार छ । नेपालका ईन्जिनियरहरुको भ्रमणबाट उनीहरुको काम गर्ने शैलीमा सुधार हुन सकोस र कसरी आफ्नै बल बुत्तामा जिलुदु ड्यामू जल बिद्युत आयोजना जस्ता ठूला आयोजनाहरु संचालन गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त होस् । हुन त चिलिमे र माथिल्लो तामाकोशी जस्ता आयोजनाहरु सफल रुपमा कार्यान्न्वयन गर्ने प्रतभिाशाली ईन्जिनियरहरु नेपालमै नभएका भने हैनन् । जिलुदु ड्यामू जल बिद्युत भ्रमणले उनीहरुको क्षमता अरु बढाई दिनेछ ।

नेपाल ठुला जल बिद्युत क्षेत्रमा भर्जिन ल्याण्ड हो । नेपालमा चिनियाँ स्टाइलको हाइ ड्याममा आधारित ठुला जल बिद्युत प्रोजेक्ट लागु गर्ने हो भने २ लाख मेघावाट भन्दा बढी बिध्युत उत्पादन हुन सक्छ । पुरानो प्रबिधि र अध्धयनको आधारमा मापन गर्दा नेपालका नदीहरुबाट जम्मा ८३ हजार मेगावाट मात्र बिजुली उत्पादन गर्न सकिने भन्ने हो । तर अहिलेको नयाँ प्रबिधि र जलाशयमा आधारित आयोजनाहरु निर्माण गर्ने हो भने दुई लाख मेगावाट सामान्य कुरा हो ।
नेपालमा हाल निर्माण गरिएका बिद्युत आयोजनाहरु कुनै पनि ड्याम प्रबिधिमा आधारित छैनन् । यदि ड्याम प्रबिधिमा आधारित भएको भए भोटेकोशीबाटै सयों मेगावाट बिजुली निकाल्न सकिन्थ्यो । अहिले सम्म नेपालमा भएका सबै ठुला जल बिद्युत सम्झ्यौता अब रद्द हुनु पर्छ वा लागु गर्नु हुँदैन र पुनः रणनीतिक बिकासको  सोचका साथ् चिनियाँ सल्लाहकारहरुको प्राबिधिक सल्लाह लिएर नेपालको ठूला जल बिद्युत बिकासमा भारत, चीन र बंगलादेशलाइ खुलेर सहभागी हुन आह्वान गर्नु पर्छ ।

अहिले भारतसँग मात्र बिद्युत ब्यापार सम्झौता भएको अबस्था छ भने चीनले प्रस्ताव पठाएको छ तर नेपाल सरकार आनाकानी गर्दैछ । बंगलादेश पनि नेपालसँग पीटीए गर्न ईच्छुक छ । चीन र बंगललादेशसँग पनि फटाफट काम हुनुपर्छ । अर्को तर्फ लगानीको क्षेत्रमा विश्वलाई लगानी खुल्ला गर्न सक्नु पर्छ । तर सुरक्षा बिना कुनै ठुला जल बिद्युत प्रोजेक्ट लागु हुन नसक्ने भएकोले पुरै नेपालमा नेपाली सेना, सिमा शसस्त्र बल र नेपाल प्रहरीलाइ वृद्धि गर्दै लानु पर्छ ।

चिनियाँ स्टाइलको हाइ ड्याममा आधारित ठुला जल बिद्युत प्रोजेक्ट लागु गर्दा हिमालको भूक्षय रोकिन्छ र पानीको दिगो श्रोतको संरक्षण हुन सक्छ । बर्षा याममा नेपालको ठूला नदीको सिलिका मिस्रित पानी पिउन र खेतीको निम्ति त्यति योग्य छैन तर जल बिद्युत निम्ति अति उपयोगी छ । जुन कुरा एउटै नदीमा धेरै हाइ ड्याम बनाएर मात्र सम्भब छ ।

जलबिद्युत आयोजनाहरुमा सबै नागरिकको लगानी सुनिश्चित गर्नुपर्छ । लगानी गर्न नसक्नेलाई पनि सरकारले ऋण हालिदिएर बाध्यात्मक रुपमा स्वामित्व स्थापित गराउनुपर्छ र हरेक महिना उनीहरुले कमाउने रकमबाट ऋण तिर्दै जाने गर्नसकिन्छ । यसो भयो भने बिद्युत आयोजनाबाट हुने आम्दानीले देशभरिका जनता एकैसाथ धनी हुँदै जानेछन् ।

देशमा दुई लाख मेगावाट बिजुली उत्पादन भएको अबस्थामा नेपाल आर्थिक रुपले उच्च प्रति व्यक्ति आय भएको संसारको सबभन्दा शक्तिशाली राष्ट्र हुन सक्छ । स्विजरल्याण्ड भन्दा पनि हामी धनी हुनसक्छौ किनभने जलबिद्युत र पर्यटन दुबैबाट हामी कमाउनसक्छौ । यसो भएमा अहिले जस्तो  हामीले भारत र चीन तिर उर्जाका लागि हात पसार्न पर्ने छैन, उल्टै उनीहरु हामीसँग सहयोग माग्न आउने छन् ।

नेपाल सेमाउल उन्दोड. सेन्टरका अध्यक्ष पन्त दक्षिण कोरियामा प्राध्यापन गर्नुहुन्छ ।
Mero Lagani

- परमेश्वर अधिकारी
नेपालको ईतिहासमा ६ वटा बैंकहरु एकैपटक एक आपसमा गाभिएर आठ अर्ब २१ करोड भन्दा बढी पूँजीसहितको सबैभन्दा ठूलो बाणिज्य बन्ने भएको छ । बुधबार साँझ दुई बाणिज्य बैंकहरु नेपाल क्रेडिट एण्ड कमर्श र कुमारी बैंक तथा सुप्रिम, एपेक्स, ईन्फ्रास्टक्चर, ईन्टरनेशनल बिकास बैंक मर्ज हुने थप सहमतिपछि आठ अर्ब भन्दा बढी पूँजी भएको नेपालको सर्बाधिक ठूलो बाणिज्य बैंक बन्ने टुंगो लागेको हो ।




एनसीसीमा चार बिकास बैंक गाभिने सहमतिपत्रमा यसअघि नै हस्ताक्षर भएको भए पनि कुमारी बैंक पनि गाभिने सहमति भएपछि थप सहमतिमा पत्रमा हस्ताक्षर गरिएको हो । नेपाल राष्ट् बैंकको नियन्त्रणमा रहेको एनसीसीले ग्राण्ड मर्जरमार्फत नेपालको ईतिहासमा बैंकहरुलाई गाभ्ने ईतिहास रच्न लागेको छ । हस्ताक्षर कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा एनसीसी बैंकका ब्यवस्थापन प्रमुख लक्ष्मी प्रपन्न निरौला निकै उत्साहित र हंसिलो देखिनुलाई अर्थपूर्ण मानिएको छ ।
दुई बाणिज्य बैंकसहित ६ संस्था मिलेपछि चुक्ता पूँजी आठ अर्ब २१ करोड, निक्षेप ८१ अर्ब १२ करोड र कर्जा ६४ अर्ब ८८ करोड पुग्ने छ । यी बैंकहरुको शेयर मिलान अनुपात अर्थात स्वाप रेसियो सम्पति तथा दायित्वको मूल्यांकन ( डीडीए) पश्चात तय गरिने बताईएकोछ । मर्जर प्रक्रिया २०७३ असार मसान्तमा सक्ने सहमति भएको छ । ट वटै बैंकका प्रमुखहरुले हस्ताक्षर गरेको सम्झौता पत्रमा बैंकको नाम के हुने भन्ने बारेमा स्पष्ट पारिएको छैन ।

दादागिरी समाप्त
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फृत अघि सारेको बैंक तथा बित्तीय संस्थाहरुको चुक्ता पूँजी बढाउने अभियानलाई आफैले निण्न्त्रणमा लिएको एनसीसी बैंकमा लागु गरी उदाहरण प्रस्तुत गरेको छ भने अर्कोतिर बैंकिड. क्षेत्रमा देखिएको केही सिमित ब्यक्तिहरुको दादागिरी पनि समाप्त पार्न खाजेको छ । एनसीसीमा एनबी समूह र निर्मल प्रधानको दादागिरी समाप्त हुँदैछ भने कुमारीमा नुरप्रताप राणाहरुले हात धुनुपरेको छ । राणाले मर्जकै कारण केही दिनअघि कुमारीको अध्यक्षबाट राजीनामा दिएका थिए र मर्जरमा हस्ताक्षर गर्ने समारोहमा मुखै देखाएनन् ।
६ वटा बैंकहरु मिलेपछि एनबी समूहका लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठ, निर्मल प्रधान र कुमारीका नुरप्रतापहरुको प्रभाव सुन्यतातिर जाने निश्चित भएको छ । एनसीसीमा श्रेष्ठ दाजुभाई र निर्मल समूहकैैै झगडाका कारण राष्ट्र बैंकले हस्तक्षेप गर्नुपरेको थियो । राष्ट्र बैंकको ब्यवस्थापनले सफलतापुर्वक मर्ज सम्पन्न गरी साधारणसभा मार्फत नयाँ संचालक समिति निर्वाचित गराएर मात्र छाड्ने भएको छ ।

यसरी गयो कुमारी एनसीसीको साथमा 

केही दिनदेखि शेयर बजारमा कुमारी बैंकको शेयर कारोबारमा तिब्र कारोबार हुनुले आउनुले पनि कतिपय लगानीकर्ताले कुमारी बैंक मर्जरको प्रकृयामा रहेको र छिट्टै निर्णयको खबर आउने आशा गरिरहेका थिए । यस बीचमा कुमारी बैंक र एनसीसी बैंकले एक आपसमा मर्ज हुने सम्झौता गरेका हुन् ।
१ महिना भन्दा पहिले देखि चलेको मर्जरको पहललाई एनसीसी, कुमारी लगायतका अन्य ४ विकास बैंकले बुधबार औपचारिक रुपमा निष्कार्षमा पुर्याएका हुन् । यस क्रममा बुधबार लाजिम्पाटस्थित होटल र्याडिसनमा एक कार्यक्रममा बिच कुमारी र एजसीसीका साथै यस अघि नै एनसीसीमा मर्ज हुने सम्झौता गरेका ४ वटा विकास बैंकका प्रतिनिधिले मर्जरको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
मर्जर सम्झौतामा एनसिसीका तर्फबाट एनससिसी बैंक व्यवस्थापन समितिका संयोजक एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले, कुमारीका तर्फबाट मर्जर समितिका संयोजक डा. शोभाकान्त ढकाल, इन्फ्रास्ट्रक्चर सञ्चालक समितिका अध्यक्ष इमानसिंह लामा, एपेक्स डेभलपमेन्टका तर्फबाट विष्णु प्रसाद धिताल, सुप्रिम डेभलपमेन्टको चन्द्र प्रसाद वास्तोला र इन्टरनेशनल डेभलपमेन्ट बैंकको तर्फबाट माधव प्रसाद भट्टले हस्तास्क्षर गरेका छन् ।
चुक्ता पूँजी ८ अर्ब पुर्याउनका लागि कुमारी बैंकले ३ वटा बैंकहरुसंग मर्जरको प्रकृया अघि बढाएको थियो । कुमारी बैंक भित्र रहेको ३ वटा समुहले ३ वटा बैंकसंग मर्जरको प्रकृया अघि बढाएको थियो । जसमा एक पक्षले एभरेष्ट बैंकसंग मर्जमा जाने प्रकृया अघि बढाएको थियो भने अर्को समुहले सनराइज बैंकसंग मर्जमा जाने सम्बन्धमा प्रकृया अघि बढाएको थियो । तेस्रो समुहले एनसीसीसंग कसरी अघि बढ्ने भन्ने सम्बन्धमा गृहकार्य गरिरहेको थियो । यो रस्साकस्सीका बीच कुमारीले एनसीसीमा मर्ज हुने विषयलाई अन्तिम रुप दिएको हो । 

अहिले एनसीसी बैंकको चुक्ता पूँजी २ अर्ब २ करोड र कुमारी बैंकको चुक्ता पूँजी दुई अर्ब ४३ करोड छ ।  रुपैंया छ । चार विकास बैंकलाई आफुमा मिलाएपछि पाँच अर्ब ३ करोड ८३ लाख रुपैयाँ पुग्नेछ । एनसीसीसँग मर्ज हुने चार वटा विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी इन्फ्रास्ट्रक्चर बैंकसँग ८२ करोड ७५ लाख चुक्ता पूँजी छ भने सुप्रिम डेभलपमेन्ट बैंकको ८१ करोड १६ लाख, इन्टरनेशनल डेभलपमेन्ट बैंकको ७० करोड ४ लाख तथा एपेक्स डेभलपमेन्ट बैंकको ६६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
पछिल्लो पटक वाणिज्य बैंकहरु मर्जरमा जानका लागि सम्झौता गर्नेको संख्या १० पुगेको छ ।
एजेन्सी । संसारमा यस्तो सायदै होला । जहाँ प्रेमी प्रेमिका दिदी भाई हुन्छन् ।

तर, संसारमा यस्तो पनि हुँदोरहेछ भन्ने कुरा भारतको अहमदाबादमा भएको घटनाले प्रमाणित गरिदिएको छ ।
नाताले दिदी भाई पर्ने एक प्रेमी जोडीले विवाह गरेका छन् । विवाह मात्रै होइन् सुहागरात समेत मनाएका छन् । एक वर्षसम्म पति पत्नि भएर बसेका छन् । उनीहरुले विवाहपछि मात्रै दिदी भाईको नाता परिवारबाट थाहा पाएका थिए । पढ्नका लागि बाहिर गएका बेला दुबै जनाबीच एक विहे पार्टीमै भेट भएको थियो । त्यहीबाट उनीहरुको सम्बन्ध फोन, च्याट, हुँदै लभ र म्यारिजसम्म पुगेको थियो ।
आफ्ना केही साथीहरु बोलाएर दुबैले परिवारलाई थाहै नदिईकन मन्दिरमा विहे गरेका थिए । विहे पश्चात एक वर्षपछि कलेज विदामा दुबै जना आ-आफ्नो घर गएका थिए ।
तर, एकदिन नातेदारको विहेमा युवक आफ्नी आमासँग अर्काे गाउँ पुगेका थिए । त्यसको लगत्तै युवतीको परिवारमा विहेमा आइपुग्यो । एक अर्कालाई देखेर युवक र युवती (श्रीमान र श्रीमती) निकै खुसी भए । तर, जब परिवारका सदस्यले एक अर्काबीच परिचय गराए तब उनीहरुको हाँसो हरायो ।
परिचय गराउँदा युवती दिदी थिईन् भने युवक भाई । नाताले युवक मामाका छोरा थिए । परिचय गराएपछि युवतीले आफ्नो परिवारलाई विहे गरेको घटना जानकारी गराईन् । त्यसपछि प्रहरीको सल्लाहमा अदालतमा दर्ता भएको विवाह दर्ता प्रमाण पत्र खारेज गर्न प्रक्रिया अगाडि बढाइएको थियो ।
यो घटनाबारे युवकलाई परिवारलाई जानकारी गराइएन् । एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा यो सूचना उपलब्ध गराएको भारतीय पत्रिका दैनिक जागरणको अनलाईन संस्करणले लेखेको छ ।
प्रहरीले बैंक खाता सञ्चालन र एटीएम प्रयोग सम्बन्धी एक सूचना निकाले सबैलाई सचेत हुन आग्रह गरेको छ ।
 सूचनामा बैंक खाता सञ्चालन गर्दा चनाखो हुनु पर्ने र एटिएमको प्रयोगमा सचेत हुन आग्रह गरिएको छ ।

यस्तो छ प्रहरीको सूचना
Sena
फाइल तस्वीर
– रमेश लम्साल:दैनिक नेपाल
काठमाडौँ, २९ मङ्सिर । नेपाली सेना पहिलो पटक जलविद्युत् उत्पादनमा लाग्ने भएको छ ।
सेनाले रोल्पाको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । कुल १२ दशमलव २५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा लगानी गर्न सेना तयार भएको हो । सरकारको चालु आवको बजेट वक्तव्य र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिन पहिले जारी गर्नुभएको श्वेतपत्रमा समेत सेनालाई जलविद्युत् क्षेत्रमा परिचालन गर्ने योजना समावेश गरिएको छ ।
लामो समयदेखि सरकारको ‘बास्केट फन्ड’मा राखेको सो आयोजना सेनाले अगाडि बढाउन लागेको हो । तर कुन मोडालिटीमा आयोजना अगाडि बढाउने भन्ने विषयमा भने छलफल जारी रहेको छ । नेपाली सेनाले माडीचौर जलविद्युत् आयोजना कुन मोडालिटीमा बनाउने भन्ने विषयमा रक्षा मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयमा पठाइसकिएको प्रधानसेनापति राजेन्द्र क्षत्रीले जानकारी दिनुभयो ।
“कुन मोडालिटीमा सो आयोजनालाई अगाडि बढाउने भन्ने विषयमा छलफल जारी रहेको छ । हामीले तालुकदार मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयसँग छलफल गरी राखेका छौँ । आवश्यक निर्णय हुने वित्तिकै सो आयोजना अगाडि बढ्छ ।” व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा प्रधानसेनापति क्षत्रीले भन्नुभयो ।
सेनाको सैनिक कल्याणकारी कोषमा रु ३५ अर्ब रकम रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा न्यून ब्याजदरमा सो रकम राखिएको छ । सैनिक कोषको रकम जनकल्याणकारी काममा खर्च होस भन्ने आम जनताको चाहनालाई सम्मान गर्दै सेना जलविद्युत्मा लगानी गर्न लागेको हो । सांसदहरुले सैनिक कल्याणकारी कोषलाई प्रयोग गरेर मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्न आग्रह गरेपछि सेनाको तर्फबाट जलविद्युत् क्षेत्रमा लगानी गर्न लागेको जानकारी गराएको हो ।
सांसद् गङ्गालाल तुलाधरले सेनाको रकम राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कुल एक हजार २०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउन आग्रह गर्नुभएको थियो । उहाँले सेनाले योजनावद्धरुपमा जलविद्युत् आयोजना अगाडि बढाउन सके मुलुकले भोग्नुपरेको ऊर्जा सङ्कटलाई समाधान गर्न सकिने भन्दै जलविद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको थियो ।
सरकारले प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन सेनालाई जिम्मा दिने घोषणा गरिरहेको बेला सेना प्रत्यक्षरुपमा जलविद्युत् क्षेत्रमा सहभागी हुन लागेको हो । खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माणमा मुआब्जा वितरण र जग्गा प्राप्तिलगायतका विषयमा समस्या देखिएपछि सेना परिचालन गरेर काम अगाडि बढाउने निर्णय सरकारले गरेको छ ।
विकास निर्माणलगायतका विभिन्न काममा सेनाले प्रत्यक्षरुपमा काम गरिरहेको सन्दर्भमा जलविद्युत् आयोजनामा समेत प्रत्यक्ष सहभागी हुन लागेको हो । सेनाले हाल कर्णाली– हुम्ला सडकखण्डको निर्माण गरिरहेको छ । यस्तै पछिल्लो पटक सरकारले गल्छी–रसुवागढी सडक निर्माणको जिम्मा समेत सेनालाई दिएको छ ।
सांसदहरु अइन्द्रसुन्दर नेम्वाङ, सीता गुरुङ, नविन्द्रराज जोशी, रामेश्वर फुयाँलले सेनाको नेतृत्वमा विकास निर्माणको काम अगाडि बढ्दा सहज हुने भन्दै मुलुकमा जारी ऊर्जा सङ्कट समाधानका लागि सैनिक कल्याणकारी कोषको रकम प्रयोग गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो । सांसद यज्ञराज सुनुवारले बङ्कर टु व्यारेकको रणनीत अगाडि सारेको सेनाले व्यारेकबाट पुनः निर्माणमा सहभागी हुनुपर्ने मत राख्नुभएको थियो । रोल्पाको माडी खोलामा तीन वटा जलविद्युत् आयोजना रहेका छन् । त्यसमा माडीचौरको क्षमता १२.२५ मेगावाट रहेको छ भने माडीको क्षमता ८.४ मेगावाट र अर्को तल्लो माडीको क्षमता ३.६ मेगावाट रहेको छ ।
सरकारले आफैंले राखेको सो आयोजनाको प्रारम्भिक काम गर्न विभिन्न समयमा रकम विनियोजन गर्दै आएको थियो । ठूला–ठूला आयोजना अगाडि बढाउन हामीलाई कठिनाइ छ । “कोषको रकमबाट प्राप्त हुने व्याजबाट नै धेरै काम गर्नुपर्ने भएकाले कठिनाइ छ ।” प्रधानसेनापति क्षत्रीले भन्नुभयो । उहाँले सरकारको निर्देशन र निर्णयका आधारमा सेना अगाडि बढ्ने र मुलुक, देश र जनताको सेवासँगै अन्य विकास निर्माणका काममा पनि सहभागी हुने जानकारी गराउनुभयो । रासस