Latest News
Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

डा. यञ्जन गैह्रे 
पायल्समा ध्यान दिनुपर्ने कुराहरु 
– प्रशस्त पानी पिउने (१ घण्टा = १ गिलास)। 
– हरियो सागपात काँचै खाने, फलफूलको जूस र फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने । 
– दैनिक ४५ मिनेट–१ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग- आसन, रिड व्यायाम, अंग व्यायाम आदि ।
– हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने (एनिमा लिने) र कब्जियत हुन नदिने । शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने ।
– चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने । शौचालय गईसकेपछि वा सुत्नु अघि तोरी÷जैतुनको तेल गुहद्वारमा लगाउने । 
– धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती जर्दा जस्ता चिजको सेवन नगर्ने । 
के खाने ? 
गहुँको चोकर सहितको रोटी , जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला , गाजर, पालुँगो, मूला, करेलाको रस , धनियाका रसमा मिस्रि मिलाएर खाने । पानी धेरै पिउने । हरियो सागसब्जी, सलाद आदि खाने । 
के नखाने ? 
तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि नखाने । 
पायल्समा भोजन एंव पोषण तालिका : 
बिहान ५.३० बजे : पानी २ गिलास, लसुनको केशरा २, ३ वटा खाने ।७.०० बजे : मुनक्का या छोहरा ५० ग्राम (७ छण्टा पानीमा भिजाईएको ) खाने ।
बिहान १०.११ बजे : रातो चामलको भात १०० ग्राम : दाल १० ग्राम (अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो) । 
तरकारी ३०० ग्राम जस्तै सिजन अनुसारको परवर, लोका, करेला, घिरौला हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने । सलाद २०० ग्राम जस्तै काक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु । 
दिउँसो ३.०० बजे : 
कुनै एक– गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फापर, कोदो, मकैको रोटी पनि खान सकिन्छ, अथवा हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक खाने ।
बेलुका ८.०० बजे: 
गहुँको सुख्खा रोटी २, ३ वटा । तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने)नोट : पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने । हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने। खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने ।
नोटः- रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौं । खानामा रोटी, भातको मात्रा २०–४०% र हरियो सागसब्जी+सुपको मात्रा ६०-८०% हुनु जरुरी छ ।

हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन्। पहिलो यौनसम्पर्कको पल सबैका लागि यादगार हुन्छ । मानिस आफ्नो पहिलो यौन सम्र्पकलाई अविस्मरणीय बनाउन चाहन्छन् । तर, पर्याप्त सल्लाह र सीपको अभावका कारण कुरा बिग्रने गर्दछ ।
सानो गल्ती र कमजोरीले पनि जीवनभर पछुतो हुन सक्छ ।



त्यसकारण पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुरा निम्न छन् । कन्डम प्रयोग गर्नु विशेषगरी नवविवाहित दम्पती पहिलो यौनसम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन्, जसकारण उनीहरूले धेरै कुरा ख्याल गर्दैनन् । अधिकांश जोडी जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसकारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई पश्चात्ताप हुन्छ । प्रायः नवविवाहित पहिलो यौनसम्पर्कको अनुभव अनौठो हुन्छ भन्ने ठान्ने गर्छन् । यो अनौठो त हुन्छ नै । तर, कहिलेकाहीँ एउटाको मीठो अनुभव अर्काका लागि पीडादायक पनि हुन सक्छ । त्यसकारण एक-अर्काको सल्लाह र रुचिअनुसार मात्र सम्पर्क गर्नुपर्छ ।

काठमाडौं । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ ।

वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राडा. विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ ।

सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’

उनले कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ ।

यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेह रोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ ।

कलेजोमा बोसो जम्दाको लक्षण 

भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिन सक्छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. विवेक शर्माले कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने, दाहिने कोखामुनि दुख्नु, रातो नसा छालामा देखिन जस्ता लक्षण देखिने बताए ।

उनले कलेजो बिग्रँदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरको अन्य भागबाट रगत आउने, शरीर सुक्दै जाने जस्ता लक्षण देखिने पनि बताए ।

गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खण्डमा बच्चा र आमा दुवैका लागि खतरापूर्ण हुने चिकित्सकको भनाइ छ । डा. शर्मा सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलामा बढी देखिने गरेको बताउँछन् ।

यसरी बच्न सकिन्छ

यो समस्याबाट बच्ने सबैभन्दा मुख्य कुरा जीवनशैली परिवर्तन गर्नु हो । रक्सी सेवन नगर्ने, ताजा र पोषिला खानेकुरा खाने, दिनहुँ व्यायाम गर्ने, मोटोपन भएमा हप्ताको एक पाउण्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउनुपर्ने हुन्छ ।

यसैगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने, हेपाटाइटिस र निमोनिया विरुद्धको खोप लगाउने, डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्न डा. शर्माले सल्लाह दिए । रासस
- See more at: http://www.nepalipatra.com/news/trend/fat-in-liver/9353#sthash.sd8rz9tn.dpuf

मुख धुने काम सबैले दैनिकरुपमा पटक पटक गर्ने काम मध्ये पर्छ । तर दैनिकरुपमा पटक पटक गरिने यो काममा पनि हामीले गल्ती गरिरहेका छौं भन्ने कुरा धेरैलाई ज्ञान हुँदैन ।तपाइँले पनि मुख धुँदा यी गल्ती गरिरहनु भएको त छैन ? 
१ अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।
२ अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ । 
३ ध्यान दिनुस्- जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ । 
४ फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् । 
५ अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।
६ अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।
७ अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।
८ अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् । 
९ अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् । 
१० अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

काठमाडौं, योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ । सन् २००९ मा गरिएको ब्रिटिस अध्ययनको निष्कर्षअनुसार भौतिक रूपमा जी स्पट भन्ने नै हुँदैन । यो त केवल व्यक्तिगत अनुभूति हो । तर, अल्ट्रासाउन्डको प्रयोग गरी गरिएको अर्को अध्ययनमा सम्भोगका बेला चरमोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखाइएको छ । कतिपयले यो क्षेत्रलाई भगांकुरको फैलावट मान्ने गरेको कारण जी स्पटको उत्तेजनापछि चरमोत्कर्ष प्राप्त हुने विश्वास छ । सन् १९८१ मा प्रकाशित एक अध्ययनअनुसार योनीमार्गको अगाडि चलाउँदा जी स्पट क्षेत्रको आकार ५० प्रतिशतले वृद्धि हुनाका साथै चरमोत्कर्षको गहिराइ पनि निकै धेरै हुन्छ । 

त्यसैगरी सन् १९८३ मा गरिएको अर्को अध्ययनमा योनीमार्गको भित्तामा घडीको सुई घुम्ने तवरले चारैतिर क्रमैसँग चलाएर परीक्षण गर्दा अध्ययनमा संलग्न ११ जना महिलामध्ये चारजनामा योनीमार्गको अगाडिपट्टि विशेष संवेदनशील क्षेत्र भेट्टियो । यसैलाई जी स्पटको रूपमा परिभाषित गरियो । जर्मन गाइनोकोलोजिस्ट अर्नस्ट ग्राफेनबर्गका नाममा यसलाई जी स्पट नामाकरण गरियो । कतिपय अनुसन्धानकर्ताले जी स्पट र भगांकुरको उद्गम एउटै मानेका छन् । अर्थात्, योनीमार्गको चरमोत्कर्ष भगांकुरको उत्तेजनाले गर्दा नै हो र भगांकुरको कोष जी स्पट क्षेत्रसम्म पनि पैmलिएको हुन्छ । तर, सन् २०१० मा ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ले जी स्पटलाई अत्यधिक यौन सन्तुष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यभन्दा धेरै टाढा भएको निष्कर्ष निकालेको थियो । जी स्पटको उपस्थिति र अवस्थितिबारे व्यक्तिपिच्छे फरक धारणा हुने गरे पनि उत्तेजनाका बेला सम्बन्धित महिला आपैmँले देखाएको ठाउँ र जी स्पटको उत्तेजनाले महिला स्खलन हुने गरेबाट जी स्पटको निर्धारण गरिन्छ । अल्ट्रासाउन्डको माध्यमबाट महिलामा यौन क्रियाकलापका बेला जी स्पट क्षेत्रमा आउने रासायानिक परिवर्तन अध्ययन गरिएको छ । कतिपयले जी स्पट चलाउँदा भगांकुर चलाउनुभन्दा बढ्ता उत्तेजनात्मक अनुभूति हुने बताए । जी स्पट योनीमार्गको सतहभन्दा करिब एक सेन्टिमिटर तल रहने हुनाले यसको उत्तेजनाका लागि कडा वस्तु (औँला वा पुरुष लिंग) ले अलि दबाउनुपर्ने बताए । 

जी स्पट उत्तेजनाका लागि अचेल यौन खेलौना पनि उपलब्ध छन् । विशेष तरिकाले डिजाइन गरिएका भाइब्रेटरजडित यस्ता खेलौना (जी स्पट भाइब्रेटर) कडा प्लास्टिक, रबर, सिलिकनबाट निर्मित हुन्छ । व्यक्तिपिच्छे विविधताले गर्दा जी स्पट भाइब्रेटर योनीमार्गको कति भित्र पठाउनुपर्छ त्यसमा पनि भिन्नता भने छ । यौन विशेषज्ञका अनुसार महिलाले जी स्पटको अनुभव नगर्नु समान्य हो । तर, कतिपयले भने जी स्पटको संवेदनशीलता बढाउन प्लास्टिक सर्जरी नै गराउने गरेका छन् । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरूको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ । सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् । एकदुईचोटिमै ‘जी स्पट’ पत्ता लगाउन गाह्रो पर्ला । तपाईंकी पार्टनरसँग खुलेर कुरा गर्नुभयो भने यो पत्ता लगाउन सकिन्छ र पार्टनरलाई पूर्ण यौनसन्तुष्टि दिन तपाईं सफल हुुनुहुनेछ । नागरिकन्युजबाट 
अनुसन्धानकर्ताले लामो तथा छोटो आकारका लिङ्गका विषयमा अनुसन्धान गरे












लिङ्गको औसत आकार के हो त ? निकै समयसम्म अनुत्तरित यस प्रश्नको हाल वैज्ञानिक उत्तर फेला परेको छ । विश्वका १५ हजार भन्दा बढी लिङ्गमा विश्लेषण गरेपछि अनुसन्धाकर्ताहरूले उत्तेजित अवस्थामा लिङ्ग औसतमा १३.१२ सेन्टिमिटर (५.१६ इन्च) लामो हुनुपर्ने तथा यसको मोटाइको बाहिरी घेरा औसतमा ११.६६ सेन्टिमिटर हुनुपर्ने धारणा राखेका छन् । शिथिल अवस्थामा लिङ्ग औसतमा ९.१६ सेन्टिमिटर लामो हुनुपर्ने र त्यसको मोटाइको बाहिरी घेरा औसतमा ९.३१ सेन्टिमिटर हुनुपर्ने धारणा राखिएको छ । यस अनुसन्धानमा सहभागीले आफ्नो लिङ्गको मापन पेशागत व्यक्तिबाट गराएका थिए भने बेलायती अनुसन्धानकर्ताहरूले यसरी अफ्नो तथ्याङ्क सङ्कलन गरेका थिए । उनीहरूले बहुङ्ख्यक पुरुषले आफ्नो लिङ्गको आकार औसत भएको फेला पार्ने बताएका छन् । यस समूहले यसपछि यी तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरेका छन् र ‘लिङ्ग सानो भयो भनी चिन्ता गर्ने’ व्यक्तिलाई परामर्श दिन चिकित्सकले यस विश्लेषणलाई प्रयोग गर्नसक्ने बताइएको छ । यस्ता विषयमा धेरै चिन्ता गर्ने पुरुषमा ‘बडी डिसमोर्फिक डिसअर्डर’ हुनसक्ने बताइएको छ । यस्तो दुर्बल मानसिक अवस्थामा पुरुषमा असामाजिक व्यवहार, उदासीपना तथा आत्महत्याको प्रवृत्ति देखापर्नसक्ने बताइएको छ । वास्तवमा केबल २.२८ प्रतिशत पुरुष जनसङ्ख्यामा असमान्य रूपमा सानो लिङ्ग हुने यस अध्ययनमा देखिएको छ । यसै गरी यस्तै प्रतिशतमा असामान्य रूपमा ठूलो लिङ्ग हुने पनि यस अध्ययनमा देखिएको छ । यस अध्ययनमा १७ वर्षदेखि ९१ वर्षका पुरुष सहभागी भएका छन् । उनीहरूले युरोप, एसिया, अफ्रिका तथा अमेरिकामा यसअघि गरिएका २० अध्ययनमा भाग लिएका थिए र आफ्नो लिङ्गको मापन गरेका थिए । यस अध्ययनमा जातिको आधारमा लिङ्गको आकार फरक परेको प्रमाण फेला नपरेको बताइएको छ । यस अध्ययनमा भाग लिने प्रायः व्यक्ति युरोपेली तथा मध्यपूर्वी भागबाट आएका व्यक्ति भएकाले यस तथ्याङ्कमा पूर्ण तुलना गर्न नसकिएको बताइएको छ । यसै गरी अनुसन्धाकर्ताहरूले पुरुषको खुट्टाको आकार तथा उसको लिङ्गको आकारमा कुनै पनि सम्बन्ध फेला नपरेको बताइएको छ । सामान्य व्यक्तिभन्दा आफ्नो लिङ्गको आकार ठूलो भएको कुरामा विश्वस्त भएका पुरुषले मात्र यस अध्ययनमा भाग लिएको हुनसक्ने सम्भावनाका कारण यो अनुसन्धान केही हदसम्म उनीहरूतर्फ ढल्केको हुनसक्ने अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन् । यस अध्ययन समूहले आफ्नो अनुसन्धानात्मक लेख मूत्रविज्ञानसम्बन्धी पत्रिका ‘बीजेयु इन्टरनेसनल’ मा प्रकाशित भएको बताएका छन् । उनीहरूले लिङ्गको लम्बाइ तथा मोटाइका विषयमा हालसम्मका सबै तथ्याङ्कलाई यस अध्ययनमा पहिलोपटक एकीकृत गरिएको दाबी गरेका छन् । यस सूचनालाई आफ्नो लिङ्गको आकारका विषयमा चिन्ता गर्ने व्यक्तिलाई आश्वस्त बनाउन उपयोग गर्न सकिने बताइएको छ । अर्कोतिर आफूले असाधारण रूपमा ठूलो लिङ्ग पाएको भनी घमन्ड गर्ने व्यक्तिलाई यस अध्ययनले निराश पार्नसक्ने पनि अनुमान गरिएको छ । यस अध्ययनका कारण पुरुषलाई आफूलाई आवश्यक पर्ने आकारको कन्डम प्राप्त गर्न चिकित्सकले सहयोग गर्नसक्ने पनि अनुमान गरिएको छ । 

३० भदौ, काठमाडौं । अहिले पनि उपचार नपाएर वा खर्च नभएर मृत्यु भएको खबरले बेला-बेला सबैलाई रुवाउँछ । सरकारले गम्भिर प्रकृतिका रोगको उपचारमा सहयोग गर्ने नीति लिएको छ ।

तर, जानकारीको अभावमा वास्तविक पीडितले लाभ लिन सकेका छैनन् । बरु हुनेखाने र टाठाबाठाले नै पहुँचको प्रयोग गरेर उपचार खर्च लिने गरेको बेला-बेला सार्वजनिक हुँदै आएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदमार्फत देशवासीलाई सम्बोधन गर्दै विभिन्न आठ प्रकारका रोगको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् ।

तर, कुन-कुन रोगमा कति शुल्क छुट हो वा कुन अस्पतालमा गए निःशुल्क उपचार पाइन्छ ? यसका लागि के आवश्यक पर्छ जस्ता कुरा भनिएको छैन ।

कुन-कुन हुन् आठ रोग ?

सरकारले निःशुल्क उपचार गर्न सक्ने भनेर घोषणा गरेको आठ रोगमा मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया पर्छन् । जसको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्न सकिन्छ ।

स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने मनसायका अनुसार यो व्यवस्था गरिएको हो

स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने मनसायका अनुसार यो व्यवस्था गरिएको हो । यसअघिका सरकारले पनि सहयोग गर्दै आएका थिए, जसलाई अहिले अझ विस्तार गरिएको छ ।

सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष ०७० सालदेखि ०७२/७३ सम्म झण्डै २८ हजार ६ सय ७ जनाले यो सेवा लिइसकेका छन् ।

स्वास्थ्य सेवा विभाग विपन्न इकाईका अनुसार आर्थिक वर्ष ०७०/७१ करिब १० हजार ८२८ जनाले विभिन्न अस्पताल मार्फत यो सेवा लिइसकेका छन् । आर्थिक वर्ष ०७१/७२ मा ७ हजार ७४९ जनाले र आर्थिक वर्ष ०७२/७३ मा १० हजार ३२० जनाले यो सेवा लिइसकेका छन् ।

के-के आवश्यक पर्छ सुविधा लिन ?

सरकारले खासगरी विपन्न वर्गका मानिसका लागि निःशुल्क उपचार गर्ने अवधारणा ल्याएको हो । र, यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने स्वास्थ्य सेवा विभाग विपन्न इकाईले जनाएको छ । तीन महिना, ६ महिना वा नौ महिना खानै नपाउने तथा न्युन आयस्रोत भएका व्यक्तिका आधारमा विपन्न वर्ग भए-नभएको तय गरिनेछ । यद्यपि हुनेखानेले नै विपन्न बनेर यो सेवा नलिएका भने होइनन् ।

मापदण्ड यस प्रकार छन्ः
·      अनिवार्य ‘विपन्न वर्ग’ हुनपर्छ ।
·      सम्बन्धित वडा तथा गाउँ विकास समिति -गाविस)मा ‘विपन्न भएकाले आर्थिक सहयोग पाउँ’ भनी गाविसमा एउटा निवेदन दिनुपर्छ ।

·      उक्त निवेदनको आधारमा गाविसले जिल्लामा उक्त रोग निदानका लागि सिफारिस गरिदिन्छ ।
सोही सिफारिसका आधारमा जिल्ला विकास कार्यालयमा विपन्न वर्गका लागि बनाइएको समितिले उक्त रोगको निदानका लागि कागज बनाइदिन्छ । त्यसका लागि व्यक्तिले निवेदनसहित दुई वटा फोटो तथा नागरिकताको फोटो कपी, चिकित्सकले दिएको रिपोर्ट तथा गाविसले दिएको सिफारिस पत्र जिल्लामा पेश गर्नुपर्छ ।

उक्त पत्रकै आधामा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, समाजसेवी, उपचारमा संलग्न चिकित्सक, जनस्वास्थ्य अधिकृत, अस्पताल प्रमुख लगायतका व्यक्तिको उपस्थितमा बसेको बैठकले ‘उक्त व्यक्ति विपन्न वर्गको हो’ भनेर प्रमाणित गरेपछि उपचारका लागि सम्बन्धित अस्पताललाई सिफारिस गर्छ ।

सिफारिसका लागि व्यक्तिले आफ्नो पायक पर्ने अस्पतालको नामसहित उपचार लिन चाहेको रोगको विवरण खुलाउनुपर्छ । त्यसकै आधारमा बैठकले माइनुटिङ गरी सम्बन्धि अस्पताललाई पत्र लेख्दछ ।

त्यसरी पत्र लेख्दा विरामीले सिधै सो अस्पतालबाट तोकिएको रकम बराबरको सेवा लिन सक्नेछन् ।

कुन अस्पतालमा कुन रोगको उपचार ?

सरकारले निःशुल्क घोषणा गरेको रोगको उपचारका लागि सरकारी अस्पतालहरु समेत तोकिएको छ ।

क्यान्सर रोगको उपचार हुने अस्पतालहरु

·      क्यान्सर केयर अस्पताल, जाउलाखेल
·      भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
·      भरतपुर क्यान्सर अस्पताल, चितवन
·      कान्ति बाल अस्पताल, काठमाडौं

प्रसुति गृह, (महिलालाई हुने क्यान्सर रोग सम्बन्धि उपचारका लागि)

·      वीर अस्पताल, काठमाडौं
·      त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
·      पाटन अस्पताल, ललितपुर
·      वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
·      सिभिल अस्पताल, नयाँ बानेश्वर

मिर्गौला रोगको उपचार हुने अस्पतालहरु

·      वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
·       वीर अस्पताल, काठमाडौं
·      त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
·       पाटन अस्पताल, ललितपुर

मुटु रोगको उपचार हुने अस्पतालहरुः

·      वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
·      वीर अस्पताल, काठमाडौं
·      त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
·      पाटन अस्पताल, ललितपुर
·      शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी
·      मनमोहन कार्डियाक अस्पताल, काठमाडौं ।

सिकलसेल रोगको उपचार हुने अस्पतालहरू

·      नवलपरासी जिल्ला अस्पताल
·      बुटवल अञ्चल अस्पताल, बुटवल
·      कपिलबस्तु अञ्चल अस्पताल
·      घोराही उपक्षेत्रीय अस्पताल, दाङ
·      भेरी अञ्चल अस्पताल, बाँके
·      धनगढी अञ्चल अस्पताल, कैलाली
·      गुलरिया जिल्ला अस्पताल, वर्दिया
·      महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर

हेड इन्जुरी, स्पाइनल इन्जुरी (टाउको र मेरुदण्डको समस्या)

·      वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
·      वीर अस्पताल, काठमाडौं
·      त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
·      पाटन अस्पताल, ललितपुर

अन्य जुनसुकै अस्पतालबाट उपचार गर्न सकिन्छ । तर उपचारका क्रममा कुनै न कुनै रुपमा तोकिएको अस्पतालबाट उपचार गराएको हुनै पर्छ ।

पार्किन्सन्स, अल्जाइमर

·      वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
·      वीर अस्पताल, काठमाडौं
·      त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
·      पाटन अस्पताल, ललितपुर

यदि पायक पर्ने अस्पतालमा शैया नपाएमा वा विभिन्न कारणवस त्यहाँ भर्ना हुन नपााएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिन्छ ।

सरकारले घोषणा गर्दा आठ प्रकारको रोगलाई निःशुल्क भनेको छ । तर, उपचारका क्रममा लाग्ने सबै खर्च भने सरकारले व्यहोर्ने होइन

यसरी सिफारिस गरिएका अस्पतालमा विरामीले उपचार लिए वापत उक्त अस्पतालले विभागमा माग सोध भर्ना गरी उपचारमा खर्च भएको शुल्क उठाउने गर्छ । त्यस्ता अस्पतालले प्रत्येक महिना अस्पतालमा भर्ना भएका वा उपचार लिएका विरामीको संख्याका आधारमा विभागसित रकम उठाउने गर्दै आएको छ ।

त्यसका लागि विभागले अर्थ, गृह र स्वास्थ्य सचिव, विभागका निर्देशक, लगायतका पदाधकारीसित बैठक बसेर रकम निर्धारण गरी मात्र अस्पतालले माग गरेको रकम दिने गर्दछ ।

त्यसबाहेक कतिपय विरामीलाई आवश्यकता अनुसार अचानक उपचार गराउनु परेको खण्डमा सो अस्पतालमा गरेको उपचारको आर्थिक विवरण लिएर विभागमा गएको खण्डमा विभागले अन्य अस्पताललाई सिफारिस समेत गर्दै आएको छ ।

यदि विपन्न बर्गमा पर्ने तर, उपचारका क्रममा त्यसका लागि अवश्यक पर्ने कागज पत्र र सिफारिस नभएमा आफू बिपन्नमा पर्ने कुरा सम्वन्धित अस्पताललाई समयमै जानकारी गराउनुपर्छ । र, अस्पतालले डिस्चार्ज गर्नु अघि नै आवश्यक प्रक्रिया मिलाउन समय दिइनेछ । यस्तो समय समान्यतया ५ दिनसम्मको दिने प्रचलन छ ।

सबै उपचार निःशुल्क हो ?

सरकारले घोषणा गर्दा आठ प्रकारको रोगलाई निःशुल्क भनेको छ । तर, उपचारका क्रममा लाग्ने सबै खर्च भने सरकारले व्यहोर्ने होइन ।

स्वास्थ्य सेवा विभाग अन्तरगतको विपन्न इकाईका जनस्वास्थ्य अधिकृत दयाराम न्यौपानेका अनुसार आठ प्रकारकै रोगमा सरकारले एक लाख रुपैयाँसम्म उपचार निःशुल्क गर्ने हो ।

बाँकी रकम भने विरामी र उनका परिवारले नै व्यहोर्नु पर्नेछ । यद्यपि उपचार खर्च नै व्यहोर्न नसक्नेहरुको हकमा ५ लाखसम्म सरकारले व्यहोर्ने व्यवस्था पनि छ । तर, यसका लागि यसअघि अपनाएको प्रक्रिया पर्याप्त हुँदैन ।

एक लाख भन्दा माथिको उपचारको हकमा विभागले संसद तथा मन्त्रालयमा थप उपचार खर्चका लागि सिफारिस गर्छ । र, त्यहाँबाट स्वीकृत भएमा मन्त्रिपरिषदबाट निर्णय गराएर उपचार खर्च दिने प्रचलन छ ।

डाइलोसिस भने आजीवन निःशुल्क

सरकारले पछिल्लो समय मिर्गौला रोगबाट पीडित भएकाहरुलाई हप्तामा दुई पटक निःशुल्क डाइलोसिस सुविधा दिँदै आएको थियो । अब भने यो सातामा तीनपटक नै बनाइएको छ ।

जस अन्तर्गत दुवै मिर्गौला फेल भएका मानिसहरुले दुई वर्षमा झण्डै २०८ साइकल (पटक) डाइलोसिस गराउन पाउँथे । यो भनेको झण्डै आठ लाख बीस हजार बराबरको उपचार शुल्क हो । अहिले प्रचण्ड नेतृत्वको सरकारले यो सेवा आजीवन निःशुल्क बनाएको छ र अब दुवै मिर्गौला फेल भएका विरामीले तोकिएको कुनै पनि अस्पतालबाट आजीवन यो सुविधा उपभोग गर्न सक्नेछन् ।

तर, त्यो सम्पन्न परिवारका लागि नभई विपन्न वर्गका लागिमात्र भएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, विपन्न इकाईका जनस्वास्थ्य अधिकृत न्यौपाने बताएका छन् ।

काठमाडौं, योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ । सन् २००९ मा गरिएको ब्रिटिस अध्ययनको निष्कर्षअनुसार भौतिक रूपमा जी स्पट भन्ने नै हुँदैन । यो त केवल व्यक्तिगत अनुभूति हो । तर, अल्ट्रासाउन्डको प्रयोग गरी गरिएको अर्को अध्ययनमा सम्भोगका बेला चरमोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखाइएको छ । कतिपयले यो क्षेत्रलाई भगांकुरको फैलावट मान्ने गरेको कारण जी स्पटको उत्तेजनापछि चरमोत्कर्ष प्राप्त हुने विश्वास छ । सन् १९८१ मा प्रकाशित एक अध्ययनअनुसार योनीमार्गको अगाडि चलाउँदा जी स्पट क्षेत्रको आकार ५० प्रतिशतले वृद्धि हुनाका साथै चरमोत्कर्षको गहिराइ पनि निकै धेरै हुन्छ । 

त्यसैगरी सन् १९८३ मा गरिएको अर्को अध्ययनमा योनीमार्गको भित्तामा घडीको सुई घुम्ने तवरले चारैतिर क्रमैसँग चलाएर परीक्षण गर्दा अध्ययनमा संलग्न ११ जना महिलामध्ये चारजनामा योनीमार्गको अगाडिपट्टि विशेष संवेदनशील क्षेत्र भेट्टियो । यसैलाई जी स्पटको रूपमा परिभाषित गरियो । जर्मन गाइनोकोलोजिस्ट अर्नस्ट ग्राफेनबर्गका नाममा यसलाई जी स्पट नामाकरण गरियो । कतिपय अनुसन्धानकर्ताले जी स्पट र भगांकुरको उद्गम एउटै मानेका छन् । अर्थात्, योनीमार्गको चरमोत्कर्ष भगांकुरको उत्तेजनाले गर्दा नै हो र भगांकुरको कोष जी स्पट क्षेत्रसम्म पनि पैmलिएको हुन्छ । तर, सन् २०१० मा ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ले जी स्पटलाई अत्यधिक यौन सन्तुष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यभन्दा धेरै टाढा भएको निष्कर्ष निकालेको थियो । जी स्पटको उपस्थिति र अवस्थितिबारे व्यक्तिपिच्छे फरक धारणा हुने गरे पनि उत्तेजनाका बेला सम्बन्धित महिला आपैmँले देखाएको ठाउँ र जी स्पटको उत्तेजनाले महिला स्खलन हुने गरेबाट जी स्पटको निर्धारण गरिन्छ । अल्ट्रासाउन्डको माध्यमबाट महिलामा यौन क्रियाकलापका बेला जी स्पट क्षेत्रमा आउने रासायानिक परिवर्तन अध्ययन गरिएको छ । कतिपयले जी स्पट चलाउँदा भगांकुर चलाउनुभन्दा बढ्ता उत्तेजनात्मक अनुभूति हुने बताए । जी स्पट योनीमार्गको सतहभन्दा करिब एक सेन्टिमिटर तल रहने हुनाले यसको उत्तेजनाका लागि कडा वस्तु (औँला वा पुरुष लिंग) ले अलि दबाउनुपर्ने बताए । 

जी स्पट उत्तेजनाका लागि अचेल यौन खेलौना पनि उपलब्ध छन् । विशेष तरिकाले डिजाइन गरिएका भाइब्रेटरजडित यस्ता खेलौना (जी स्पट भाइब्रेटर) कडा प्लास्टिक, रबर, सिलिकनबाट निर्मित हुन्छ । व्यक्तिपिच्छे विविधताले गर्दा जी स्पट भाइब्रेटर योनीमार्गको कति भित्र पठाउनुपर्छ त्यसमा पनि भिन्नता भने छ । यौन विशेषज्ञका अनुसार महिलाले जी स्पटको अनुभव नगर्नु समान्य हो । तर, कतिपयले भने जी स्पटको संवेदनशीलता बढाउन प्लास्टिक सर्जरी नै गराउने गरेका छन् । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरूको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ । सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् । एकदुईचोटिमै ‘जी स्पट’ पत्ता लगाउन गाह्रो पर्ला । तपाईंकी पार्टनरसँग खुलेर कुरा गर्नुभयो भने यो पत्ता लगाउन सकिन्छ र पार्टनरलाई पूर्ण यौनसन्तुष्टि दिन तपाईं सफल हुुनुहुनेछ । नागरिकन्युजबाट 

एजेन्सी । सामान्यतः हामीले खानालाई दोश्रो पटक तताएर खाने गर्छौं । हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ ।
तर यस्तो बानी छ भने अब सावधान हुनुहोस् । अध्यनले कतिपय खाना दोश्रो पटक तताउनु घातक हुने देखाएको छ । तताउँदा यस्ता खाने कुरामा रहेको पोषक तत्व नष्ट हुने गर्छ । त्यस्तै दोश्रो पटक तताउँदा खानेकुरामा विषाक्ता बढ्ने समेत खतरा हुन्छ ।

१. खाना


खानालाई दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । यसबाट फुड पोइजनिङको खतरा हुन्छ ।

२. आलुको परिकार

आलुको परिकार पनि दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । आलु पकाउने सबैभन्दा राम्रो तरिका उमाल्नु हो ।

३. पालक
पालकको साग पनि एक पटक पकाइसकेपछि पुन तताउनु हुँदैन । यसलाई तताउँदा यसमा क्यान्सर बनाउने तत्व पैदा हुन्छ ।

४. कुखुराको मासु
कुखुराको मासु प्रोटिनयुक्त खाना हो । यसलाई दोश्रो पटक तताउँदा पाचन सम्बन्धि समस्या आउन सक्छ । रहेको कुखुराको मासुलाई सलाद वा अन्य कुरासँग मिसाएर नतताइ खाने गर्नुस् ।

५. मशरुम
च्याउ पनि तताए खान नहुने खानेकुरमा पर्छ । दोश्रो पटक तताउँदा च्याउमा रहेको प्रोटिन नष्ट हुन्छ ।



काठमाडौं । वीर्य शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले यस्तो स्थितिमा अनावश्यक रूपमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपाय :

१. यौनसम्पर्क रोक्न–सुरु गर्ने : यौन सम्पर्कका क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केहीबेर यौन क्रिडा रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।

२. आसन परिवर्तन : लोग्ने मान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्रस्खलनलाई कम गर्न मदत पुग्छ ।

३. लिङ्ग अँठ्याउने : स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । केहीबेरमा यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रिडा सुरु गर्ने ।

४. कन्डम प्रयोग गर्ने : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

५. मांसपेशी प्रयोग गर्ने : पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा हुन्छ ।

६. औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । Benzocaine तथा Lidocaine जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

७. वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भए पछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहार्‍याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क अर्थात् लिङ्ग योनिमा पसाउने कार्य नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पछि यो क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने अनि विस्तारै–विस्तारै यौन क्रियाकलापलाई अघि बढाउने । यो प्रक्रियामा निकै समय र पर्याप्त धैर्यता आवश्यक हुने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास लाभदायक सावित हुनसक्छ ।
सेक्स एउटा यस्तो कुरा हो जहाँ दुई जना व्यक्ति एक हुनेगर्छन् । आफ्ना माया दर्शाउने र आनन्दको अनुभुत गराउने सेक्सको प्रमुख भुमिका रहेको हुन्छ ।

तर, यौन सम्बन्ध बनाउने क्रममा धेरै पुरुषहरुले आफ्नी श्रीमतीलाई सन्तुष्ट पार्न सक्दैनन् । उनीहरु लामो समयसम्म सेक्स गर्न चाहान्छन् तर असक्षम रहनछन् । यही चिन्ताका कारण पनि उनीहरुको सेक्स लाइफ राम्रो बन्न सक्दैन ।

पुरुषहरुको लागि लामो समय सेक्स गर्न लागि केही टिप्सहरु रहेका छन् । यस टिप्सहरु पालाना गर्न सकेमा पुरुषहरुले शिघ्र स्खलन हुने समस्याबाट मुक्त हुन सक्छन् । लामो समय विर्य धारण गर्न पनि पुरुषहरुलाई यी टिप्सहरुले मदत गर्छन् ।

१. शान्त रहनुहोस्

सेक्सका बखत नआत्तिनुहोस् । सेक्सका लागि पुर्ण तयार भएर बस्नुहोस् । शीघ्रपतन मानसिक समस्या हो । यस कारण पनि शान्त रहनु जरुरी छ । यस समस्यालाई हटाउन सक्नु भएमा लामो समय सेक्स गर्न सकिन्छ ।

२. रोमान्स गर्ने

धेरै पुरुष सोझै सेक्सका लागि हामफाल्छन् । तर, रोमान्सको महत्व सेक्स दौरान प्रमुख रहन्छ । रोमान्स गर्दा दुवैजनाले एकअर्कालाई सहज रुपमा लिने वातावरण निर्माण हुन्छ ।

३. रक्सी तथा चुरोटको सेवन बन्द गर्नुहोस्

धेरै रक्सी र चुरोट सेवनका कारण यौन सम्बन्धमा समस्या खडा हुने गर्छ । लामो समयसम्म सेक्स गर्ने क्षमतामा यसले कमी ल्याउने गर्छ ।

४. कण्डमको प्रयोग गर्नुहोस्

ज्यादातर पुरुषहरु कण्डोम प्रयोग गर्न हिचकिचाउने गर्छन् । तर, कण्डमको प्रयोगले लामो समयसम्म सेक्स गर्न सकिन्छ । यसले सुरक्षित सेक्स गर्न पनि मदत गर्छ ।

५. नियमित व्यायाम गर्नुपर्छ

राम्रो सेक्सको लागि दैनिक व्यायाम गर्नु अत्यन्त फलदायी हुन्छ । यसले शरिरलाई स्वस्थ राख्नुको साथै, सेक्स परफर्मनेसमा पनि उत्तिकै मदत गर्छ ।

६. पोजीशन बदलिरहनुपर्छ

एउटा अध्ययनमा भनिएको छ सेक्स पोजिशन फेरि फेरि सेक्स गर्दा सेक्स लाइफ अत्यन्त रोमान्टिक हुन्छ ।

७. स्टप–स्टाट टेकनिक अपानाउनु पर्छ

सेक्स गर्ने क्रममा केही छिन सेक्स गर्ने रोकिने र पुन सेक्स गर्ने सुरु गर्नुहुन्छ । यसो गर्दा लामो समय सेक्स गर्न र आनन्द लिन सकिन्छ ।


एजेन्सी । मानिसहरु कुनै न कुनै समयमा विरामी परिरहेका हुन्छ । कतिपयले सामान्य रुघाखोकी लाग्दा पनि औषधी सेवन गर्छन भने कतिपयको रोगले नगाल्दासम्म औषधी सेवन गर्ने स्वभाव हुँदैन । तर, औषधी सेवन गर्नुअघि भने ध्यान पुर्याउनु पर्ने हुन्छ ।

प्राय मानिसहरु औषधी सेवन गर्दा ध्यान पुर्याउदैनन् । औषधी खाने बेलाभएपछि आफूसँग जे उपलब्ध छ उही चिजसँग औषधी सेवन गरेको पनि अक्सर भेटिने गर्छ । अझ कतिपय अवस्थामा त औषधीमात्रै पनि सेवन गरिरहेका भेटिन्छन् ।

तर त्यसरी जे पायो त्यही चिजसँग औषधी सेवन गर्नु स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुको सल्लाहविना औषधी सेवन गर्दा रोग बल्झिनेमात्र नभई ज्यानजाने समेतको खतरा हुन सक्ने चिकित्सकहरुले औल्यांएका छन् । 

यी चिजसँग विर्सेरपनि औषधी सेवन नगर्नुस्

– मदिरासँग औषधी सेवन कहिल्यै नगर्नुस् । 
–जुस तथा अन्य पेयपदार्थसँग औषधी सेवन गर्नुलाइ पनि राम्रो मानिदैन
–धेरै तातो पानीसँग औषधी सेवन गर्नुहुँदैन । धेरै तातो पानीले औषधीको गुणस्तर घटाउन सक्ने भएकाले औधी तातोपानीसँग औषधीसेवन नगर्न चिकित्सकहरु सल्लाह दिन्छन् । 
–धेरै चिसो पानीसँग पनि औषधी सेवन गर्नुलाई राम्रो मानिदैन । 
–धेरै चिसो नभएको वा मन तातो पानीसँग औषधी सेवन गर्नु राम्रो हुन्छ । 
–रोगको प्रकृति हेरेर कतिपय अवस्थामा दूधसँग पनि औषधी सेवन गर्न चिकित्सकले सल्लाह दिएको पाइन्छ । तर, कुनैपनि औषधी सेवन गर्नुअगाडि त्यो औषधी के सँग खाने, कसरी खाने भन्ने विषयमा चिकित्सकसँग अनिवार्य सल्लाह लिनुहोला । चिकित्सकको सल्लाहबमोजिम मनपरी औषधी सेवन कहिल्यै पनि सेवन गर्नुहुँदैन ।


सबैले आ– आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । तर यो कसरी बढ्छ मागेर कि घोकेर ? पढेर ? परिश्रम गरेर ? यो जन्मजात गुण हो कि आर्जित ? यस्ता प्रश्नहरू मनमा उठ्छ नै । कुनै पनि व्यक्तिको स्मरण शक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मानिसले चाहेको खण्डमा यसलाई बढाउन वा सुधार्न सकिन्छ ।
मनको कल्पना र पुनः स्मरण गर्ने शैलीः

स्मरणमा शक्ति राम्रो भएका व्यक्तिहरूमा यो गुण हुन्छ, यो विधिअनुसार स्मरण गर्दा स्मरण गर्नुपर्ने कुरालाई कुनै विषयसँग वा घटनासँग अन्तरसम्बन्ध कायम गरिन्छ । जस्तैः शरीरका भागहरू बाटो, रूखका भागहरू आदिसँग स्मरण गर्नुपर्ने कुराका बुँदाहरू अन्तरसम्बन्ध गराइन्छ । मानौं एउटा पाठमा भएका दसवटा चीजको नाम घोक्नुपर्ने छ । यस्तो अवस्थामा ती दसवटा नाम शरीरका अङ्गहरूमध्ये दसवटा नामाकरण गर्ने ?आँखा न्युटन, मुख हेनरी, अनि शरीरका अङ्गहरूको नाम अनुसार ती चीजहरूको नाम स्मरण गर्न सकिन्छ ।

रुसमा एक जना सम्वाददाता थिए जसले यो विधिअनुसार हजारौं संख्यात्मक सूत्रहरू वषार्सम्म कन्ठ भन्न सक्थे । आफूलाई सजिलो हुने प्रकारले यो विविधअनुसार स्मरण राम्रो बनाउँदै जानुपर्छ ।

सुसंगठन गर्ने वानी, स्मरण प्रक्रिया, एउटा लुगा बुन्ने तानझैं हुन्छ । यसलाई जति राम्रो बुन्यो, मिलायो, खाँद्यो, कपडा त्यति नै राम्रो र बलियो हुन्छ । स्मरण पनि ठीक त्यस्तै हो । यसलाई मिलाउने र खाँद्ने काम विद्यार्थीको हो । जस्तैः ३० प्रकारका नाम घोक्नु वा स्मरण गर्नु छ भने ती नामहरू लहरै घोक्नुभन्दा सुसंगठन गरेर जस्तैः धातु एकातिर, पशु एकातिर, पक्षी एकातिर छुटयाएर घोकेमा स्मरण राख्न सजिलो हुन्छ ।

धेरै बुँदा स्मरण गर्नुपर्दा तिनीहरूको अघिल्लो अक्षरबाट आफूलाई मन पर्ने गीत, नक्सा कविता वा कुनै नौलो नाम बनाई पढे स्मरण दीर्घ हुन्छ ।

कन्ठ गर्ने र अभ्यास गर्नेः

यो विधि अनुसार पढ्दा ८० प्रतिशतसम्म स्मरण भएको कुरा अनुसन्धानहरूबाट पुष्टि भएको छ । स्मरण बढाउन यो एउटा राम्रो विधि हो । कुनै कुरा पढ्दै जाँदा वा पढिसकेपछि त्यसलाई कन्ठ भन्ने र अभ्यास गर्ने काम गर्नुपर्छ । जति धेरै अभ्यास र्गयो स्मरण त्यति नै बलियो हुँदैजान्छ । कतिपय विद्यार्थीले पढ्ने र दोर्होयाउने काम लेखेर गर्छन् । यो पनि राम्रो विधि हो ।

बढी सिकाइ

कुनै पनि कुराको दीर्घकालीन स्मरण राख्न त्यसलाई पटक–पटक पढ्नु र दोर्होयाइरहनुपर्छ । बिनापरिश्रम जान्ने बन्न खोज्नु मूर्खता हो । जहाँ मानिसको बल, बुद्धि, परिश्रम र रुपैया–पैसाको लगानी हुन्छ, त्यहाँ अवश्य सफलता मिल्छ ।

अभिरुचि र सकारात्मक धारणा

आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन र परिमार्जन गरी जुनसुकै विषय पनि सुरुचिका साथ पढनुपर्छ । यसका साथै आफूमा भएका नकारात्मक धारणाहरू जस्तैः म कमजोर छु, मेरो स्मरण शक्ति राम्रो छैन, पढेर पनि बुभिदैन, पढ्न सक्दिन जस्ता विचारहरू हटाई म केही गर्न सक्छु र ममा त्यो खुबी छ भन्ने मनोबल लिएर पढ्ने बानी बसाल्नुपर्छ । यसले स्मरण शक्ति बढ्दै जान्छ । जुनसुकै विषय पढ्दा पनि सुरुचि र सकारात्मक धारणा हुनु आवश्यक छ ।

प्रतिफल वा इनाम

मानिसले गर्ने हरेक काममा स्वार्थ जोडिएको हुन्छ । जुन काम गरेर राम्रो र बढी प्रतिफल पाइन्छ, मानिसले त्यही काम गर्छ वा गर्न चाहन्छ । इनामले केटाकेटीहरूलाई मात्र होइन सबै उमेरका व्यक्तिलाई आकर्षण गर्छ । इनाम उमेरअनुसार फरक–फरक हुन्छन् । जस्तैः खेलौना, बिस्कुट, राम्रो कलम, लुगा, घर–जग्गा, सम्पत्ति, राम्रो नाम, इज्जत, परोपकार, सेवा आदि तर उमेर पुगेपछि आफै प्रेरित भै असल र सत्य कुरा पाउनेछु भन्ने विचारका साथ अघि बढ्नुपर्छ ।

शारीरिक स्वास्थ्य
स्मरण शक्ति बढाउन शरीर स्वास्थ राख्नुपर्छ । शरीर स्वस्थ राख्न खानपान , बानी– व्याबहार तथा रहनसहनले पनि ठुलो भुमिका खेल्छ । स्वस्थ शरीरले मात्र परिश्रम गर्न सक्छ । ध्यान दिन सक्छ र बुद्धी प्रयोग गर्न सक्छ । रोगी र अस्वास्थ व्यक्तिले परिश्रम गर्न सक्दैन । कमजोर व्यक्तिको ध्यान अध्ययन भन्दा शरीरमै केन्द्रीत हुन्छ ।

अठोट :

यो एउटा मनोवैज्ञानिक बल हो । जहाँ मनोबल र दृढ इच्छा हुन्छ त्यहाँ सफलता पनि हुन्छ । किनभने दृढ इच्छा भएका व्यक्तिहरूले त्यसैअनुसार मेहनत पनि गर्छन् । तर यस्तो लक्ष्य वा अठोट धेरै व्यक्तिमा हुँदैन । प्रेरणा पाएका वा चोट परेका व्यक्तिहरूले यस्तो निर्दिष्ट अठोट लिएका हुन्छन् तर पनि अन्त्यसम्म थोरै व्यक्ति मात्र स्थिर रहन्छन् । किनभने धेरैले बीचमा पुगेर हरेस खान्छन् । बाटो छोड्छन् र लड्छन् । यदि तपाईंमा स्मरण बढाउँछु भन्ने अठोट छैन भने अब यसका निम्ति पनि अठोट गर्नुहोस् ।

लक्ष्यः

जीवनमा लक्ष्य हुनुपर्छ । लक्ष्यले मानिसलाई लगनशील बनाउँछ । लक्ष्य बनाउँदा वा राख्दा अरू थुप्रै कुराहरूमा पनि ध्यान दिनुपर्छ, जस्तैः आफ्नो खुबी, समय, परिस्थिति र कमजोरीहरू, जब कुनै लक्ष्य राख्नुहुन्छ तब त्यसलाई पूरा पनि गर्नुहोस् । किनभने कुनै पनि काम प्रारम्भ गरेर पूरा नगर्नुभन्दा गर्दै नगर्नु असल हो ।
महिलाको योनि तथा पाठेघरको मुखको संवेदनशीलता
महिलाको यौनांग तथा प्रजनन अंगको कुरा गर्दा योनिको चर्चा धेरै हुन्छ । प्रजनन अंगको कुरा गर्दा पाठेघर, जसमा गर्भको शिशु हुर्कन्छ, त्यसका बारेमा पनि चर्चा हुने गरेको छ । पाठेघर तथा योनिलाई जोड्ने अंग, जसलाई Cervix uteri वा पाठेघरको मुख भनिन्छ, अहिले यसका बारेमा पनि चर्चा हुन थालेकाले जनमानसमा जानकारी बढ्दो छ ।तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले योनि तथा पाठेघरको मुखको संवेदनशीलताका बारेमा कुरा गरौं । हामीलाई थाहै छ, हामी विभिन्न इन्द्रियबाट सन्देशहरू ग्रहण गर्छौं र स्नायुको माध्यमबाट ती सन्देश हाम्रो मस्तिष्कसम्म पुग्छ । यौन संवेदनशील अंग अर्थात् यौनांगले यौनसम्बन्धी सन्देश ओसार्ने कार्य गर्छन् र यसको स्पर्श वा घर्षणबाट आएका सन्देश हामीलाई यौन उत्तेजक लाग्छन् ।

सामान्यत: हामीले बुझिआएको कुरा के हो भने योनि यौन संवेदनशील अंग हो । यसको घर्षणबाट यौन उत्तेजना प्राप्त हुन्छ, तर योनिको बाहिरी एकतिहाइ भागमा मात्र यस्ता स्नायु हुने भएकाले उक्त क्षेत्र मात्र यौन संवेदनशील हुन्छ, न कि सम्पूर्ण योनि । महिलाको यौन तथा प्रजजन अंगको स्नायुलाई विशेषत: दुई किसिममा भाग लगाउन सकिन्छ, जसमध्ये एकलाई Somatic भने अर्कोलाई visceral भनिन्छ । Somatic प्रकारका स्नायु भएको अंगबाट आएका सन्देश स्पष्ट (accurate, localized) हुन्छन् भने visceral किसिमको अंगबाट आएका सन्देशहरू अस्पष्ट (impresize and non-localized) हुन्छन् । योनिको भित्री दुईतिहाइ भाग, पाठेघरको मुख, पाठेघर, डिम्बवाहिनी नली, डिम्बाशय अनि वरिपरिका अंगहरूमा visceral किसिमका स्नायु हुन्छन्, जसले गर्दा त्यहाँ आउने सन्देश त्यति स्पष्ट हुँदैनन् ।

यौन चरमसुखको कुरा 

यौन प्रतिक्रिया चक्रको सन्दर्भमा उत्तेजनाको चरण (Excitement Phase), Plateau Phase (प्लाटो फेज), चरमसुख (Orgasm Phase) र Resolution Phase (रिजोलुसन फेज) हुन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सके एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।

चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशी खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभुति हुन्छ हामी त्यसलाई चरमसुख वा स्वर्गीय आनन्द भन्छौं ।

पुरुषहरूको हकमा भने यो केही फरक हुन्छ । सुरुमा आन्तरिक अंगहरूको खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले point of no return पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिंग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ ।

के महिलाले वीर्य स्खलन भएको थाहा पाउँछन् ?
माथिको कुराबाट तपाईंले थाहा पाइसक्नु नै भएको हुनुपर्छ कि यदि वीर्य स्खलन योनिको भित्री भाग तथा पाठेघरको मुखमा भएको छ भने खासै थाहा पाउने स्थिति हुँदैन । यो सामान्य कुरा नै हो, तर केही महिलाले केही आएजस्तो अनुभूति गरेका हुन्छन् ।

वीर्य स्खलन योनिबाहिर वा भग क्षेत्रमा भएको स्थितिमा राम्रैसँग थाहा पाउने स्थिति हुन्छ । गुदा मैथुन गर्दा मलाशयमा वीर्य स्खलन हुँदा भित्री योनिमा गरिएको भन्दा राम्रोसँग थाह पाउने स्थिति हुन सक्छ अनि मुखमैथुनमा वीर्य स्खलन हुँदा त थाहा पाइने भैहाल्यो ।

यौन चरमसुख प्राप्त हुने हाराहारीमा श्वास–प्रश्वास बढ्नेदेखि मांसपेशीमा संकुचन आउने अनि पुरुषले आनन्द प्राप्त गर्दा फरक किसिमको आवाज निकाल्ने अनि लिंग भित्र–बाहिर गर्ने कार्य रोक्ने जस्ता कतिपय कुरा गर्छन् । योनिभित्र नै वीर्य स्खलन भएको कुरा स्पष्ट थाहा नभए पनि यी कुराका आधारमा पनि महिलाले पुरुषको वीर्य स्खलन भएको  थाहा पाउँछन् । साभार: साप्ताहिक

एजेन्सी । वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् ।
उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् । आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सेक्सको जादु भनिन्छ । यति मात्रै होइन् यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ ।
अनुसन्धानमा संलग्न न्यूरोलजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कैयौपटक त पुरै ठिक हुन्छ । केही समय पहिले जर्मनीको यूनिवर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सको एक टिमले सोधपछि भनेको थियो टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौ बढी असरदार छ ।
सोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए । यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । सेक्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रुपमा ठिक पनि हुन्छ ।
वैज्ञानिकहरुले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।

थाइराइड भनेको एउटा ग्रन्थी हो ।यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४० हर्मोन उत्पादन गर्छ ।
सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण मेटाबोलिजम गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।
तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् ।

यदि थोरै खाना खाँने गर्दा पनि तौल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।

थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण अटो इम्युनले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन ।
अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैं निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ ।

थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।
यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।

थाइराइडका लक्षण
-अस्वाभाविक रूपमा तौल बढ्नु
-गलगाँड आउनु ,तनाव, छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव,कपाल झर्नु,छाला फुस्रो हुनु,मुटुको गति सुस्त हुनु, चाँडो थकाई लाग्नु,मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता, चिसो लाग्नु,आवाजमा भारीपन बढ्नु युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ ।

-शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।
-थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।

थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने 
-हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
-कृत्रिम चीनीको प्रयोगबाट बच्ने
-बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
-आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
-बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
-सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
-अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पु¥याउने ।

साभार: न्युज२४

बैज्ञानिकहरुले पछिल्लो समय गरेको सर्वेक्षण अनुसार बेसारले दिमागको क्षमता वृद्धि गर्ने कुरा उल्लेख गरिएको छ । स्टेम सेल एण्ड थेरापी जर्नलमा प्रकाशित अध्ययनमा यस्तो तथ्य सार्वजानिक भएको हो ।
सो लेखमा उल्लेख गरिएको छ की बेसारमा पाईने एक तत्वले दिमागको कोषिका वृद्धि र विकास गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । अनुसन्धानको क्रममा एउटा मुसाको शरीरमा यसको परिक्षण गरिएको थियो । यस्तो अनुसन्धानबाट अल्जाइमर र ब्रेन स्टोकको औषधि बनाउन पनि बेसार उपयोगि हुने तथ्य पत्ता लागेको छ ।
कसरी गर्छ बेसारले दिमागको क्षमता बढाउने काम ?
मुसामा सफलतापूर्वक यसको परिक्षण गरिएका भएपनि मानिसमा यसको परिक्षण गर्ने चुनौती आईपरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष रहेको छ ।
जर्मन स्थित इन्स्टिच्युड अफ न्युरो साइन्स एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बेसारमा पाइने टर्मेरोन तत्वाका बारेमा बिषेश अनुसन्धान गरेका थिए । टर्मेरोन दिए पश्चात मुसाको दिमागको स्क्यान गरि परिक्षण गरिएको थियो । सुइको माध्यमबाट दिइएको उत्त टर्मेरोनको प्रतिक्रिया थाहा पाउनको लागि गरिएको परिक्षणमा मस्तिष्कको कोषिकाको विकासको लागि जिम्मेवार एक भाग निकै सक्रिय भएको अनुसन्धानबाट खुलेको छ । स्वास्थ्य खबर पत्रिका

काठमाडाैं, भदाै ३ । सही भोजन नहुँदा नै मानिसको शरीरमा रोग निम्तन्छ । वैरोद्य (विरोधी) भोजनले रोग निम्त्याउँछ । एक आपसमा तत्वहरु जुधेपछि रोग निम्तिन्छ ।   तसर्थ, मानिसले खानामा सचेतता अपनाउन सक्यो भने धेरै रोगबाट बच्न सकिन्छ ।   अझ, कतिपय खानाहरु यस्ता हुन्छन् की, त्यस्ता खानाहरु एकै पटक मानिसको शरीरमा प्रवेश गरेमा तत्काल मृत्यु नै पनि हुन्छ ।   कालिज, तित्रा, मयुरको मासु ऐरनको तेल (क्यास्डर्ड वैल) मा पकाएर खानुभयो भने तत्काल मृत्यु हुनसक्छ । त्यसोभएन भने पनि उसले त्यो दिनबाट मानसिक रोगको सामना गर्नुपर्छ । यस्तो खाना खादा लिभरले तुरुन्तै काम गर्छ छोड्छ ।   एकदमै छोटो समयमा मानिसको मृत्यु हुने भएकाले त्यस्तो अवस्थामा उपचार असम्भव जस्तै हुन्छ ।   शुद्ध च्याउ र गाउँ घरमा पालेको खसी वा कुखुराको मासु सँगै खाइयो भने मानिसको ४५ मिनेटभित्र मृत्यु हुन्छ ।   गाउँघरतिर लामो समयसम्म बोसो राखेर भुटुनको रुपमा प्रयोग गर्ने चलन छ । तर, मांशहारी चरा तित्रा, रुपी, बकुल्ला, मयुरको मासु सँुगुरको बोसोमा पकाएर खाइयो भने दुई तीन घन्टा भित्रमा नै मानिसको मृत्यु हुन्छ ।   यस्तो अवस्थामा केही समय हुने भएकाले उसलाई तत्काल बान्ता गराएर उसले खाएको चीज बाहिर निकाल्न सकिन्छ । त्यसपछि ननु पानी खुवाएर डाइरिया गराउनुपर्छ । त्यसपछि, उसलाई सहज बनाउनको लागि घिउ र दुध फिटेर खुवाउनुपर्छ ।   (आयुर्वेद विज्ञ डा. वि.पि तिम्सिनाको भिडियो अन्र्तवार्ताबाट)

तपाई वा तपाईका बच्चाहरुलाई कोल्ड ड्रिक कत्तिको मनपर्छ ? यदी पिउनुहुन्छ भने यसबारे केही जान्नु पनि आवश्यक रहेको छ ।

विभिन्न सामाजिक समारोह वा गर्मीबाट राहत पाउन पनि कोक जस्ता पियपदार्थको ठुलो प्रयोग हुने गर्छ ।

तर यो हाम्रो स्वास्थ्यमा यो कत्तिको खतरनाक छ यसबारे पनि जान्नु उत्तिकै आवश्यक छ । सायद यो भिडियो तपाईले देख्नुभएको छैन होला ।


हालै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एकजना प्रयोगकर्ता उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।

भिडियो

के लिङ्गको टुप्पो नच्यातिएको वा नदोब्रिएको कारण बच्चा हुन्छ हुँदैन ? समस्या र समाधान – डा. राजेन्द् भद्रा 

म २१ वर्षीय अविवाहित छात्र हुँ । मेरो लिङ्ग सामान्यभन्दा सानो छ र अहिलेसम्म लिङ्गको टुप्पो च्यातिएको (दोब्रिएको) छैन । मैले अहिलेसम्म यौनसम्पर्क राखेको पनि छैन । पछि बच्चा नहुने पो हो कि भन्ने डर लागिरहन्छ । मेरो समस्याको समाधान के होला ? भन्ने जिज्ञासाको समाधान मा कान्तिपुर साप्ताहिक मार्फत डा. राजेन्द्र भद्रा को जवाफ यस्तो छ । 

सामान्यत: हाम्रो लिङ्गलाई छालाले ढाकेको हुन्छ । बाल्यकालमा यो छाला लिङ्गको मुण्डसँग टाँसिएको हुन्छ तर ठूलो हुँदै गए पछि यो छुट्टिएर आए पनि यसको एक भाग भने तलतिर नै टाँसिएको हुन्छ । अब तपाईको समस्यालाई हेरौं । 

उपचार नगरे के होला ? 

अग्रचर्मको प्वाल सानो र पछाडितिर फर्काउन नसकिने अवस्थालाई Phimosis भनिन्छ । यस्तो प्राय:जसो जन्मजात नै हुन्छ, तर कहिलेकाहीं लामो समयसम्म यो भागको संक्रमण हुँदा पनि हुन सक्छ । यो बाहिरी छालाको प्वाल साँगुरिएको भए पनि अलि बल प्रयोग गरेर पछाडि त फर्कायो, तर फेरि अगाडि ल्याउन सकिएन भने समस्या हुन्छ । यो छालाको साँगुरो भएको भागले लिङ्गको मुण्डमा कसिलो ब्यान्डजस्तै बनेर दबाब दिन्छ र सुन्निन्छ । यस्तो अवस्थालाई Paraphimosis भनिन्छ । तुरुन्तै उपचार गर्न सकियो भने शल्यक्रियाबिना नै पनि उपचार सम्भव छ, तर धेरै नै सुन्निसकेको छ भने यो कसिलो ब्यान्डलाई काट्नुपर्ने हुन्छ । कहिलेकाहीं यो छालामा भएको प्वाल निकै सानो हुन्छ र पिसाबको धारा पनि राम्रोसँग आउँदैन यदि मुण्डलाई जहिले पनि छोपिराख्ने अवस्था छ भने आवश्यक सरसफाइ हुन सक्दैन र संक्रमण तथा अन्य गम्भीर अवस्था उत्पन्न हुने खतरा हुन्छ । पिसाब गर्दा टुप्पाको छालामा पिसाब भरिएर फुलेर आउँछ र पछि बिस्तारै पिसाबको मसिनो धारा बाहिर निस्कन्छ । यसैगरी उक्त छालाको प्वाल निकै सानो छ भने मूत्र प्रणालीमा असर पर्न सक्छ । एक त जहिले पनि पिसाब फेर्न गाह्रो हुने नै भयो । मूत्रथैलीमा भएको सबै पिसाब पनि बाहिर ननिस्किई केही मात्रामा मूत्रथौलीमै बाँकी रहन्छ । 

Phimosis भएको हो भने circumcision भनिने एक किसिमको साधारण शल्यक्रिया गरी उपचार गर्न सकिन्छ । तपाईले यौन सम्पर्क राखिनसकेको कुरा लेख्नुभएको छ तर पनि लिङ्ग उत्तेजित हुँदा वा हस्तमैथुन गर्दा केही असजिलो भएको छ कि छैन लेख्नुभएको छैन । त्यस्तो छ भने त्यो पनि चासोको विषय हो । 

के गर्नु पर्ला ? 

Phimosis भन्ने अवस्थाको उपचार एक किसिमको साधारण शल्यक्रिया अर्थात् काट्नु नै हो, जसलाई Circumcision भनिन्छ । यसका लागि शल्यचिकित्सकसँग सम्पर्क राख्नुपर्छ । 

शल्यक्रिया गरिनुपर्ने मुख्य कारण यौनसम्पर्कका बेला यसैका कारणले केही बाधा उत्पन्न हुनु हो । तपाईंको प्रश्नका आधारमा हेर्दा हालसम्म यौनसम्पर्क नराख्नुभएकाले यसका लागि केही समय पर्खनुपर्छ । हस्तमैथुन गर्नुभएको छ भने त्यसमा कुनै समस्या भए–नभएको पनि थाहा भएन । मुख्य कुरा के हो भने अग्रचर्म (बाहिरी छाला) लाई पछाडितिर फर्काउन नसक्दा लिङ्ग उत्तेजित हुँदा असजिलो हुने वा सम्भोग गर्दा नै अप्ठ्यारो पर्ने हुन सक्छ, तर उपचारपछि यौनसम्पर्क राख्न बाधा पर्दैन, त्यसैले डराउनुपर्ने स्थिति छैन । 

यस किसिमको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन । वास्तवमा यस्तो किसिमको शल्यक्रिया १०–१५ मिनेटमै सकिन्छ । बाल्यावस्थामै यस्तो शल्यक्रिया गर्दा बेहोस गराइरहनुपर्ने आवश्यकता पनि पर्दैन । दुखाइ मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ । शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ । शल्यचिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधी सेवन गर्नुपर्ने हुन सक्छ । त्यसबाहेक केही दिनपछि आफ्नो घाउ जँचाउन पुन: शल्यचिकित्सक कहाँ आउनुपर्छ । यस किसिमको शल्यक्रियामा साधारणत: धेरै खर्च पनि लाग्दैन । आफ्नो अवस्थाको उपचारका लागि अस्पताल वा अन्य स्वास्थ्य सेवा दिने केन्द्रहरूमा गएर शल्य चिकित्सा विभागमा वा शल्यचिकित्सकसँग भेट्नुहोला ।