आवश्यकताभन्दा बढी वा कुबेला खाएको खाना विष समान हुन्छ । यसले पेटमा खराबी हुनेमात्रै नभएर अन्य कैयन समस्याहरु जन्माउँछ । यस्ता कतिपय कुरा छन्, जसलाई खाली पेटमा खायो भने पेटमा खराबीमात्रै होइन, स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु पनि जन्मिने पक्कापक्की छ ।
आज तपाईंलाई हामीले एकदमै मनपराउने र दैनिकरुपमा खाने केही यस्ता चिजको बारेमा जानकारी दिँदैछौं, जसलाई खाली पेटमा खानु विष समान हुन्छ ।सखरखण्ड
सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि फाईदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । यसले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।
केरा
केरा दूधसँग खायो भने वजन बढ्छ, तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुईगुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्छ । त्यसैले केरा खाली पेटमा नखानु नै बेस ।
सोडा
ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।
काँचो गोलभेंडा
काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा खानबाट बच्नुस् । किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने समस्या उत्पन्न हुनसक्छ । खाली पेटमा टमाटर खाँदा पथरीको खतरा पनि दुईगुणा बढ्छ ।
प्राय औषधि
केहीलाई छोडेर प्राय ओषधि खानापछि नै खाइन्छ । यसको कारण हो, अौषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्तहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँग अवश्य सल्लाह लिनुस् ।
अल्कोहल
पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाईकल रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।
दूध हालेको चिया
बिहान उठेर चिया पिउनु त नेपालीको संस्कारजस्तै नै भइसक्यो । तर, तपाईं एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु बेस हुन्छ ।
– स्वास्थ्य सम्बन्धी विभिन्न म्यागेजिनहरुको सहयोगमा
Social Buttons