Latest News

नेपाल-भारत सिमानाकामा पर्खाल निर्माण अभियान सुरु, के यो सम्भव होला त?

border-walll
नाकाबन्दीबाट आजित नेपालीहरु हिजो आज स्वत: स्फुर्त रुपमा भारत बिरोधी कार्यक्रमहरु गर्न थालेका छन। यस्तै क्रममा सिन्धुपाल्चोक मेलम्चीका स्थानियहरु भारतको बिरोधमा हस्ताछर अभियानमा लागेका छन। यो अभियानमा स्थानिय लगाएत विदेसी सहितको सहभागीता रहेको छ।
राष्ट्रियता र मानवता बिरोधी काम गरेको भारतको सबैकिसिममा कृयाकलाप रोक्नका लागि नेपाल भारत सिमामा पर्खाल निर्माण अभियानमा जुट्नका लागि हस्ताछर अभियान गरेको स्थानियले बताएका छन। संकलित हस्ताछर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाईने कार्यक्रम रहेको स्थानियले जानकारी गराएका छन।
अभियानमा सहभागी जनाएकाहरुले ‘नेपाल भारत विवादको समाधान : सीमामा पर्खाल’’ भन्ने नाराका साथ हस्ताछर संकलन गरीरहेका छन। सहभागी नागरिकले नेपाल भारत सिमानाका १७०० किलोमिटरमा १२ फिट अग्लो र ३ मिटर चौडा भएको पर्खाल निर्माण गर्नु पर्ने माग राख्दै यस्का लागि आवश्यक खर्छ आफुहरुले सरकारलाई दिने बताएका छन।
Source:http://bizpati.com/archives/12852