भरतपुर बस्दै आएका ३० वर्षिय एक युवाले आफ्नो लिंग काटेका छन् ।लमजुङ घर भइ भरतपुर १२ मा बस्दै आएका लोकमान गुरुङले आफ्नो लिंग आफैंले काट्नु भएको हो । चक्कुले लिंग छिनाएका गुरुङ उपचारका लागि आफैं भरतपुर अस्पताल पुग्नुभएको थियो ।
लिंग पुरै छिनेको र र एउटा अण्डकोष समेत निस्किएको अवस्थामा घाइते अस्पताल आइपुगेको भरतपुर अस्पतालले जनाएको छ । उहाँले मानसिक तनावका कारण लिंग काटेको बताएको अस्पतालको भनाई छ ।
गुरुङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ ।
गुरुङको लिंगको पिसाव फेर्ने भाग पुरै काटिएको अवस्था रहेकोले शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
Social Buttons