Latest News

अब खाना पकाउने ग्यास नेपालमै पाइने, इंडियाको भर गर्न नपर्ने...थाहा पाउनुहोस

युवा बैज्ञानिक मियाले जडिवुटिबाट खाना पकाउने ग्यास उत्पादन गरे

युवा बैज्ञानिक मियाले जडिवुटिबाट खाना पकाउने ग्यास उत्पादन गरे                                                                                                                                                                        पोखरा , २१ कात्तिक : भारतले लगाएको नाकाबन्दीले देशले खाना पकाउने ग्यासको चरम अभाव झेलिरहेका बेला पोखरामा युवा बैज्ञानिक रवि मियाले घर गाँउमा पाइने स्थानीय जडिवुटिबाटै खाना पकाउने ग्याँस उत्पादन गरेका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा युवा बैज्ञानिक मियाले वासको पानी, खिर्राको चोप, सालको धुप र खानेसोडा मिसाएर ग्याँस उत्पादन गरी आफ्नै घर गाँउमा उपलब्ध हुने जडिवुटिबाट उत्पादन भएको उक्त ग्याँसबाट आगो वालेर सफल परिक्षण भएको देखाए ।
यसअघि अल्ट्रालाइट बनाएर चर्चामा आएका मियाले देशमा हाल भएको ग्यासको चरम अभाव भएको अवस्थामा आफुले उत्पादन गरेको ग्यासलाई परिमार्जन गरी बृहत रुपमा अगाडी बढाउन सके देशमा आवश्यक पर्ने ग्यास स्वदेशमै उत्पादन गर्न सकिने बताए । उनले भने “मेरो बाबु सफि वल्ला मियाबाट प्रेरणा पाए पछि खाना पकाउने ग्यासको परिक्षण गर्न सुरु गरे, कति ग्यास उत्पादनको क्रममा वोतलहरु पट्कीए, अहिले आएर ग्यास उत्पादन गर्न सक्ने भएँ, अझै पनि उत्पादन भएको ग्यासलाई संचीत गर्ने भाडाको अभाव भएको छ ।” उनले हाल उत्पादन भएको ग्यासलाई खान पकाउने एलपीग्यासको खाली सिलिण्डरमा जम्मा गर्दै परिक्षण गरेका हुन् । उनले थपे “मैले प्रभारम्भीक रुपमा उत्पादन गरेको खाना पकाउने ग्यास सफल परिक्षण भए पछि अब यसलाई कसरी अघि बढाउने यसमा सरकारले चासो दिएमा मेरो दिलो ज्यान दिएर स्वदेशमा ग्यास उत्पादन गर्न म लाग्ने छु ।” सामान्यतया एक लिटर वासको पानी, खिर्रोको चोप र सालको धुल एक एक सय ग्राम र एक पोका सोडा मिसाएर एउटा वोतलमा राखेर मज्जाले घुलन गरे पछि त्यहाँबाट करीब आधा किलो जस्तो खाना पकाउने ग्यास उत्पादन हुने गरेको उनले जनाए ।
नेपालमा पटक पटक खाना पकाउने ग्यासको अभाव झेल्दै आएका नेपालीहरुका लागि यस्तो उपाय स्वदेशमै अवलम्वन गर्न सके खाना पकाउने ग्यासमा नेपाल आत्मनिर्भर बन्न सक्ने उनका साथै पोखरा विश्व विद्यालयका एक विद्यार्थी सुवास मल्लले बताए । पोखराका एक होटल व्यवसायी नेशन शर्माले सम्बन्धित निकायको यसप्रति चासो बढ्न सके यसको विकासको लागि आफुहरुले सहयोग गर्न तयार भएको बताए । रिजनल जनर्रल कलेज क्यामेस्ट्री विभागका प्रमुख कोमल मल्लले यस्ता वैज्ञानिकहरुलाई स्वदेशमा प्रयोग गर्न सके धेरै फाइदा पुग्ने दाबी गरे ।
अल्ट्रालाइट निर्माण गरी राष्ट्रिय पुरस्कार समेत हात पार्न सफल भएका मियाले अर्को अल्ट्रालाइट निर्माणको अन्तिम चरणमा पुगेका छन् । लमजुङको इसानेश्वर २ मा रहेको कुशुमाखर उच्च माविबाट प्लस टु उत्र्तिण गरेका मिया कक्षा ६ देखि रोवर्टहरु बनाउदै आएका हुन् । कास्कीको रुपाकोट घर भएका उनी हाल पोखरामा बस्दै आएका छन् ।