Latest News

तपाईलाई धेरै भोक लाग्छ, यी ५ कारणले हो कि ?

तपाईलाई लगातार भोक लागिरहेको महशुस हुन्छ ? यदि त्यस्तो हुन्छ भने स्वास्थ्यमा केही समस्या हुन सक्छ । अत्यधिक भोक लाग्नुका पाँच कारण यस्तो छन्ः
दुई जीउको हुनुपर्छ : गर्भावस्थामा भोक बढ्नुका साथै क्यालोरीको आवश्यकता बढिरहन्छ । गर्भावस्थामा बढी भोक लाग्यो भने चिन्ता लिनु आवश्यक छैन किनकी यो स्वभाविक प्रक्रिया हो । तर, यो अवधिमा पोषणयुक्त खानेकुरा खानुपर्छ ताकि आफू र आफ्नो शिशुको स्वास्थ्यमा कुनै असर नहोस ।
अत्यधिक कार्बोहाइड्रेडयुक्त खानेकुराः सामान्यतया अघिल्लो रात अत्यधिक कार्बोहाइडे«डयुक्त खानेकुरा खाएमा भोलिपल्ट धेरै खाना खाएपनि पनि भोक लाग्छ । एकपटक खान बस्दा प्रशस्त कार्बोहाइडेड्रयुक्त खानेकुरा खादा शरिरमा सो खाना सुगरको रुपमा पुग्छ ।रगतमा ग्लुकोज (सुगर) को मात्र बढी भएमा इन्सुलिन निस्कासनमा बृद्धि हुन्छ ।
जब सुगर रगतबाट छिटो–छिटो हट्दै जान्छ यसले भोग बढाउँछ । तसर्थ अत्यधिक भोकबाट बच्न कार्बोहाइडे«डयुक्त खानेकुरा धेरै नखानुहोस् । आलु, खैरो चामल, माछा, चिकेन लिँदा बिचार पु¥याउनुहोस् । सागसब्जी, गाजर र ब्रोकाउली नियमित खाने गर्नुहोस् ।
प्रर्याप्त सुत्न आवश्यक छः त्यसो त निद नलाग्दा खान रुच्दैन भन्ने परम्परागत मान्यताले आम नेपालीलाई गाँजेको छ । पर्याप्त मात्रामा निद नलाग्दाको असर हाम्रो खाने स्वभावमा पनि पर्ने विज्ञहरु बताउँछन् । जति निद लाग्दैन त्यति नै बढी भोक लाग्ने विज्ञहरु बताउँछन् । थोरै निन्द्रा लाग्दा मान्छेको शरिरमा भोक जगाउने हर्मन घ्रिलिनको तहमा बृद्धि हुने र यसले भोक बढाउँछ ।
यही भएर कमजोर निन्द्रा भएका मानिसको तौल निरन्तर बढ्छ । हाम्रो मांशपेशीलाई आनन्द प्रदान गर्न म्याग्नेसियमको मात्रा आवश्यक पर्छ, जसले हामीलाई शान्तपूर्वक सुत्न सहयोग गर्छ ।
पिउने इच्छा बढ्नुः कहिलेकाहीँ तिर्खालाई भोक लागेको भनेर झुकिन्छौ । हामीलाई एक दुई गिलास पानी खानुपर्दा हामीमा केही खानेकुराकाो आशक्ति बढेको र यसलाई भोकको रुपमा व्याख्या गर्छौं ।
हामीले खाने खानेकुराको पोषणलाई हाम्रो कोषले उपयोग गर्न पनि पानीको आवश्यकता हुन्छ । पोषणको पर्याप्तताको अभावले हाम्रो शरिरलाई भोकको मात्र लाग्छ । त्यही भएर अत्यधिक पानी खाँदा भोक लाग्छ ।
मासिक धर्मको समय नजिकिदाः रजस्वला चक्रको दोस्रो आधा अवधिमा (अन्डाशयबाट अन्डा निस्काशन हुने समयमा) पनि महिलामा भोक बढ्ने गर्छ । ब्लड सुगर तह र भोकको आशक्ति घटाउन प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।
क्याफिन र मदिराजन्य खानेकुराले पनि शरिरको हर्मन सन्तुलनमा प्रभाव पार्ने भएकोले यसलाई न्यून रुपमा प्रयोग गर्नुपर्छ । भोकको आशक्ति मेट्न इक्यगल्युको ट्याबलेट पनि दिने गरेको पाइन्छ । यो ट्याबलेटमा क्रोमियम, म्याग्नेसियम, भिटामिन बी ६ र हरियो कफीका गेडा मिसाइएको हुन्छ ।