Latest News

‘प्रचण्ड’ र ‘बादल’ उत्ताउलो बनेपछि यसरी भयो ‘किरण’को अपमान

काठमाडौं, २६ चैत । एकीकृत माओवादीसँग पार्टी एकता गर्ने बहानामा उत्ताउलो बनेका नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव रामबहादुर थापा ‘बादल’ले कम्युनिष्ट आन्दोलनका ‘खम्बा’ मोहन बैद्य ‘किरण’ अपमानपूर्ण ब्यहार गरेको खुलासा भएको छ।आफ्नो जीवन कम्युनिष्ट आन्दोलनमा समर्पण गरेर कुनै पनि लाभको पद नलिएका बैद्यललाई बादल समूहले पार्टीभित्र अपमान गरेको आरोप लागेको छ ।
माओवादी जनयुद्धदेखि अहिलेसम्मको बामपन्थी यात्रामा बिचारको राजनीति गर्दै आएका बैठकलाई पार्टीभित्र कारबाही गर्न अभियान चलाएपछि बादलको व्यक्तिवादी चरित्रमाथि गम्भीर प्रश्न उब्जिएको हो ।प्रचण्डले जसरी हुन्छ बैद्य माओवादीलाई विभाजन गरेर ल्याउने पक्षमा लागेका छन् ।
महासचिव थापाले अध्यक्ष बैद्यलाई कारबाही गर्न हस्ताक्षर अभियानसमेत चलाएका छन् । उनले आफ्नो पक्षमा बहुमत रहेको भन्दै एमाओवादीसँग पार्टी एकता गर्ने निर्णय नभए बैद्यलाई कारबाही गरेर भएपनि प्रचण्डसँग मिसिने बादल समूहको योजना छ ।पाँच दिन चलेर स्थगित भएको बैद्य माओवादीको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
आइतबारसम्म केन्द्रीय कार्यसमितिले गर्ने निर्णयको प्रस्ताव केन्द्रीय कार्यालय अर्थात पदाधिकारीहरूले तयार पार्ने छन् ।केन्द्रीय सदस्य रामदीप आचार्यले आइतबार पुनः बस्ने बैठकमा कार्यसमितिले गर्ने निर्णयको प्रस्ताव आउने बताउनुभयो । ‘आन्तरिक छलफलको तयारी स्वरुप आइतबारसम्मका लागि बैठक स्थगित भएको छ’, उहाँले भन्नुभयो, ‘हामीले जे निर्णय गर्ने छौँ, ती सबै सहमतिमा हुने छन् । सहमतिमा निर्णय गर्न दबाब पनि दिइरहेका छौँ।’
को-को छन् बादलका पक्षमा ?
१.राम बहादुर थापा ‘बादल’ २.देब गुरुङ ३.कुलप्रसाद केसी ४.पम्फा भुसाल ५.हितमान शाक्य ६.नारायणप्रसाद शर्मा ७.लेखनाथ न्यौपाने ८.नेपबहादुर कुवर ९.अमृता थापा १०.सोनालाल शाह ११.रत्न ढकाल १२.पर्शुराम रम्तेल १३.नन्द शार्की १४.दिपक देवकोटा १५.युवराज भट्टराई १६.राजन पौडेल १७.श्यामकिशोर यादव १८.मौसम लिम्बु १९.एकराज थापा २०.देवेन्द्र पराजुली २१.रामदीप आचार्य २२.मायाप्रसाद शर्मा २३.युवराज आचार्य २४.शालिकराम काफ्ले २५.अर्जुन छन्त्याल २६.सरस्वती पोखरेल २७.सावित्री काफ्ले २८.रेनुका चौलागाई २९.रुप चौलागाई ३०.देवकी मल्ल ३१.रुपा चौधरी ३२.दावा तामाङ ३३.कुमारी मोत्तान ३४.कुशल लिम्बु ३५.क नेटकर्व ३५.निरु दर्लामी ३६.महादेव यादव ३७.सुनिता यादव ३८.श्याम यादव ३९.विश्वजित यादव ४०.रामनारायण सिहं ४१.पार्वती थापा ४२.हेम कार्की ४३.मञ्जली शाक्य ४४.राजकाजी महर्जन ४५.देवेन्द्र श्रेष्ठ ४६.पारस शर्मा ४७.क अनुप ४८.शिव कट्टेल ४९.शिवराम ढकाल ५०.राजकुमार शाह ५१.इन्द्रजित चौधरी ५२.हेमराज शर्मा ५३.दामा शर्मा ५४.नरेश भण्डारी ५५.पीएल श्रेष्ठ ५६.रसीद अन्सारी ५७.सूर्य सुवेदी ५८.ज्ञान बस्नेत ५९.यशोदा सुवेदी ६०.तारा घर्ती ६१.महेश्वर दाहाल ६२.दिपक मैनाली ६३.नविन कठायत ६४.शान्तिवन कार्की ६५.लक्ष्मण पन्त ६६.जेवी रसाइली ६७.मनोजजंग थापा ६८.राजेन्द्र किराती