Latest News

नाताभित्रै बिहे गर्दा फैलियो यस्तो रोग !

इण्डोनेसियाका तिनवटा गाउँमा धेरै मानिसहरु एक अनौठो रोगबाट पीडित छन् ।कमपुंग इडियट भनिने डाउन सिन्ड्रोम नामक रोगका कारण त्यहाँका धेरै मानिस मानसिक रुपमा अस्वस्थ छन् । खासगरी नाता सम्बन्धमा बिहे गरेका लोग्नेस्वास्नीबाट जन्मिने बच्चामा यस्ता समस्या हुने बताइएको छ । यो रोगबाट पीडित रोगीहरुलाई सांग्लोमा बाँधेर राख्ने गरिएको छ ।
पोंगोरो जिल्लाका यी तिनवटा गाउँको जनसंख्या ८ लाख ८० हजार छ र त्यसमध्ये ४ सय भन्दा बढि मानिसहरु यो रोगबाट पीडित छन् । सिरोहारजो, करंगपटिहान र क्रेबेत गाउँमा १० देखि ५० वर्षसम्मका मानिसहरु छन् यो रोगका लागेका ।मानिसहरुका अनुसार नाता कुटुम्ब भित्रै बिहे गर्ने तथा नाताभित्रै सेक्स गर्ने कारणले गर्दा बच्चामा यस्तो रोग देखा पर्दछ ।
कतिपयले भने आयोडिन तथा अन्य पौष्टिक तत्वका कारण यस्तो रोग हुने बताउँछन् ।डाउन्स सिन्ड्रोम एक वंशाणुजन्य रोग हो । यो रोगबाट प्रभावित मानिसको मानसिक अवस्था कमजोर हुन्छ । उनीहरुलाई उपचार र पुनस्र्थापनाको आवश्यकता पर्ने भएपनि ती गाउँहरुमा बिरामीहरुलाई अस्पताल होइन फलामै सांग्लोले बाँधिएर राख्ने गरिएको छ।