१९ चैत । ‘युवतीलाई मायाजालमा पारेर करोडौँ ठगी’, ‘पूर्वप्रेमिकाको अश्लील फोटो खिचेर ब्ल्याकमेलिङ’, सामूहिक योनसम्पर्क गर्न नमान्दा युवतीको हत्या’ ।
यसपालि यस्तौ शीर्षकका समाचारले सनसनी मच्चाए । अनौठो त के भने ती सबै घटनाको मियो थियो– फेसबुक । यद्यपि गल्ती फेसबुकको थिएन । बरु, त्यसलाई गलत ढंग र कु–नियतले प्रयोग गर्नुको विरुप नतिजा थिए सहरी समाजमा घटेका ती आपराधिक घटना ।
सामाजिक सञ्जालले व्यापकता पाएसँगै कसरी युवाहरू यसको जालोमा जेलिँदै गएका छन् भन्ने कुराको एउटा दृष्टान्त पनि हो यो । सामाजिक सञ्जालको प्रयोगमा सावधानी नअपनाउँदा वा त्यसको सही प्रयोग विधि थाहा नहुँदा यो कति घातक र विषलु बन्छ ? उल्लेखित घटना तिनकै चोटिलो नमुना हुन सक्छन् । लाखौँ नेपाली फेसबुकसँग जोडिएका छन् ।
एक अध्ययनअनुसार प्रयोगकर्ताले एक दिनमा औसत ४६ मिनेट फेसबुकमा बिताउँछन् । उक्त अवधिमा उनीहरू के–के गर्छन् ? साथीसँग कुराकानी अथवा भावना मात्र सेयर गर्दैनन् । कतिपयले यसलाई ‘ठगीखाने भाँडा’ समेत बनाएका छन्, भनेकतिले फेसबुकमै ‘अपराधको पासो’ बिच्छेयाएका छन् ।
मदिरा सेक्स र हत्यासँगै फेसबुक मोरङ, पथरीका राजनराई र धनकुटाकी भेनिसा लिम्बुबीच फेसबुकमार्फत सम्पर्क भयो । अपरिचित भए पनि उनीहरूले एकअर्कालाई भर्जुअल साथीका रुपमा स्वीकार गरे अनि च्याट गर्न थाले । समयक्रमसँगै उनीहरूको मित्रताले अफेयरमा बदलियो ।
यो क्रम तीन महिनासम्म चल्यो । फेसबुक साथी राजनले उनीसँग भेट्ने इच्छा गरे । त्यही सल्लाहअनुरुप फागुन ८ गते मध्यान्ह कपनबाट बौद्ध गेट पुगिन्, भेनिसा । भेट हुनासाथ राजनले चिया पिउन प्रस्ताव राखे । दुवै जना नजिकैको पसलमा पुगे ।
त्हाँ राजनका साथीहरू सजित लामा, सनी लामा र अर्का युवा (जसलाई फरार भनिएको र परिचय खुलाइएको छैन) भेटिए । केटाहरू मदिरा सेवन गर्न थाले, भेनिसा चिया पिउन थालिन् । त्यसपछि फरार भनिएका युवाको कारमा चढेर उनीहरू ठमेल पुग, रमाइलो गर्ने बहानामा । ठमेल हार्ड रक डिस्कोमा मस्त नाचे, बियर पिएँ । उनीहरूले भेनिसालाई पनि बियर पिउन बाध्य पारे ।
मदिराले लट्ठिएका युवाहरूले भनिसालाई हग गर्न र चुम्बन गर्नसमेत भ्याए । रात निकै छिप्पिएपछि उनीहरू त्यहाँबाट बाहिरिए । फरार भनिएका युवाको कारले सजित र राजनलाई बौद्ध गेटमा पुगाएर छाडिदियो । त्यसपछि कारलाई ती युवाले आफ्नो अपार्टमेन्टतर्फ सोझ्याए ।
उक्त घटना भएको दुई दिनपछि अर्थात् फागुन १० गते महानगरीय अपराध महाशाखामा एउटा उजुरी दर्ता भयो, ‘भेनिसा हराएको’ । लगत्तै प्रहरीले खोजीकार्य सुरू थाल्यो । डिएसपी दीपक रेग्मीको नेतृत्वमा अनुसन्धान टोली खटाइयो । यद्यपि भेनिसा कतै फेला परिनन् ।
फागुन १४ गते प्रहरीलाई खबर आयो– ‘नगरकोटको बाँसघारी नजिकै पाइन्ट र टिसर्ट लगाएकी युवतीको शव फेला परेको छ ।’ त्यही सूचनालाई पच्छ्याउँदै प्रहरी घटनास्थल पुग्यो र त्यो शव भेनिसाको थियो । मृतकको प्रकृति हेरेरै प्रहरीले यो हत्यो भन्ने अनुमान लगायो ।
अग्लो स्थानबाट लडेको वा लडाइएको भन्ने टुंगोमा पुगेपछि थप अनुसन्धान अगाडि बढ्यो । साप्ताहिकले आफ्नो कभर स्टोरीमा छापेको छ । पोष्टमार्टममा के पनि खुल्यो भने युवतीको भित्र पहिरन थिएन । त्यसले यौनसम्पर्कपछि युवतीको हत्या भएको हुन सक्ने संकेत देखायो ।
घटनाको मियो केलाउँदै प्रहरी अपराधीको खोजीमा लाग्यो । यही क्रममा यवतीको पछिल्लो सम्पर्क राजन राईसँग भएको पत्ता लाग्यो । मोरङ, पथरीका राजन काठमाडौंको थलीमा बस्दै आएका थिए । भेनिसा बेपत्ता भएसँगै उनी पनि सम्पर्कबाहिर थिए ।
अन्ततः उनलाई सर्लाहीको त्रिभुवननगर गाविसबाट पक्राउ गरियो । उनकै साथमा लुकिछिपी बसेका सनी लामा पनि पक्राउ परे । यी दुईलाई पक्राउ गरेपछि बौद्धमा बसिरहेका सजित लामा पनि पक्राउ परे । लामा पहिलेदेखि नै प्रहरी निगरानीमा थिए । यसरी अभियुक्तहरू पक्राउ गरेपछि फेसबुकमा जोडिएका अपरिचितसँगको मित्रता कति घातक र विषालु हुन्छ भन्ने कुरा छर्लङ्ग भयो ।
वास्तवमा उनीहरूले जुन रात मस्ती गरेका थिए, त्यही रात भेनिसाको हत्या भएको थियो । ठमेलबाट फर्केर फरार भएका युवा दुई जना साथीलाई बौद्धमा छाडेपछि सनी र भेनिसालाई लिएर आफ्नो अपार्टमेन्टमा पुग । त्यहाँ पुगेपछि उनले सनी र भेनिसालाई एउटा कोठामा छाडेर आफू अर्को कोठामा सुत्न गए । सनी र भेनिसाले थप एक बोतल बियर पिए र सहमतिमा शारीरिक सम्पर्क गर्न थाले ।
ठीक यति नै बेला सत्न गएका युवा फर्किएर आए । सनी लामासँग उनको केहीबेर विवाद भयो । पछि दुवै जना भेनिसासँग यौनसम्पर्क गर्ने मनिस्थितिमा पुगे । यद्यपि त्यसका निम्ति भेनिसा तयार भइनन् । उनी आफूलाई जोगाउन बाथरुपमा छिरिन् ।
ती युवाले उनलाई जबरजस्ती तान्न थाले । यहि घम्साघम्सीमा भेनिसा झ्यालबाट धेकेलिइन् र गम्भीर घाइते भइन् । आवेगमा आएर गरिएको यो कृत्य लुकाउन ती युवाहरूले भेनिसालाई अस्पताल पुगाउनुको साटो कतै लगेर फ्याकिदिने योजना बनाए । त्यसैअनुरुप घाइते भेनिसालाई कारमा राखेर नगरकोट जानेबाटो छेवैको बाँसघारीमा फ्याकिदिए । त्यतिबेलासम्म उनको प्राणपखेरु उडिसकेको थियो । भर्खरै टिनएज पार गरेकी भेनिसा कपनमा बस्थिन, आफ्ना परिवारका साथमा । प्लस टु उत्तीर्ण भेनिसा चाबहिलको एक हाइस्कुलमा पढाउँथिन्
http://onairnepali.blogspot.com/2016/03/blog-post_944.html#.Vv47X5x97Mw
Social Buttons