Latest News

कङ्ग फू को सुरुवात भारतबाट भएको हो- टाइगर श्रफ

एजेन्सी।टाइगर श्रफ र श्रद्धा कपूर अभिनीत नयाँ चलचित्र ‘बागी’को ट्रेलर रिलिज भएपश्चात टाइगर श्रफ फेरि चर्चाको विषय बन्न पुगेका छन्। हालै भएको एक अन्तर्वार्ताको क्रममा उनले भने- “कङ्ग फू को सुरुवात भारतबाट भएको हो। मार्सियल आर्टको यस विशेष तकनीकलाई जन्म दिने व्यक्ति भारतीय मूलका बौद्ध सन्त ‘बोधिधर्मा’ थिए।
”टाइगर भन्छन् कि कङ्ग फू चीनको देन हो भन्ने मानिसहरूको भ्रम छ। तर यो कुरा पनि सही हो कि चीनका मानिसहरूले आत्मरक्षाको लागि यस विद्या बढि सिक्ने गर्छन्। तर यस्तो भन्दैमा कङ्ग फू चीनबाटै सुरु भएको हो भन्न मिल्दैन, उनले दाबी गरे।
सन्त बोधिधर्मालाई कङ्ग फू का पिता भनिन्छ। चीनको शाओलिनमा पनि उनीप्रति समर्पित केयौँ मन्दिरहरू निर्माण भएका छन्। अनुमान के लगाइएको छ भन्दा, छैठौँ शताब्दीको समयमा सन्त बोधिधर्मा चीन गएका थिए। त्यस समय चीनमा कङग फू भन्ने चीजको कुनै अस्तित्व थिएन।
हिन्दकुशका हिमालय पर्वतको पारी रहेर सन्तले त्यहाँका मानिसहरूलाई बौद्ध धर्मको बारेमा ज्ञान दिँदै गए र आफ्नो नयाँ आविष्कार ‘कङ्ग फू’ लाई पनि त्यहिँका मानिसहरूलाई बाँडिदिए। जसको कारण विशेष गरी सो इलाकामा कङ्ग फू पूर्णरूपले फैलिन सफल भयो। यिनै तथ्यहरूका आधारमा टाइगरले यस्तो दाबी गरेको रिपोर्टले बताएको छ।
कङ्ग फू मार्सियल आर्टको सबैभन्दा पुरानो विद्यामध्ये एक हो, जसमा कुनै हतियार बिना नै लडाई लड्नुपर्ने हुन्छ। सजिलो भाषामा भन्नुपर्दा, यो नलडीकन लड्ने कला हो। तर आधुनिक कङ्ग फू मा हतियारको पनि प्रयोग गरिएको पाइन्छ। यो कुरा त निश्चित नै छ कि बोधिधर्मा जहाँ गएका भएपनि, त्यहाँ उनले आफ्नो नायाब कला पनि लिएर गएका थिए र आफ्नो सारा जिन्दगी त्यसै कलाको नाममा सुम्पिएका थिए।
समय बित्दै जाँदा कङ्ग फू पूरै चीनको साथसाथ सारा विश्चमै फिलिन गयो र आज यसलाई सबैभन्दा खतरनाक फाइटिङ्ग स्किल मानिन्छ।