Latest News

विवाहका लागी कति उमेरको फरक राम्रो हुन्छ ? यस्तो भन्छ चिकित्सा विज्ञान


चिकित्सकहरु विवाहका लागि बढीमा ५ वर्षसम्मको मात्र ग्याप राम्रो हुने बताउँछन् । एकै उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्नुहुँदैन ।
तर नेपाली समाजमा १५ वर्षको अन्तरमा पनि विवाह भएको पाइन्छ । प्रायः जोडीको अन्तर १० वर्षको हुन्छ । उमेरको बढी अन्तरले यौनजीवन प्रभावित हुनसक्छ ।
मानौं १५ वर्षको अन्तरमा विवाह भएको छ भने पुरुषको उमेर ५५ वर्ष पुग्दा महिलाको उमेर ४० मात्र हुन्छ । महिला ४० वर्षमा यौनमा निकै सक्रिय रहन्छन् तर प्रायः पुरुषमा ५५ वर्षको उमेरमा यौनक्षमतामा ह्रास हुँदै गएको हुन्छ ।
यस्तो अवस्थामा यौनकै कारण पारिवारिक समस्या उत्पन्न हुनसक्छ । उमेरको धेरै ग्यापले यौन भावना पनि अन्तर ल्याउँछ । मानिसमा २० देखि ३० वर्षको उमेरसम्म यौन इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः मानिसको विवाह गर्ने उमेर पनि यही हो । चिकित्सकहरु पुरुषका लागि २८ देखि ३० वर्षको उमेर विवाहका लागि उपयुक्त भएको बताउँछन् । महिलाका लागि २५ देखि २८ वर्षको उमेर राम्रो मानिन्छ । तर सेक्सोलोजीष्टहरु यौन चाहनालाई उमेर सीमामा बा“ध्नु गलत भएको बताउँछन् । उनीहरु यौनलाइ इच्छामा भर पर्ने विषय मान्छन् ।