Latest News

मानिस किन आत्महत्या गर्छन् यस्ता छन् आत्महत्या गर्ने कारण तथा रोक्ने उपायहरु


- डा कपिलदेव उपाध्याय, वरिष्ठ मानसिक रोग विशेषज्ञ 

१५ वर्षअघिको कुरा हो, मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउने उद्देश्यले कास्कीको एउटा चौकीमा महिला स्वास्थ्य स्वयम्सेविकाको समूहसंग म डिप्रेसन रोगका बारेमा कुरा गर्दै थिएँ । डिप्रेसन हुँदा मन नरमाईलो हुने, थकाई धेरै लाग्ने, बोल्न, हाँस्न मन नलाग्ने र निद्रा र भोक नलाग्ने हुन्छ । बिरामीले उपचार पाएन भने रोग बढ्दै जान्छ र आत्महत्या गर्ने संभावना हुन्छ भनेर मात्र भनेको थिएँ समूहकी एक महिला बरबर आँशु झारेर रुँदै हुनुहुन्थ्यो । हामी सबैको ध्यान उहाँतर्फ गयो । उहाँले भन्नु भयो– '५ महिना पहिले मात्र यो कुरा थाहा पाएको भए उहाँलाई बचाउन सक्थेँ ।' 

पाँच महिना पहिले उहाँको श्रीमानले झुण्डिएर आत्महत्या गर्नुभएछ र आत्महत्या गर्नू पुर्व नखाने, नसुत्ने, नबोल्ने, टोलाएर बस्ने, रुन खोज्ने र मनमा कुरा खेल्यो भन्ने मात्र गर्नु हुन्थ्यो रे । 

डिपे्रसन रोग आत्महत्याको प्रमुख कारण मानिन्छ । त्यस्तै मदिरापानको लत लागेर उत्पन्न हुने पारिवारिक, आर्थिक , सामाजिक तथा स्वास्थ्य समस्याका कारण पनि आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । अन्य रोगमा मानसिक असन्तुलन, लागुपदार्थ दुव्र्यसन, एचआईभी÷एड्स, छारे रोग, निको नहुने खालका धेरै पीडा दिने शारीरिक रोग पनि पर्दछन् । 

सबै आत्महत्या रोगका कारण हुने भने होइनन् । आवेशमा आएर, प्रेममा आफुले भनेजस्तो नभएर, आफ्नो उद्देश्यमा असफल भएर, यातना खप्न नसकेर, आफ्ना गल्ती ढाकछोप गर्न र ठुलो मानसिक तनाव वा वेदनाका कारण पनि आत्महत्या गर्ने मानिस हुने गर्दछन् । तर पनि आत्महत्याको प्रमुख कारण डिप्रेसन लगायतका केही मानसिक रोग र एचआईभी÷एड्सलगायत केही शारीरिक रोग नै मानिन्छन् । 

आत्महत्यामा जीवन समाप्त पार्ने इच्छा आफूभित्रै बाट उत्पन्न हुन्छ र जानीजानी , आफ्नै इच्छाले आफ्नो जीवन समाप्त पार्छन् । भनिन्छ–आत्महत्या गर्ने मानिसले आफ्नो जीवन समाप्त पार्ने बाटो मात्र देखेको हुन्छ, अरू सम्भावनाबारे उसले विचारै गरेको हुँदैन । 

आत्महत्या गर्ने प्रमुख तरिकामा विष सेवन, झुण्डिएर, आत्मदाह गरेर, पानीमा डुबेर, आफैँलाई गोली हानेर, अग्लो घर, छतबाट हाम्फालेर आदि पर्दछन् । 

आत्महत्या उनको परिवारका लागि अचानक र कल्पनै नगरेको घटना हुन्छ र यसको असर परिवारले लामो समयसम्म या जिन्दगीभर नै भोग्नुपर्ने हुन्छ । आत्महत्या गर्ने व्यक्तिको परिवारलाई , छारोछोरीलाई वा बाबुआमालाई समाजले राम्रो परिवार हो भन्दैन । उल्टै यसको परिवारका मान्छे विष खाएर मर्छन् वा झुण्डिएर मर्छन् भन्ने कुरा चल्छ र परिवारलाई एकप्रकारको कलंक नै लाग्दछ । 

घरको मुल तथा आयआर्जन गर्ने व्यक्तिले आत्महत्या गर्दा परिवारमा ठुलो आर्थिक समस्यासमेत पर्न सक्दछ । परिवारका सदस्य जस्तै बालबालिकामा शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ । छोराछोरीको विवाहमा असर पर्न सक्दछ । 

अध्ययन तथा पेशा गर्न कठिनाई पर्न सक्छ । त्यसैले एउटा आत्महत्याले एक व्यक्तिको जीवन मात्र जाने होइन परिवारका पाँच–सात जनालाइ दीर्घकालीन नराम्रो असर पर्छ । आत्महत्याका कारण संसारमा बर्सेनि करिब आठलाख मानिस मर्छन् भन्ने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर, आत्महत्याबाट बर्सेनि मर्नेको संख्या योभन्दा बढी रहेको अनुमान गरिएको छ । गरिब देशमा जनसंख्याको चाप बढी छ, आत्महत्या गर्नेको संख्या पनि बढी छ । 

भनिन्छ, संसारमा युद्ध, दुर्घटना वा विभिन्न प्राकृतिक प्रकोप जस्तै भुइँचालो, बाढी, सुनामीलगायतका घटनाबाट ज्यान गुमाउनेभन्दा आत्महत्या गरेर मर्नेको संख्या ढी छ । यी तथ्यांक हेर्दा आत्महत्या एउटा जनस्वास्थ्य समस्या हो र यसलाई रोकथाम गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरा प्रस्ट हुन्छ । 

आत्महत्या रोकथाम गर्ने उपाय 

व्यक्ति स्तरमा 

आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिको पहिचान गरी भेट्नुपर्छ । त्यस्ता व्यक्तिको कुरा ध्यानपूर्वक सुन्नुपर्छ । त्यसबाट खास समस्या के रहेछ भनेर जानकारी पाईन्छ र त्यो समस्याले उसको भावनामा कति गहिरो चोट पु¥याएको रहेछ भनेर अनुमान लगाउन सकिन्छ । 

– प्राय: मानवीय स्वभाव अरुलाई सल्लाह दिने हुन्छ । भनिन्छ सबैजना सल्लाह दिन चाहन्छन्, तर लिन कोही पनि चाहदैँँनन । त्यसैले आत्महत्या गर्ने विचार गरिरहेका व्यक्तिलाई सल्लाह दिन नहतारिनुुस् ।