Latest News

यी चर्चित फुटबलरले प्रेमिकाको हत्या गरेर कुकुरलाई खुवाए




रियो । ब्राजिलका एक फुटबल क्लबले गोलकिपरलाई अनुबन्ध गर्दा आलोचनाको सामना गर्नुपरेको छ । यी गोलकिपर सन् २०१० मा आफ्नी पूर्व प्रेमिकाको हत्या गरेको आरोपमा दोषी ठहर भएको थियो ।

ब्रुनो नामबाट चर्चित ब्रुनो फर्नाण्डिसलाई सोमबार बोआ स्पोर्ट्सले अनुबन्धित गरेको छ । केही साताअघि मात्रै उनी जेलबाट रिहा भएका थिए ।

सन् २०१३ मा ब्रुनोलाई २२ वर्षको जेल सजाय सुनाएको थियो । उनी आफ्नी पूर्व प्रेमिका एलिजा समुदियोको अपहरण र हत्याको घटनामा दोषी पाइएका थिए ।


यस घटनामा ब्रुनोले गरेको अपीलका आधारमा रिहा भएका हुन् । सन् २०१० मा ब्रुनो फर्नाण्डिस फर्स्ट डिभिजन फुटबल क्लब फ्लामेंगोका सफल गोलकिपर थिए ।

सन् २०१४ को फिफा विश्वकपमा समेत उनले खेल्न सक्ने अनुमान गरिएको थियो । उनले आफ्नो बयानमा एलिजाको हत्या गरेर कुकुरलाई खान दिएको स्वीकार गरेका थिए ।

ब्रुनोले छोराका लागि गुजारा भत्ता दिनबाट बच्नका लागि प्रेमिकाको हत्या गरेको बयान प्रहरी समक्ष दिएका थिए । – एजेन्सी